रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 बिकासमा फडको मार्दै बौद्धिमाई नगरपालिका , स्वास्थ चौकी भवन शिलान्यास     रौतहटमा सुन तस्कर पक्राउ     प्रदेश २ सभाको बैठक पुनः स्थगित     २५ हजार घुससहित वडाअध्यक्ष पक्राउ     दुई तिहाई सरकारको विकासे लहर नारामा सिमित, भ्रष्टाचारमा दुई कदम अगाडी पूर्वमन्त्री झा     बढ़दो भ्रस्टाचार र अधिनायकबादले देश संकटमा -बरिष्ठ नेता पौडेल     गरुडा नगरपालिकाबाट बजार अनुगमन कार्य तिव्र     गरुडाको कोल्ड स्टोरमा प्रमुख प्रशासकीय अधिकृत पन्थीको छापा ,भारि मात्रामा अखाध्य पेय पदार्थ बरामद     बृन्दाबन नगरपालिकाको प्रमुख प्रशासकिय अधिृकतमा भवानी दाहाल     कटहरिया नगरपालिकाको दोस्रो नगर सभा भब्यता एबम हर्षो उल्लासका साथ समपन्न     रौतहट गोल्डकपको उपाधी चन्द्रपुरलाइ   
सांस्कृती/साहित्य

बज्जिका भाषा विकास सामारोहको दोस्रो चरणमा बज्जिका कविता सम्पन्न



सांस्कृती/साहित्य   3 पटक पढिएको        

चंचल कुमार झा रौतहट । ८,फाल्गुन । बज्जिका भाषा विकास सामारोह २०७३ अन्तरगत दोस्रो चरणमा आईतवार बज्जिका कविता प्रतियोगिता सम्पन्न भएको छ । श्री ग्रामिण शिक्षा विकास नेपाल जेठरहिया रौतहटको आयोजनामा विश्व मातृ भाषा दिवसको अवसरमा यहि फाल्गुन १० गते मंगलवारका दिन हुन गईरहेको बज्जिका भाषा विकास समरोह अन्तगत भएको बज्जिका कविता प्रतियोगितामा मावि टिकुलियाका खुश्बु रजक प्रथम, मावि झुनखुनवाका राजकिशोर साह दोस्रो ,जुद्ध मावि गौरका अराध्या पटेल तृतिय तथा मावि ब्रह्मपुरीका बनवारी दास सांत्वना भएको हो ।

बज्जिका भाषा विकास सामारोहको दोस्रो चरणमा बज्जिका कविता सम्पन्न

श्री ग्रामिण शिक्षा विकास नेपालको अयोजना र गौर नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा बज्जिका भाषा विकास सामारोहका संयोजक योगेन्द्र प्रसाद यादबको सभापतित्वमा भएको उक्त प्रतियोगिताका प्रमुख अतिथि गौर नगरपालिकाका कार्यकारी अधिकृत संतोष कुमार मिश्र रहनु भएका थिए । मावि ब्रह्मपुर्रीका शिक्षक रामविश्वास मुखिया संचलन गर्नु भएका कार्यत्रममा बिन्दा सहनी ,राजकिशोर साह ,विपिन्न विहारी सिंह,संजय सुदामा,चन्देश्वर राउत,गन्देश्वर प्रसाद सिंह ,दिपेन्द्र सिंह लगायतकाले आ आफ्नो मन्तव्य राख्नु भएका थिए ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष उपेन्द यादव,संस्था पूर्व अध्यक्ष जय प्रकाश यादव, बज्जिकावाणी डट कम का सम्पादक दिनेश संगम, प्रेस मञ्च रौतहटका अध्यक्ष धर्मेन्द्र साह,बज्जिका पत्रकार संघका सचिव चंचल कुमार झा,पत्रकार आलोक पाण्डे लगयतका उपश्तिथि रहेको थियो । 
साथै आउदो मंगलवारको हुन गईरहेको बज्जिका भाषा विकास समरोह २०७३ लाई सफल पार्न सबैलाई सहयोग गर्न आयोजक संस्थाले आग्रह गरेका छन ।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2598327 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top