रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 गौरमा अश्लिील भोजपुरी गित न बजाउनको लागि अनुरोध रैली      पाँच हजार घुस सहित एक कर्मचारी पक्राउ     डा. देवकोटाको पार्थिव शरीर छोरीहरुको काँधमा      कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तैः देउवा     बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ: उपप्रम यादव     वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन     पेनाल्टीले टुट्यो दक्षिण कोरियाको सपना, स्वीडेन विजयी     एनजीओ दर्तामा गृहमन्त्रालयको पछिल्लो निर्णय तत्काल लागू नहुने     स्वर्णिम बेल्जियमलाई नव प्रवेशी पानामाको चुनौती     विश्वकप अन्तर्गत आज सोमबारका खेलहरु     स्विजरल्याण्डले ब्राजिललाई बराबरीमा रोक्यो   
अन्तर्वार्ता

यात्रा - आर्किटेक्चर देखी नेपाली राजदुतसम्म



अन्तर्वार्ता   17 पटक पढिएको        

रमेश ठाकुर । रौतहट, १४ बैशाख । रौतहटमा जन्मेका अलि अख्तर मिकरानी पेसाले आर्किटेक्चर हुन् । तर उनको समाजमा गरेको योगदानलाई हेर्दा लाग्छ, उनले आस्था राख्ने ईस्लाम धर्मका गुरु पैगम्बर मोहम्मदले उनलाई सोसल आर्किटेक्चर बनाएर यस धर्तिमा पठाएका छन् । सन् १९५६ सालमा जन्मेका मिकरानि अहिले इन्जिनियर पेसामा आबद्ध रहेपनि उनि समाजको विकास निर्माण कार्यमा निरन्तर खटिइरहेछन् । उनका हजुरबुवा चौधरी मौला बकसले सुरु गरेका समाजसेवाका विरासत उनले पनि अहिले धानिरहेको देखीन्छन् । सानै देखी पढाईमा राम्रो गरेका मिकरानी भारतबाट इन्जिनीयरीगंमा मास्टर डिग्री समेत गरेका छन् ।

यात्रा - आर्किटेक्चर देखी नेपाली राजदुतसम्म

प्रधानमन्त्रीको अध्यक्षतामा गठित उच्चस्तरीय निरीक्षण तथा अनुगमन समितीका सदस्य समेत रहेका मिकरानी भर्खर अनुगमनको प्रतिवेदन बझाएर केही हल्का महसुस गरेका उनी हरबखत समाजसेवाको धुनमा लहरीन्छन् । एकदम सरल स्वभाव भएका मिकरानी भन्छन् ‘व्यक्ति असल भए समाज असल बन्छ अनि समाज असल बने देश विकास हुन्छ ।’ समाजसेवा र राणाविरोधी भाव बोकेका उनका बाजे मौला बकस कुनै बेला चन्द्रशमशेरबाट ६ महिनासम्म नक्खु जेल परेका थिए । उनी जेल पर्नुका एउटै कारण थियो समाजसेवा गर्दै जनतामा जनचेतना जगाउनु । समाजसेवाकै क्रममा एक सय वर्षअघि उनका बाजेले ४५ विग्घा आफ्नो निजी जग्गा दान दिएर एउटा ट्रष्ट खोलेका थिए ।
रौतहटको पहिलाको कट्टरबन र हालको राजदेवीमा एक शताब्दी अघि मिकरानीका हजुरबुवा मौला बकसले खोलेका इस्लामिया मदर्सा अहिले पनि उसैगरी सञ्चालन भइरहेकोे छ । यस मदरसामा ८० जना विद्यार्थीका लागि खानेबस्ने सुविधा सहित एसएलसीसम्मको निशुल्क पढाई हुन्छ ।

मिकरानि भन्छन ‘मेरा हजुरबुवाले अहिलेको पुनरावेदन अदालतको हैसियत राख्ने अमिनीमा मुद्दा खेप्न आउनेहरुका लागि निशुल्क खानबस्नका लागि धर्मशाला बनाईदिनुभएको थियो, जहां दैनिक १ सय ५० जना व्यक्तिले निशुल्क खानबस्न पाउंथे’, तर त्यो धर्मशाला बागमति कटानमा परेकाले त्यसको असतित्व भने छैन् । तर उनका हजुरबुवाले पानीको झगडा मिलाउने क्रममा बनाइदिएका इनारका अवशेषहरु अहिले पनि सर्लाही, बारा, पर्सा र रौतहटका विभिन्न गाउंमा देख्न सकिन्छ । ‘मेरा हजुरबुवाले सुरु गरेको समाजसेवाको यात्रालाई मैले पनि अगाडि बढाउने विचार गरे, त्यसैले म आफ्नो पेसापछिको अधिकांश समय समाजसेवामा विताउंछु’, उनी आफ्नो क्रियाशिलताको कारक तत्वका बारेमा स्पष्ट पार्छन् । पछि उनका बुबा चौधरी मुहम्मद खलिल मिकरानीले पनि समाजसेवाको यात्रालाई निरन्तरता दिएका छन् ।
वि.स. २०१५ सालमा मिकरानीले आर्थिक अवस्था मजबुत भएको समाजसेवी परिवारको सदस्यको रुपमा आँखा खोले । गाउंकै मदरसामा पढेपनि गांउमा गतिलो हाइस्कुल नभएकाले उनको उच्चशिक्षा भारतमा भयो । विधालयमा अध्यय्न गर्दा पनि उनी साथीभाइलाई सरसहयोग गर्न अगाडि बढिहाल्थे । उडिसामा इन्जिनियरिगं गरिरहेको समय उनको भनाई अनुसार उनको घरबाट उनका लागि मासिक तीन सय रुपैयाँ खर्च आउंथ्यो । उनलाई दुइ सय रुपैया जती खर्च गरे ठिक्क भइहाल्थ्यो । बांकी रहेको रकमचाहिं साथीभाइका लागि खर्च गर्थे । उनी थप्छन् ‘म बाँकी रहेका पैसाले कतिपय आर्थिक अभाव खेपिरहेका साथीभाईहरुको कापीकलम किनिदिन्थे । त्यसरी आर्थिक अभाव झेलेर इन्जिनीयरिगं पढिरहेका  उनीद्धारा आर्थिक सहयोग गरीएका दुईजना साथीसँग हाले उनको भेट भयो । गत वर्ष असार ९ देखी २९ गतेसम्म उनी अमेरिका भ्रमणमा थिए । त्यसै क्रममा उनले आफ्ना ती सहपाठीहरुसँग भेट गरे । ती दुइ साथी अहिले अमेरिकाको सरकारी निकायमा सरकारी जागिर खान्छन् र अहिले उनीहरु करोडपति भइसकेका छन् । ‘ति साथीहरुसँग भेट हुँदा उनीहरुले कुनै जमानामा मैले गरेको सहयोगको सम्झना गरे, अमेरिकाको भ्रमणभरमा मेरो लागि सबैभन्दा खुसीको क्षण त्यही रहेको मिकरानीले बताए ।

मजबुत आर्थिक हैसियतयुक्त पारिवारिक पृष्टभुमि, प्रतिष्ठापूर्ण सरकारी जागिर । यसले मात्र उनलाई सन्तुष्ट पार्न सकेन । पढाइ सकेर आर्किटेक्चरको प्रमाणपत्र बोकेर आएका उनले सुरुमा आफ्नो पेसागत करिअर कोसी प्रोजेक्टबाट सुरु गरे । उनले त्यहीं जागीरको सिलसिलामा घरको आर्थिक दुरावस्थाका कारण पढ्न नपाइरहेका दुइजना बालकलाई देखे । यस्तो अवस्था देखेपछि उनको मन कुँडियो त्यसपछि उनले आफ्नो जागिरको तलबको केही अँश ती बालकको पढाइका लागि छुट्याए ।

उनको भनाइअनुसार उनीहरु दुवै अहिले सक्षम नागरिक बनेका छन् । उनले पढाएका १२ जना व्यक्तिमध्ये अधिकांश सक्षम जनशक्तिका रुपमा विभिन्न सेवामा समर्पित छन् ।
कतिपयले काठमाण्डौमा घरसमेत जोडिसकेका छन् । उनी आफु मुस्लिम हुन तर सबै जाती र धर्ममा आस्था राख्नेहरुकालाई उनी स्वच्छ मनले सहयोग गर्छन् । उनी भन्छन्,‘समाजसेवा मेरो पुख्र्यौली विशेषता हो, यसो नगरीकन मेरो मन मान्दैन ।’

कुनै बेला उनको आँखा एउटा चौकीदारको छोरामाथि पर्याे । सबको चौकीदारी गर्ने ती चौकीदारको आफ्नो घर भने थिएन् । उनको आयले खानसमेत धौधौ हुन्थ्यो भने पढ्ने कुरा त धेरै टाढाको भयो । त्यो अवस्था देखेर उनले चौकीदारको छोरालाई पढाइदिने निर्णय गरे । पछि पढाई सकेर चौकीदारको छोराले पैसा कमाए । घरजग्गा जोडिसकेपछि आफ्ना बाबुलाई चौकीदारीबाट मुक्त गराए, आफ्ना बहिनीके विवाहदान गराए ।
यसपछि उनले स्नातकोत्तर मुस्लिम महिलाको खोजी गरे तर फेला पार्न सकेनन् । त्यसैले अहिले उनी मुस्लिम महिलाको शिक्षाप्रति चिन्तित छन् र त्यसतर्फ उनी सचेत पनि भएका छन् ।

सक्षम जनशक्ति मानिने नर्सिगं शिक्षामा महिलाहरुको उपस्थिति शून्य देखेर उनी चिन्तित भए । त्यसपछि प्रधानमन्त्रीसंग सल्लाह गरेर उनले मुस्लिम नर्स उत्पादनमा जोड दिए । आरक्षण, निशुल्क अध्ययन र छात्रवृतीबाट प्रोत्साहित भएर अहिले गौरमा मात्र प्रत्येक वर्ष एक सयजनाभन्दा बढी मुस्लिम महिला नर्स भएर आउँदैछन् । मिकरानी भन्छन् ‘यसले मुस्लिम महिलाको क्षमतामात्रै बढ्दैन, समाजसमेत सशक्त हुन्छ ।’

पछिल्लो समय उनी केही त्यस्ता भवनको डिजाइन गर्दैछन, जसको उनी पारिश्रमीक लिनेछैनन् । यसै क्रममा उनले केही विद्यालय , केही अनाथालय, मस्जिद र मन्दिरको डिजाइन र प्राविधिक सहयोग निशुल्क गरिदिएका छन् । काठमाण्डौमा नेपाली मस्जिद, कालीमाटीको मदरसा र मस्जिद निशुल्क डिजाइन गरिदिएका हुन् । यसैगरी भविष्यमा विश्वविद्यालयको परिकल्पनासाथ अगाडि बढिरहेको मदन भण्डारी मेमोरियल टेक्निकल कलेजको भौतिक पूर्वाधार, बाबा रामदेवको धुलिखेल, मण्डिखाटार, साँगा, जनकपुर र विरगन्जमा बन्न लागेको पतञ्जली योगाश्रम लगायतको डिजाइन पनि उनले निशुल्क गरेका छन् ।

मुस्लिम समुदायमै शिक्षित परिवारमा गनिने उनका परिवारका अरु सदस्य पनि राम्रो पढेलेखेका पहुंचवाला हुन् । उनी आफै आर्किटेक्चर भए, उनका दाजु अलि अकबर मिकरानी पुनरावेदन अदालत राजविराजका मुख्य न्यायाधीश हुन्, कान्छो भाई डा. जमील अख्तर चिकित्सक हुन्, भने अर्का भाई तमिल अख्तर फार्मासिस्ट हुन् । यसैगरि उनका अर्का भाई सकिल अख्तर राजनीतिशास्त्रमा एमए गरेर आफ्ना बाबुलाई समाजसेवाको क्षेत्रमा सघाउछन् । उनको परिवारमा मात्रै एक दर्जन डाक्टर तथा इन्जिनियर छन् । ‘मेरी छोरी बेनजिर मिकरानी निकट भविष्यमा चिकित्सक बनेर देखा पर्दैछिन्’ उनले सुनाए ।

पेशाले आर्किटेक्चर रहेका मिकरानीले काठमाण्डौ नगरविकास प्राधिकरणको प्रमुख बनेर काठमाण्डौको विकासमा पनि निकै योग्दान गरे । शिक्षा र समाजसेवाले भरिएका मिकरानी सधै अरुको भलो हुने काम गरे , उनलाई अरुको खुशीमा आफ्नो खुशी लुकेको सधै आभास हुन्थ्यो त्यही भएर उनले संधै अरुको भलो हुने काम मात्र गरिरहे ।
सुरुदेखी नै हरेक कामको जिम्मेवारी राम्रो संग बोध गरेका मिकरानी अहिले मन्त्रीमण्डलीय निर्णय अनुसार साउदीका लागि नेपाली राजदुतमा नियुक्त भएका छन् । राजदुतमा नियुक्त भएलगतै उनले यो पदमा रहेर पनि जनता र देशको विकासका लागि काम गर्ने बताएका छन् ।

पेशा र कार्यक्षेत्रले जुनसुकै पनि मार्गचित्र कोरेपनि आफु एक असल समाजसेवि रहेको र रहिनै रहने उनले भने । समाजसेवा सबभन्दा ठुलो कार्य रहेकाले यसमा नै आफ्नो जिवन सुम्पिदिने मिकरानीको साेंच रहेको छ ।









सम्बन्धित शिर्षक समाचारहरु
  • गौरमा अश्लिील भोजपुरी गित न बजाउनको लागि अनुरोध रैली

    रौतहट । ०६,असार । रौतहट जिल्लाको सदरमुकाम गौरमा सार्वजनिक ठाँऊमा अश्लील भोजपुरी गित न बजाउनको लागि दबाब स्वरुप अनुरोध रैली निकालिएकोे छ । मानव अंगका विभिन्न किसिमको दोहरो अर्थ लाग्ने अश्लिल भोजपुरी गितहरु जथाभावी तरिकाले सार्वजनिक स्थानहरुमा चर्को अवाजमा बज्ने गरेकोले
    समाज
    6    
  • पाँच हजार घुस सहित एक कर्मचारी पक्राउ

    कञ्चनपुर /०६,असार/ अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले एक जना कर्मचारीलाई पाँच हजार घुस सहित पक्राउ गरेका छ । नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्र अन्तर्गत फ्युज सेवा कार्यालय गड्डाचौकीमा कार्यरत कर्मचारी हर्कबहादुर चन्दलाई अख्तियारले बुधबार घुस सहति पक्राउ
    समाज
    112    
  • रौतहटका ५ स्थानिय तहका नायब सुब्बा प्रमुख पदबाट हटाईए

    रौतहट, जेष्ठ १४ । संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले आईतवार ८२ वटा नयाँ शाखा अधिकृतलाई नियुक्ति तथा पदस्थापन गरेको छ ।
    समाज
    1956     जितेन्द्र कुमार दास
  • सरकारी सयन्त्रले केहि गरेन ः मल्लिक

    जितेन्द्र कुमार । रौतहट /११ ,भदौ गएको साता आएको विनासकारी बाढिबाट रौतहट पूर्ण रुपमा अस्तव्यस्त भएको बेला नेपाल रेडक्रस सोसाईटि रौतहट शाखाका सभापत्ति संजिव मल्लिकले सम्पूर्ण सरकारी सयन्त्र मिलेर कुनै काम नगरेको आरोप लगाएका छन् । आईतवार नेपाल
    समाज
    1611    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2225996 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top