रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती     अर्जेन्टिनाले म्याच हारेपछि यी युवकले गरे आत्महत्या    
समाज

रौतहटका २१ सरकारी कार्यालयमा छडके १सय ७१ कर्मचारी अनुपस्थित



समाज   3 पटक पढिएको        

गौर /२६,साउन / खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख अनिल केशरी ,जिल्ला प्राविधिक कार्यालयका प्रमुख संजय प्रसाद साह ,जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नवल किशोर झा ,गौर नगरपालिका प्रमुख संतोष मिश्र ,चन्द्रपुर नपाका प्रमुख मिठाराम हुमागाइ ,यातायात व्यवस्था कार्यालयका प्रमुख रामअयोध्या राम लगायत एकदर्जन भन्दा बढी कार्यालय प्रमुख अनुपस्थित

रौतहटका २१ सरकारी कार्यालयमा छडके १सय ७१ कर्मचारी अनुपस्थित



  कार्यालय खुल्नासाथ जिप्रकाका टोलीले बिहान १०.१५बजे छडके गर्दा २१वटा सरकारी कार्यालयका राजपत्रांकित ४७जना ,राजपत्रअनंकित ७८जना ,श्रेणी बिहिन ४६जना कर्मचारी गरी १सय ७१जना कार्यालयमा अनुपस्थित रहेको थिए ।

  छडके क्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख अनिल केशरी ,जिल्ला प्राविधिक कार्यालयका प्रमुख संजय प्रसाद साह ,जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नवल किशोर  झा ,गौर नगरपालिका प्रमुख संतोष मिश्र ,चन्द्रपुर नपाका प्रमुख मिठाराम हुमागाइ ,यातायात व्यवस्था कार्यालयका प्रमुख रामअयोध्या राम लगायत एकदर्जन भन्दा बढी कार्यालय प्रमुख अनुपस्थित पाइएको प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले जानकारी दिनुभयो ।

  छडकेको क्रममा शिक्षा कार्यालयका १०जना ,अस्पताल विकास समितिका १२जना ,चन्द्रपुर नपाका २जना ,विद्युत प्राधिकरण चन्द्रपुरका ३जना ,भुसंरक्षणका ४जना ,चन्द्रपुर अस्पतालका १३जना ,सडक डिभिजन कार्यालयका १२जना ,वन कार्यालयका ९जना ,जिल्ला आयुर्वेद कार्यालय चन्द्रपुरका २जना गरी एकसय ७१जना कार्यालय अनुपस्थित रहेको प्रशासकिय अधिकृत आविद अंसारीले रौतहट अनलाइन संग कुरा गर्दै  बताउनुभयो ।

   त्यस्तै  जिल्ला समन्वय समितिका ५जना ,प्राविधिक कार्यालयका १५जना ,गौर नपाका २०जना ,खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका १५जना ,यातायात व्यवस्था कार्यालयका १जना ,गौर भन्सारका २जना ,जिल्ला स्वास्थ्य कार्यालयका १५जना ,नापी कार्यालयका ८जना ,भूमिसुधार कार्यालयका २जना ,घरेलु तथा साना उद्योग कार्यालयका ४जना ,कृषि कार्यालयका ५जना ,जिल्ला अस्पतालका १३जना कर्मचारी अनुपस्थित रहेको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ ।

   कर्मचारीले राज्यकोषबाट तलब भता लगायत विभिन्न सेवा सुविधा प्राप्त गरी जनताको काम काजकालागि खटाइएको कार्यालय समय अवधि कार्यालयमा नबस्नु चिन्ताको विषय रहेको तथा कार्यालय समय नबस्ने कर्मचारीलाइ नियमानुसार कार्यवाही गरी यस्ता प्रवृतिलाइ निरुत्साहित गर्नुपर्ने आवश्यकता रहेको सर्वसाधारणको भनाइ रहेको छ ।

 कार्यालय प्रमुखहरु आफूखुशी कार्यालय आउने जाने गरेका कारण कर्मचारी पनि कार्यालय नबस्ने तथा आफूखुशी आउने जाने प्रवृति बढेकोले कामकाजका लागि आउने सेवाग्राहीहरु चरम मार खेप्दै आइरहेका हुन ।

 पटक पटक कार्यालयको छडके गर्दा कर्मचारी अनुपस्थित पाइने गरेको तथा कर्मचारीहरु घर गइ भ्रमण खर्च समेत लिने गरेको पाइएको छ ।कतिपय कर्मचारी तथा कार्यालय प्रमुखले कार्यालयमा विदाको निवेदन छोडेर जाने गरेको तथा आउने वितिकै कार्यालय प्रमुखको मिलीभगतमा निवेदन च्यातने गरेको समेत प्रवृति ह्वातै बढेकोले यस्ताखाले छडके हप्तापिच्छे गरी त्यस्ता खाले कर्मचारीलाइ तह लगाउनुपर्ने आम नागरिकको भनाइ रहेको छ ।

 कार्यालय समयभित्र तथा कार्यालय समय बाहेक समेत अहो रात्रि जनताको कामकाज गर्ने कर्मचारीलाइ निजामति दिवसको अबसरमा प्रमुक्ज जिल्ला अधिकारीले पुरस्कृत गर्नुपर्ने तथा कामकाज नगरी त्यतिकै तलब भता खाने कर्मचारीलाइ नियमानुसार कडा भन्दा कडा कार्यवाही गरिनुपर्ने आवश्यकता रहेको देखिन्छ ।









सम्बन्धित शिर्षक समाचारहरु

देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने

भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी

कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए

दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ

राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक स्वीकृत

वडा अध्यक्ष कुशवाहाको दादागिरी, धारिलो हथियार प्रहार गरि ४ जनालाई गरे गम्भिर घाईते

एसईईको नतिजा सार्वजनिक, नतिजा कसरी थाहा पाउने ?

चरम भ्रस्टाचार गरेको भन्दै स्थानियले गरे एक कर्मचारीलाइ रामधुलाई



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2270307 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top