रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 भ्रस्टाचार गर्न नपाए पछि प्रमुख प्रशासकीय अधिकृत पन्थी बिरुद्ध नगर प्रमुखका आसेपासे खनिए     नगर प्रमुख धर्मेन्द्र पटेलको पहलमा सडक डिभिजनले धरहरी देवाही सडक तत्काल मरम्मत गर्ने     रौतहटको कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न     बन्शिराम अनाथालय गरुडालाइ फतुवा विजयपुर नगरपालिकाको २ लाख सहयोग     रौतहटको गरुडा नगरपालिकामा करारको खरिदारद्वारा गाडी सुबिधा मांग     निजी विद्यालय प्रति आकर्षण कम गराउन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन     जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड     भरतपुर महानगरको चौथो नगर सभा सम्पन्न      सुखिपुर नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      रौतहटको राजपुर नगरपालिकाको तेस्रो नगर सभा बाट ४२ करोड ९९ लाखको बजेट प्रस्तुत      गढ़िमाइ नगरपालिकाको तेस्रो नगर सभा भव्यताका साथ् सम्पन्न    
समाज

निजी विद्यालय प्रति आकर्षण कम गराउन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन



समाज   177 पटक पढिएको   रौतहट अनलाईन     

रौतहट/१३, असार / निजी विद्यालय तर्फ बढ्दै गएको आकर्षणलाई कम गरी अभिभावकहरुलाई सरकारी विद्यालय तर्फ आकर्षित बनाउनका लागि दुर्गा भगवती गाउँपालिकाको विशेष पहलमा सरस्वती माध्यमिक विद्यालय पिपरामा शुक्रवार देखि अंग्रेजी माध्यमबाट कक्षा संचालन भएका छन् ।

निजी विद्यालय प्रति आकर्षण कम गराउन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन




रौतहटको दुर्गा भगवती २ मा रहेको सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियामा अंग्रेजी माध्यमको शुभारम्भ गर्दै गाउापालिका अध्यक्ष अरुणकुमार साहले निजी विद्यालय तर्फ स्थानीय अभिभावकहरुको बढिरहेको आकर्षणलाई कम गराई सरकारी विद्यालय प्रति विद्यार्थीहरुको रुची बढाउने उद्देश्यबाट यस विद्यालयमा कक्षा ८ र ९ मा अंग्रेजी माध्यमबाट कक्षा संचालन गर्न लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाबाट वेहोर्ने गरी शुभारम्भ गरिएको बताएका हुन् ।

पहिलो चरणमा पाइलट कार्यक्रम अनुसार ८ र ९ मा सुरुआत गरिएको भौतिक पूर्वाधार तथा आय अवस्थामा सुधार आएपछि विस्तारै आउदो बर्ष देखि कक्षा ५ देखि अंग्रेजी मिडियममा कक्षा संचालन गर्ने तयारी भईरहेको स्पष्ट पारे ।

तिन महिना ढिलाई भएपनि बर्षे विदामा उक्त ग्यापलाई फुलफिल गर्न शिक्षकहरु तयार रहेको हुँदा सरकारी विदालयमा गुणस्तरिय शिक्षालाई प्रमुख प्राथमिकता दिएको बताए ।

नेपाली माध्यमबाट अध्यापन भईरहेको यस विद्यालयमा अंग्रेजी माध्यमबाट अध्ययन गर्ने इच्छुक एवं जेहन्दार विद्यार्थीहरुलाई निशुल्क रुपमा कक्षा संचालनको लागि व्यवस्थापन गरिएको जानकारी दिए ।

यस एतिहासिक विद्यालयको गौरवमय इतिहासलाई कायम राख्नका निमित्त गाउँपालिकाबाट हुने सम्पुर्ण सहयोगको पुरा गरिने भविष्यमा आफनो तलव दिने अवस्था आएमा त्यो पनि यहाँका विद्यार्थीहरुका लागि समर्पित गरिने प्रष्ट पारे ।

स्थानीय तहको निर्वाचनको समयमा आफूले जनता संग गरेको वाचा पुरा भईरहदा निकै खुशी लागेको छ । वागमती, झाझ र डोरी खोलाबाट घेरिएका दुर्गा भगवती गाउँपालिकाको पाँच वटै वडाका बासिन्दाहरुलाई बाहिर गएर गुणस्तरिय शिक्षा लिन निकै कठिनाई भईरहेको तथा सरकारी विद्यालयको अवस्था निकै दयनिय हुँदा निजी विद्यालय तर्फ आकर्षण बढेकोमा सरकारी विद्यालयमा गुणस्तरिय शिक्षाको व्यवस्थापन गरिएको हुँदा निजी विद्यालय तर्फ जाने बाध्यता अब समाप्त भएको बताए ।
सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक तेनारायण साह, समाजसेवी राजेश चौधरी, नेकपाको युवा नेता शम्भु सिंह, युवा छोटन सिंह, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष धर्मेन्द्र साह, वडाध्यक्ष सुरेश चौधरी सहित स्थानीय अभिभावकहरु अंग्रेजी माध्यमबाट कक्षा संचालन गराउनमा गाउँपालिकाको कार्यालयबाट भएको सहयोगलाई सकारात्क रुपमा लिदै राम्ररी ढंगबाट कक्षा संचालन होस भनेर शुभकामना दिए ।









सम्बन्धित शिर्षक समाचारहरु

भ्रस्टाचार गर्न नपाए पछि प्रमुख प्रशासकीय अधिकृत पन्थी बिरुद्ध नगर प्रमुखका आसेपासे खनिए

नगर प्रमुख धर्मेन्द्र पटेलको पहलमा सडक डिभिजनले धरहरी देवाही सडक तत्काल मरम्मत गर्ने

रौतहटको कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न

बन्शिराम अनाथालय गरुडालाइ फतुवा विजयपुर नगरपालिकाको २ लाख सहयोग

रौतहटको गरुडा नगरपालिकामा करारको खरिदारद्वारा गाडी सुबिधा मांग

निजी विद्यालय प्रति आकर्षण कम गराउन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन

जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड

भरतपुर महानगरको चौथो नगर सभा सम्पन्न

सुखिपुर नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: [email protected]

2692638 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top