रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 भ्रस्टाचार गर्न नपाए पछि प्रमुख प्रशासकीय अधिकृत पन्थी बिरुद्ध नगर प्रमुखका आसेपासे खनिए     नगर प्रमुख धर्मेन्द्र पटेलको पहलमा सडक डिभिजनले धरहरी देवाही सडक तत्काल मरम्मत गर्ने     रौतहटको कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न     बन्शिराम अनाथालय गरुडालाइ फतुवा विजयपुर नगरपालिकाको २ लाख सहयोग     रौतहटको गरुडा नगरपालिकामा करारको खरिदारद्वारा गाडी सुबिधा मांग     निजी विद्यालय प्रति आकर्षण कम गराउन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन     जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड     भरतपुर महानगरको चौथो नगर सभा सम्पन्न      सुखिपुर नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      रौतहटको राजपुर नगरपालिकाको तेस्रो नगर सभा बाट ४२ करोड ९९ लाखको बजेट प्रस्तुत      गढ़िमाइ नगरपालिकाको तेस्रो नगर सभा भव्यताका साथ् सम्पन्न    
समाज

भरतपुर महानगरको चौथो नगर सभा सम्पन्न



समाज   79 पटक पढिएको   रौतहट अनलाईन     

चितवन /१०,असार/ भरतपुर महानगरको चौथो नगरसभा मंगलबार सम्पन्न भएको छ ।

भरतपुर महानगरको चौथो नगर सभा सम्पन्न

महानगर प्रमुख रेनु दाहालले नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेका थिए । महानगरले ल्याएको नीति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि आर्थिक वर्ष २०७६/७७ का लागि रू तीन अर्ब ३७ करोड ३१ लाख १७ हजार बजेट विनियोजन गरेको छ । कार्यक्रममा उपप्रमुख पार्वती शाह ठकुरीले प्रस्तावित बजेट प्रस्तुत गरेका थिए ।

भरतपुर महानगरपालिकाको चौथो नगरसभाको उद्घाटनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्प कमल दाहालले शान्ति प्रक्रियाको बाँकी काम र विकासका मुद्दामा कांग्रेससँग मिलेर अघि बढ्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताए ।

उनले भने, ‘हामीले नचाहेपनि शान्ति प्रक्रियाका काम पूरा गर्न प्रतिपक्षसँग मिल्नैपर्छ, प्रधानमन्त्री केपी ओली, शेरबहादुरजी र मेरोबीचमा लगातार छलफल भइरहेको छ ।’ अध्यक्ष दाहालले थपे, ‘हामी एक्लै हिड्न सक्ने अवस्थामा छैनौँ, शान्ति पक्रियामा मिलेर ग¥यौँ, संविधान मिलेर ल्यायौँ, हामी एउटै डुङ्गामा यसरी चढेका छौँ, त्यहाँबाट फुत्किनु भनेको अर्को दुर्घटना हुनुबाहेक केही होइन ।’


अध्यक्ष दाहालले नेत्रविक्रम चन्द समूहको नेकपाका नेता ढिलो चाँडो आफ्नै पार्टीमा आउनेमा विश्वास व्यक्त गर्दै भने, ‘जसरी साथी फर्किरहनुभएको छ त्यसरीनै विप्लवजी आउनु हुन्छ ।’ शान्ति सम्झौतापछि दुई वर्षसम्म चन्द आफ्नो सचिवालयको मुख्य सचिवको रुपमा रहेर काम गरेको स्मरण गर्दै उनले चन्दमा केही असन्तुष्टि भने त्यतिबेला पनि देखिएको बताए ।

उनले पैसाको अभावमा भरतपुरमा निर्माण हुन लागेको रङ्गशालाको काम रोकिन नदिने विश्वास दिलाए । ‘महानगरलाई नमूना बनाउन सुझाव दिँदै भ्रष्टाचाररहित महानगर बनाउनुपर्छ’, भने । यहाँको विकास समग्र देशसँग जोडिने भएकाले सोहिअनुसार काम गर्न उनको आग्रह थियो ।

कार्यक्रममा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघ, प्रदेश र स्थानीय तीनै तहको समन्वय हुन सके समृद्धि हासिल गर्न सहज हुने बताए । उनले भने, ‘विकासका लागि तीनैतहका सरकारबीच पर्याप्त समन्वय हुनुपर्दछ अनि मात्र समृद्धि हासिल गर्न सहज हुन्छ ।’

कार्यक्रममा संघीय सांसद कृष्णभक्त पोखरेल, प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडी, भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीलगायतले महानगरेको विकासमा सबैलाई एक हुन आग्रह गरे ।

सो अवसरमा  महानगरमा उत्कृष्ठ काम गर्ने वडा नम्बर ८ का अध्यक्ष दामोदर न्यौपानेसहित विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।









सम्बन्धित शिर्षक समाचारहरु

भ्रस्टाचार गर्न नपाए पछि प्रमुख प्रशासकीय अधिकृत पन्थी बिरुद्ध नगर प्रमुखका आसेपासे खनिए

नगर प्रमुख धर्मेन्द्र पटेलको पहलमा सडक डिभिजनले धरहरी देवाही सडक तत्काल मरम्मत गर्ने

रौतहटको कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न

बन्शिराम अनाथालय गरुडालाइ फतुवा विजयपुर नगरपालिकाको २ लाख सहयोग

रौतहटको गरुडा नगरपालिकामा करारको खरिदारद्वारा गाडी सुबिधा मांग

निजी विद्यालय प्रति आकर्षण कम गराउन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन

जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड

भरतपुर महानगरको चौथो नगर सभा सम्पन्न

सुखिपुर नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: [email protected]

2692747 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top