बज्जिका भाषा विकास सामारोहको दोस्रो चरणमा बज्जिका कविता सम्पन्न /* - - - Script for Auto Navigation - - - */

बज्जिका भाषा विकास सामारोहको दोस्रो चरणमा बज्जिका कविता सम्पन्न

चंचल कुमार झा रौतहट । ८,फाल्गुन ।


बज्जिका भाषा विकास सामारोह २०७३ अन्तरगत दोस्रो चरणमा आईतवार बज्जिका कविता प्रतियोगिता सम्पन्न भएको छ । श्री ग्रामिण शिक्षा विकास नेपाल जेठरहिया रौतहटको आयोजनामा विश्व मातृ भाषा दिवसको अवसरमा यहि फाल्गुन १० गते मंगलवारका दिन हुन गईरहेको बज्जिका भाषा विकास समरोह अन्तगत भएको बज्जिका कविता प्रतियोगितामा मावि टिकुलियाका खुश्बु रजक प्रथम, मावि झुनखुनवाका राजकिशोर साह दोस्रो ,जुद्ध मावि गौरका अराध्या पटेल तृतिय तथा मावि ब्रह्मपुरीका बनवारी दास सांत्वना भएको हो ।
श्री ग्रामिण शिक्षा विकास नेपालको अयोजना र गौर नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा बज्जिका भाषा विकास सामारोहका संयोजक योगेन्द्र प्रसाद यादबको सभापतित्वमा भएको उक्त प्रतियोगिताका प्रमुख अतिथि गौर नगरपालिकाका कार्यकारी अधिकृत संतोष कुमार मिश्र रहनु भएका थिए । मावि ब्रह्मपुर्रीका शिक्षक रामविश्वास मुखिया संचलन गर्नु भएका कार्यत्रममा बिन्दा सहनी ,राजकिशोर साह ,विपिन्न विहारी सिंह,संजय सुदामा,चन्देश्वर राउत,गन्देश्वर प्रसाद सिंह ,दिपेन्द्र सिंह लगायतकाले आ आफ्नो मन्तव्य राख्नु भएका थिए ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष उपेन्द यादव,संस्था पूर्व अध्यक्ष जय प्रकाश यादव, बज्जिकावाणी डट कम का सम्पादक दिनेश संगम, प्रेस मञ्च रौतहटका अध्यक्ष धर्मेन्द्र साह,बज्जिका पत्रकार संघका सचिव चंचल कुमार झा,पत्रकार आलोक पाण्डे लगयतका उपश्तिथि रहेको थियो । 
साथै आउदो मंगलवारको हुन गईरहेको बज्जिका भाषा विकास समरोह २०७३ लाई सफल पार्न सबैलाई सहयोग गर्न आयोजक संस्थाले आग्रह गरेका छन ।


कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1787594 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top