रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
मनोरञ्जन

‘हामी आँखाले देख्न सक्नेहरूचाहिँ वास्तवमा अन्धा हुन्छौँ,’ - हृतिक



मनोरञ्जन   8 पटक पढिएको        

एजेन्सी, १२ माघ । बलिउड अभिनेता हृतिक रोशन आउँदो फिल्ममा दृष्टिविहीनका रूपमा देखिँदै छन् । त्यो भूमिकाले उनलाई साँच्चैका दृष्टिविहीनहरूको क्षमताप्रति गम्भीर र अचम्मित बनाइदिएको छ ।

‘हामी आँखाले देख्न सक्नेहरूचाहिँ वास्तवमा अन्धा हुन्छौँ,’ - हृतिक

उनलाई लाग्छ– सामान्य मानिसभित्र पनि कति धेरै क्षमता हुन्छ भन्ने कुराको उदाहरण दृष्टिविहीनहरू हुन् ।
‘हामी आँखाले देख्न सक्नेहरूचाहिँ वास्तवमा अन्धा हुन्छौँ,’ उनलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ, ‘त्यही भएर आफ्नो क्षमता पहिल्याउन सक्दैनौँ । दृष्टिविहीनहरूले, खासमा भन्ने हो भने, हामीलाई आफ्ना आँखा खोल्ने बनाइदिन्छन् । त्यही भएर दृष्टिविहीन फोटोग्राफर, मेकअप आर्टिस्ट, चित्रकार, वकिल र संगीतकर्मीहरू हाम्रा लागि अत्यन्त प्रेरक हुने गर्छन् । हामी आँखा देख्नेहरूले असम्भव ठानेका कति कामहरू दृष्टिविहीनहरूले सजिलै गरिरहेका हुन्छन् ।’

आफ्नो आउन लागेको फिल्मले कुनै सन्देश दिन कोसिस नगरेको उल्लेख गर्दै उनले थपेका छन्, ‘यो फिल्म कुनै फिल्म मात्रै नभई एउटा अभियान हो । दृष्टिविहीनहरूका बारेमा हामीले फैलाउन चाहेको सचेतनाको प्रतिफल हो यो । हामीले यस्तो किन गरेका हौँ भने, हामी सामान्य मानिसहरू उनीहरूको संसारका बारेमा अन्धा हुन्छौँ, अनभिज्ञ हुन्छौँ । उनीहरूको संसार हामीले सोचेजस्तो हुन्न । आफैंले त्यस्तो अनुभव गर्न पाएका कारण म यस्तो भन्दै छु ।’ 

आफ्नो फिल्मले दृष्टिविहीनहरूको सही तस्बिर प्रस्तुत गर्ने ४३ वर्षे अभिनेताले दाबी गरे । ‘स्क्रिप्ट पढ्ने बेला अन्य फिल्ममा झैं त्यसमा पनि एक्सन र डान्सका सिक्वेन्सहरू देखेपछि मलाई दृष्टिविहीनहरूले कसरी यस्तो गर्न सक्दैनन् भन्ने भएको थियो,’ उनले भनेका छन्, ‘मलाई त्यो अवास्तविक लाग्यो । तर पछि मलाई दृष्टिविहीनका भिडियोहरू देखाइयो, म आफैंले पनि आफ्ना दृष्टिविहीन साथीहरूलाई भेटेँ । त्यसपछि मलाई आफू दृष्टिविहीनहरूका गतिविधिबारे कति बेखबर रहेछु भनेर छक्क लाग्यो । यो फिल्मले मजस्ता धेरै मानिसको भ्रम तोडिदिनेछ ।’









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2272422 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top