रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 भ्रस्टाचार गर्न नपाए पछि प्रमुख प्रशासकीय अधिकृत पन्थी बिरुद्ध नगर प्रमुखका आसेपासे खनिए     नगर प्रमुख धर्मेन्द्र पटेलको पहलमा सडक डिभिजनले धरहरी देवाही सडक तत्काल मरम्मत गर्ने     रौतहटको कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न     बन्शिराम अनाथालय गरुडालाइ फतुवा विजयपुर नगरपालिकाको २ लाख सहयोग     रौतहटको गरुडा नगरपालिकामा करारको खरिदारद्वारा गाडी सुबिधा मांग     निजी विद्यालय प्रति आकर्षण कम गराउन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन     जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड     भरतपुर महानगरको चौथो नगर सभा सम्पन्न      सुखिपुर नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      रौतहटको राजपुर नगरपालिकाको तेस्रो नगर सभा बाट ४२ करोड ९९ लाखको बजेट प्रस्तुत      गढ़िमाइ नगरपालिकाको तेस्रो नगर सभा भव्यताका साथ् सम्पन्न    
समाज

प्रमुख प्रशासकीय अधिकृत पन्थीको सक्रियताले गरुडा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न



समाज   2 पटक पढिएको   रौतहट अनलाईन     

रौतहट/ १० ,असार / रौतहट जिल्लाको गरुडा नगरपालिकाले तेस्रो नगरसभा सम्पन्न गरेको छ प्रमुख प्रशासकीय अधिकृत टेक राज पन्थीको अथक प्रयास तथा गरुडाको चौतर्फी बिकासको लागि चालेका कदम बात उत्प्रेरित भै समय मै नगर सभा सम्पन्न भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत पन्थीको सक्रियताले गरुडा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न

सभा  बाट ५५ करोड ४२ लाख ६७ हजार कुल बजेट विनियोजन गरेको छ । नगरपालिकाको आर्थिक बर्ष २०७६÷७७ को बजेट नीति तथा कार्यक्रम सभा समक्ष नगरपालिकाको नगर प्रमुख  इनु राय यादवले प्रस्तुत गर्दै “ समृद्ध नगर : खुशी नगरबासी’’ नारा प्रस्तुत गर्नु भएको छ ।

सभामा सडक पिसीसी योजना, सार्वजनिक सेवा प्रवाह र सुशासन, सार्वजनिक जग्गाको लागत संकलन कार्य, तथ्यांक संकलन, सरसफाई अभियानलाई नियमितता प्रदान, फोहोरमैला व्यवस्थापन, छाडा चौपाय व्यवस्थान, मुल सडक तथा अन्य सडक व्यवस्थान, स्थानीय शिक्षा , विषयगत शाखा व्यवस्थापन, स्थानीय कानून स्थानीय न्याय सम्पादन, टोल विकास संस्थाहरुको गठन, बजार अनुगमन, व्यवस्थित सहरीकरणका लागि “ल्याण्ड पुलिङ, जथाभावी जग्गा प्लटिङमा रोक र भवन तथा सडकको नयाँ मापदण्ड, स्वायत्त क्षेत्र घोषण गर्न सिफारिस, प्राथमिकतामा रहेको सडको राइट अफ वे निर्धारण, व्यवसायीकलाई करको दायरामा ल्याउन वडा–वडामा शिविर नगरको सिटी फ्लावर निर्धारण तथा अन्य केन्द्रिय निकायबाट निमार्ण भइरहेका पूर्वधारको बारेमा जानकारी गराउनु भयो ।

सभामा आ.ब. २०७६÷७७को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा नगर विकासको मेरुदण्ड हो भन्ने विषयलाई गम्भरिताका साथ अवलम्बन गर्दै सामुदायिक विद्यालयको शैक्षिक र भौतिक सुधार, शिक्षा प्रणलीलाई आर्थिक सामाजिक रुपान्तरणको संवाहकको रुपमा विकास गर्नका लागि सवै तह एवम विद्याको शिक्षामा समतामूलक पहुँचको सुनिश्चितता गर्नुको साथै गुणस्तरमा सुधार, अब्बल व्यवस्थापकीय क्षमताको विकासको माध्यमबाट सामुदायिक एवम संस्थागत विद्यालय बिचको भिन्नताको अन्त्य गर्ने जस्ता कुरामा जोड दिनु भएको थियो ।
त्यस्तै नगरभित्रक सर्वसधारण जनताहरुलाई स्वास्थ्य, कृषि तथा पशुपालन, सहकारी, सिंचाइको विकास गराउनुको साथै उद्योगी तथा व्यवसायहीहरुको हकहितको निम्ती उद्योग तथा व्यवसायहरुलाई करको दायरमा राखी उचित व्यवस्थापन गर्नु पर्ने छ ।


सभाबाट पारित भएको बजेटमा चालु खर्च तर्फ १० करोड ४२ लाख ५० हजार , संघीय सरकारबाट प्रापत सशर्त अनुदान तर्फ १८ करोड ९५ लाख, समाजिक सुरक्षाको भत्ता १० करोड, सडक बोर्डको ३० लाख, बहुक्षेत्रीय पोषणमा १६ लाख ६७ हजार विनियोजन गरिएको छ । सशर्त अनुदानमा रु १८ करोड ९५ लाख, वित्तीय समानीकरणमा १४ करोड ४० लाख, राजश्वा वाडफाँडमा १० करोड १ लाख, आन्तरीक आम्दानीबाट ६० लाख, प्रदेश सरकारबाट १ करोड र बहु क्षेत्रीय पोषणबाट १६ लाख ६७ हजार आम्दानी हुने अनुमान गरिएको छ ।









सम्बन्धित शिर्षक समाचारहरु

भ्रस्टाचार गर्न नपाए पछि प्रमुख प्रशासकीय अधिकृत पन्थी बिरुद्ध नगर प्रमुखका आसेपासे खनिए

नगर प्रमुख धर्मेन्द्र पटेलको पहलमा सडक डिभिजनले धरहरी देवाही सडक तत्काल मरम्मत गर्ने

रौतहटको कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न

बन्शिराम अनाथालय गरुडालाइ फतुवा विजयपुर नगरपालिकाको २ लाख सहयोग

रौतहटको गरुडा नगरपालिकामा करारको खरिदारद्वारा गाडी सुबिधा मांग

निजी विद्यालय प्रति आकर्षण कम गराउन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन

जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड

भरतपुर महानगरको चौथो नगर सभा सम्पन्न

सुखिपुर नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: [email protected]

2692719 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top