रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग     गृह मन्त्रालयले गर्‍याे ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर     प्लान इन्टरनेशनलमा ७६ स्थायी कर्मचारीलाई सामूहिक अवकाश, कर्मचारी धर्नामा     आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा     मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने     नेताको ढाल ओढेका ठेकेदार साहलाई समयमा काम गर भनेपछि कांग्रेस रिसायो : नेकपा नेता प्रभु साह     छठ पर्वमा दुई दिन बिदा     भारतीयलाई नागरिकता सिफारिस गर्ने वडाअध्यक्षसहित १६ जनाविरुद्ध मुद्दा     प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज   
अन्तर्वार्ता

मेरो गायिकीमा “जवानी र जागरण” दुबै छन् : अञ्जली पटेल



अन्तर्वार्ता   33 पटक पढिएको        

जितेन्द्र कुमार दास । रौतहट, ८ मंसिर। गीत र सङ्गीतको भूगोल हुँदैन । यसलाई कुनै पनि भाषा, सँस्कृति र रीतिरिवाजले सीमित तथा साँघुरो बनाउन सक्दैनन् । हाँसो, खुशी, दुःख र पीडाका शाश्वत भावहरु नैसर्गिक र वैश्विक हुन्छन् । त्यसैले अभिव्यक्तिका माध्यम नै सङ्कुचित हुने गरी गीत र सङ्गीतले आफ्नो प्रभाव बिस्तार गरिरहेको हुन्छ ।

मेरो गायिकीमा “जवानी र जागरण” दुबै छन् : अञ्जली पटेल

बोलीको सङ्कीर्णतालाई चिर्दै जीवनका थरिथरिका भावलाई आफ्नो समधुर गायनबाट पस्किने गायिका हुन् अञ्जली पटेल । उनी नेपाली, मैथिली, भोजपुरी लगायतका भाषाहरुमा तिनै भाषिक स्वादका साथ आफ्नो गायिकीलाई पर्गेलेकी हुन्छिन् । थुप्रा एल्बमहरुमा आवाज दिइसकेकी पटेलले गत दशको सङ्घर्षपूर्ण गायनयात्रामा साङ्गीतिक संसारलाई नेपाली भाषाको ‘गर्दैन माया उसले जब यकिन भयो’ म्यूजिक भिडियो दिएकी छिन् । मैथिलीमा पनि उनको ‘सजना के अँगना’ एल्बम सार्वजनिक भइसकेको छ । भोजपुरी भाषामा एउटा एल्बम ल्याउने अन्तिम तयारीमा रहेकी अञ्जलीसँग गीतसङ्गीतमा केन्द्रित रहेर कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सारसंक्षेप ।अहिले के गर्दै हुनुहुन्छ ?नेपाली भाषाका दुईओटा गीतहरु रेकर्डिङ् गरेकी छु । जसका बोलहरु ‘मैले बोल्ने शब्दहरु अर्थहीन भए तिम्रो लागि, मैले गर्ने माया पनि झूठो भएछ तिम्रो लागि’ र के छ मेरो अनुहारमा वाह गर्छन् धेरै, के छ मेरो जवानीमा डाहा गर्छन् धेरै’ छन् । अब ती दुईओटै गीतमा म्यूजिक भिडियो निर्माण गर्ने तयारीमा छु । साथै अहिलेसम्म नाउँ जुराउन नसकिएको तर सबै काम सकिएको एउटा भोजपुरी एल्बमका गीतहरुमा पनि म्यूजिक भिडियो तयार गर्ने भएकी छु । त्यसअघि नै यो एल्बम भने सार्वजनिक भइसक्नेछ ।हिजोआज म्यूजिक एल्बम बनाउने ट्रेन्ड नै चलेको छ प्रायःजसो गीतहरुमा । कारण के होला ?बास्तवमा हिजोआज गायनलाई एउटा पेशाको रुपमा हेर्न थालिएको छ । अर्थात यसमा व्यावसायिक सम्भावना खोज्ने गरिन्छ । यस दृष्टिले कुनै पनि गीतको सफलताको मापदण्ड श्रोताहरुका बीचमा त्यस गीतको लोकप्रियता हो । जसलाई स्थापित गर्न गीतलाई प्रबद्र्धन गर्नुपर्ने हुन्छ । म्यूजिक भिडियो गीतलाई धेरै श्रोताहरु माझ पुर्याउने एउटा सशक्त माध्यम बनेको छ । त्यसकारणले पनि प्रायःजसो गीतहरुमा म्यूजिक भिडियो तयार पार्ने चलन बढेको हो । गीत र गायन शैलीले शब्द, परिवेश र कथालाई अभिव्यक्त गरेको हुन्छ । जब ती कथालाई दर्शकहरुले दृश्यसँगै पाउँछन् अनि उनको सामीप्य ती गीतसँग बढेर जान्छ । यो नै सुत्र हो कुनै गीतप्रति श्रोताको चाहना वा रुचि बढ्नु । त्यसैले हिजोआज गीतहरुमा म्यूजिक भिडियोलाई अपरिहार्य मान्न थालिएको छ ।नेपालको गीतसङ्गीतको फाँट व्यावसायिक भइसकेको छ त ?तुलनात्मकरुपमा पहिलेभन्दा व्यावसायिक बन्न थालेको यथार्थ हो । तर यसलाई पर्याप्त मान्न सकिँदैन । सीडी र म्यूजिक भिडियोहरुले कलाकारलाई प्रत्येक घरको ओछ्यानसम्मै पुर्याएको छ । मान्छेले ओछ्यानमै पल्टेर म्यूजिक प्लेयर र टेलिभिजनलगायतका माध्यमहरुबाट गीतसङ्गीतप्रतिको अभिरुचि देखाइरहेका हुन्छन् । यसले कलाकारलाई ख्याति दिन्छ र उनी आर्थिक जोहो गर्ने स्टेज कार्यक्रमका लागि उपयुक्त पात्र बन्छन् । त्यसैले अधिकांश गायक स्टेजशोप्रति आकर्षित छन् ।नेपाली भाषाका टेलिभिजनहरुले मूलतः नेपाली भाषाकै गीतहरुलाई प्राथमिकता दिने गर्छन् । ती टेलिभिजनहरुले आफ्नो कूल समयको थोरै पनि भाग मैथिली वा भोजपुरी भाषाका गीतहरुका लागि छुट्याएका छैनन् । विभिन्न एल्बमहरुमा मेरै तीन दर्जनभन्दा बढी गीतहरु छन् यी भाषाका तर मैले तीमध्ये एउटा पनि सुन्न पाएकी छैन । त्यसैले बजार व्यवस्थित भएर यी भाषाका गीतहरुको पहुँच बिस्तार नहुँदासम्म गायकको प्रतिभालाई यकिन गर्न सकिँदैन ।नेपालमा विभिन्न भाषामा गाइएका अधिकांश गीतहरुमा अश्लीलता पस्किँदै गरेको आरोप लगाइन्छ नि ?हेर्नुस, समयको आवश्यक्ता र परिवेशको मागलाई उपेक्षा गरेर हुने सिर्जनले जनतालाई ध्यानाकर्षित गर्न सक्दैन । त्यसैले जनता के चाहन्छन् भन्ने कुरालाई केन्द्रमा राखेर प्रायःजसो सिर्जना गर्ने गरिन्छ । तर कलाकारको समाजप्रति दायित्व पनि हुन्छ । समाजलाई थाहा नभएको वा रुचि नभएको तर आवश्यक विषय वस्तुबारे पनि जानकारी गराउने खालका सिर्जनाहरु दिनुपर्ने हुन्छ । मेरै गायनमा आएका गीतहरुमा जवानी पनि छ र जागरण पनि । मलाई लाग्छ, दुबै कुरालाई सन्तुलित ढंगले लिएर जानुपर्छ । रह्यो अश्लीलताको कुरा भने दर्शकलाई थाहा छ कि कुन गीत अश्लील छन् र कुन श्लील । दर्शकको विवेकलाई म गलत भन्न चाहदिनँ ।नेपाली गीतसङ्गीतको बजार प्रतिस्पर्धी भए पनि भोजपुरी र मैथिलीको बजार उतिसारो छैन । कतै गायकहरु नै त्यतिसारो प्रतिभाशाली नभएर हो कि ?नेपाली गीतसङ्गीतलाई प्रचारप्रसार हुने थुप्रा माध्यम छन् । खासगरी नेपाली भाषाका टेलिभिजनहरुले मूलतः नेपाली भाषाकै गीतहरुलाई प्राथमिकता दिने गर्छन् । ती टेलिभिजनहरुले आफ्नो कूल समयको थोरै पनि भाग मैथिली वा भोजपुरी भाषाका गीतहरुका लागि छुट्याएका छैनन् । विभिन्न एल्बमहरुमा मेरै तीन दर्जनभन्दा बढी गीतहरु छन् यी भाषाका तर मैले तीमध्ये एउटा पनि सुन्न पाएकी छैन । त्यसैले बजार व्यवस्थित भएर यी भाषाका गीतहरुको पहुँच बिस्तार नहुँदासम्म गायकको प्रतिभालाई यकिन गर्न सकिँदैन । मलाई लाग्छ कि भोजपुरी र मैथिलीका गायक मात्र होइन गीतको स्तर पनि उम्दा छ । उचित अवसर प्राप्त नहुँदा तपाईंले भनेजस्तो देखिएको हो । तर म आशावादी छु कि केही समयभित्रै यी भाषाका गीतहरुले अपेक्षित स्थान पाउनेछन् ।थोरै तपाईं आफ्नो पारिवारिक पृष्ठभूमिको बारेमा बताइदिनुस न ?सङ्गीतप्रति मेरो सानैदेखि लगाव थियो । यो लगावको कारण गीतसङ्गीतप्रति बुबाको समर्पण, दक्षता र संलग्नता हो । यद्यपी उहाँ शिक्षण पेशामा हुनुहुन्छ । उहाँ एउटा दक्ष सङ्गीतकार र कुशल गायक पनि हुनुहुन्छ । उहाँकै प्रेरणा र सिकाइबाट म दीक्षित भएर एउटी गायिकाको रुपमा आफूलाई चिनाउन सफल भएकी छु ।अबको बाटो के हुन्छ ?सङ्गीतमा नै जीवन र भविष्य दुबै थोक खोज्ने बाटो नै एउटा गायकको गन्तव्य हुन्छ ।









सम्बन्धित शिर्षक समाचारहरु
  • बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड

    रौतहट/२१, मंशिर / गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताले बिकाश पत्रकारितामा जुट्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ l सुमिन्त्रा मिडियाको आयोजनामा सदरमुकाम गौरमा सुरु भएको फोटो पत्रकारिता तालिमको उद्घाटन गर्दै नगर प्रमुख गुप्ताले पत्रकार बिकाशको प्रमुख निगरानी कर्ता रहेको भन्दै सोहि अनुसारको
    समाज
    9     रौतहट अनलाईन
  • गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा

    रौतहट/१५ ,मङ्सिर / रौतहट को गौर नगरपालिका खुला दिशामुक्त घोषणा भएको छ l शनिवार एक कार्यक्रमका बिच रौतहट क्षेत्र नम्बर ०१ का सांसद अनिल कुमार झा को प्रमुख आतिथ्यमा खुल्ला दिशा मुक्त घोषणा गरीएको छ । रौतहट जिल्लाो १४ औ खुल्ला दिशामुक्त नगरपालिकाको रुपमा गौर नगरपालिकालाई घोषणा गरीएको हो ।
    समाज
    18     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2451321 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top