रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 भ्रस्टाचार गर्न नपाए पछि प्रमुख प्रशासकीय अधिकृत पन्थी बिरुद्ध नगर प्रमुखका आसेपासे खनिए     नगर प्रमुख धर्मेन्द्र पटेलको पहलमा सडक डिभिजनले धरहरी देवाही सडक तत्काल मरम्मत गर्ने     रौतहटको कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न     बन्शिराम अनाथालय गरुडालाइ फतुवा विजयपुर नगरपालिकाको २ लाख सहयोग     रौतहटको गरुडा नगरपालिकामा करारको खरिदारद्वारा गाडी सुबिधा मांग     निजी विद्यालय प्रति आकर्षण कम गराउन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन     जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड     भरतपुर महानगरको चौथो नगर सभा सम्पन्न      सुखिपुर नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      रौतहटको राजपुर नगरपालिकाको तेस्रो नगर सभा बाट ४२ करोड ९९ लाखको बजेट प्रस्तुत      गढ़िमाइ नगरपालिकाको तेस्रो नगर सभा भव्यताका साथ् सम्पन्न    
समाज

रौतहटको गरुडा नगरपालिकामा करारको खरिदारद्वारा गाडी सुबिधा मांग



समाज   825 पटक पढिएको   रौतहट अनलाईन     

गौर/२१,असार/ रौतहटको गरुडा नगरपालिकामा कार्यरत करारका एक खरिदारले नगरपालिका संग गाडी भाडा मांग गरेका छन् ।

रौतहटको गरुडा नगरपालिकामा करारको खरिदारद्वारा गाडी सुबिधा मांग

करारमा खरिदार पदमा नियुत अनिल यादवले  २०७५ साउन देखि २०७६ असार सम्म को गरि प्रति महिना एक लाख पचास हजारका दरले १२ महिनाको १८ लाख भुक्तानी मांग गरेको एक कार्यपालिका सदस्यले रौतहट अनलाइनलाइ बताए ।

उनका अनुसार गरुडामा टेक राज पन्थी प्रमुख प्रशासकीय अधिकृत भएर आए देखि विधिको शासन लागु भएको , भ्रस्टाचार शुन्यमा झरेको , अनियन्त्रित खर्च रोकिएको तथा सुशासनको प्रत्याभूति भएको अबस्थामा एउटा करारको कर्मचारीले गाडी भाडा मांग गर्नु र नदिए नगरपालिका चल्न नदिने भनि धम्कीपूर्ण भाषा प्रयोग गर्नु निन्दनीय रहेको बताए ।

रौतहटको गरुडा नगरपालिकामा तत्कालिन कार्यकारी अधिकृत दिपेश झाको पालामा एउटा बुलेरो जिप खरिद भएको तथा हालका प्रमुख प्रशासकीय अधिकृत पन्थीकै पालामा दुइटा स्कार्पियो गाडी खरिद भएको हो ।
तीन वटा गाडी मध्ये एउटा नगर प्रमुख अर्को नगर उप प्रमुख तथा एउटा प्रमुख प्रशासकीय अधिकृत प्रयोग गरिरहेका छन्
मांग गरिएको गाडी भाडा वापतको रकम करारको खरिदार लाइ भुक्तानी दिइने वा नदिइने बारे प्रतिक्रिया लिन प्रमुख प्रशासकीय अधिकृत पन्थी संग सम्पर्क गर्दा कुनै प्रतिक्रिया दिएनन ।
यस अघि रौतहटको वृन्दावन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी सम्हाल्नु भएका पन्थीलाइ आर्थिक सहायता बाँड्न कार्यपालिकाले दबाब दिए पछि प्रमुख प्रशासकीय अधिकृत पन्थीले नियम कानुन को बाहिर गैर आफु आर्थिक सहायता बाँड्न नसक्ने भन्दै आफै सो नगरपालिका छाडेका थिए ।
बिकास निर्माण तथा सुशासन कायममा पूर्ण प्रतिबद्ध रहेका पन्थी रहुन्जेल गरुडा नगरपालिकामा भ्रस्टाचार नहुनेमा सबै बिस्वस्त छन् ।









सम्बन्धित शिर्षक समाचारहरु

भ्रस्टाचार गर्न नपाए पछि प्रमुख प्रशासकीय अधिकृत पन्थी बिरुद्ध नगर प्रमुखका आसेपासे खनिए

नगर प्रमुख धर्मेन्द्र पटेलको पहलमा सडक डिभिजनले धरहरी देवाही सडक तत्काल मरम्मत गर्ने

रौतहटको कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न

बन्शिराम अनाथालय गरुडालाइ फतुवा विजयपुर नगरपालिकाको २ लाख सहयोग

रौतहटको गरुडा नगरपालिकामा करारको खरिदारद्वारा गाडी सुबिधा मांग

निजी विद्यालय प्रति आकर्षण कम गराउन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन

जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड

भरतपुर महानगरको चौथो नगर सभा सम्पन्न

सुखिपुर नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: [email protected]

2692691 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top