वर्षाको पानीले रौतहटको मत्सरी गाँऊ डुबानमा /* - - - Script for Auto Navigation - - - */

वर्षाको पानीले रौतहटको मत्सरी गाँऊ डुबानमा

चंचल कुमार झा ,रौतहट /२७,साउन /


लगातारको वर्षाले गर्दा रौतहट जिल्ला दुर्गाभगवति गाँउपालिका वडा नम्बर ३ मत्सरी डुबानमा परेको छ । रौतहटको साविक मत्सरी गाविसको वडा नम्बर १,२,३,५,६,७ डुबानमा परेको छ । लगातारको वर्षाले गर्दा त्यहाँ जमेको पानीको निकास
 न हुदा गाँउनै डुबान हुन पुगेको छ । मत्सरीमा नाला न भएकोले र पानीको निकासको लागि अरु कुनै विकल्प न भएको कारण गाँउ डुबानमा परेको स्थानियवासीहरु बताएका छन् । गाँउ नै डुवानमा परे पछि त्यहाँका दैनिकी गरेर कमाउने खानेहरुलाई धेरै सास्ती भोग्नु परेको छ । आज वर्षाको पानीले गाँउ नै डुबानमा परेको जानकारी भएको लगतै नेकपा माओवादी केन्द्रका स्थानिय युवा नेता डि के झाको आफ्नै पहलमा दुर्गाभगवति गाँउपालिकाका प्रमुख प्रमोद ठाकुर सहितको टोली स्थलगत अनुगमन गर्नुभएको छ । अनुगमनको क्रममा वर्षाको पानीले गाँऊ नै डुबानमा परे पछि त्यहाँका स्थानियहरुलाई ठुलो समस्या भएको नेता झाले बताउनु भयो । गाँउमा पानी जमेके कारण त्याहाँका बासिंदालाई घरबाट बाहिर निस्कन समेत समस्या भएकोले गर्दा पानी निकासको लागि नालाको धेरै नै आवश्यकता भएकोले नेता झाले सहरी विकास मन्त्री प्रभु साह संग मत्सरीमा नाला निर्माणको लागि पहल गरिदिनको लागि आग्रह समेत गर्नु भयो । स्थलगत अनुगमनमा पुगेका गाँउपालिका प्रमुख ठाकुरले तत्काल त्यहाँका पानी निकासको लागि प्लास्टिकको पाईप उपलब्घ गराउनु भएको थियो । साथै प्रमुख ठाकुरले अगामी परिषदमा नालाको लागि पहल गर्ने बताउनु भयो । जिल्लामा रहेको बाग्मति र झाँझ नदिको बिचमा रहेको मत्सरीमा वर्षाको पानीले नै जलमग्न बनाए पछि नदिहरुमा थोरै पानी आए पछि त्यहाँ बाढीको सम्भावना बढी रहेको छ ।

कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Rautahat Online

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com, Skype : khgsindhuli

Email: rautahatonline@gmail.com

1643180 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top