रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 भ्रस्टाचार गर्न नपाए पछि प्रमुख प्रशासकीय अधिकृत पन्थी बिरुद्ध नगर प्रमुखका आसेपासे खनिए     नगर प्रमुख धर्मेन्द्र पटेलको पहलमा सडक डिभिजनले धरहरी देवाही सडक तत्काल मरम्मत गर्ने     रौतहटको कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न     बन्शिराम अनाथालय गरुडालाइ फतुवा विजयपुर नगरपालिकाको २ लाख सहयोग     रौतहटको गरुडा नगरपालिकामा करारको खरिदारद्वारा गाडी सुबिधा मांग     निजी विद्यालय प्रति आकर्षण कम गराउन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन     जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड     भरतपुर महानगरको चौथो नगर सभा सम्पन्न      सुखिपुर नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      रौतहटको राजपुर नगरपालिकाको तेस्रो नगर सभा बाट ४२ करोड ९९ लाखको बजेट प्रस्तुत      गढ़िमाइ नगरपालिकाको तेस्रो नगर सभा भव्यताका साथ् सम्पन्न    
समाज

गौर नगरपालिकाको बजेट ४५ करोड़, सामाजिक विकासमा बढ़ी जोड़



समाज   66 पटक पढिएको   रौतहट अनलाईन     

गौर / १०,असार / गौर नगरपालिकाको चौथो नगर सभा सम्पन्न भएको छ । नगर प्रमुख अजय कुमार गुप्ताको अध्यक्षतामा भएको बैठकमा ४५ करोड़ ५७ लाख १ हजारको आय व्ययको प्रस्ताव प्रस्तुत गर्दै पहिलो बैठक सम्पन्न भएको हो ।

गौर नगरपालिकाको बजेट ४५ करोड़, सामाजिक विकासमा बढ़ी जोड़


बजेटमा  विकास निर्माण र सामाजिक आर्थिक क्षमता विकासका कार्यहरुलाई क्रमिक रुपमा प्राथमिकीकरण गर्दै सड़क विस्तारीकरण .खेलमैदानको व्यवस्था , मल्टी कम्प्लेक्स अपार्टमेंट निर्माण , बरहवा खोलालाइ पर्यटकीय रुपमा विकास गर्न ,मठ मंदिर धर्मशाला को जीर्णोद्वार र सौन्दर्यकरण ,बाजार व्यवस्थापन र प्रवर्दन ,कर प्रणालीसुधार ,उद्यमशीलता विकास , स्थानीय भाषा विकास ,चाडपर्व र स्थानीय महोत्सव को अवसरमा सार्वजानिक विदा निर्धारण ,शिक्षा ,स्वास्थ्य , कृषि , पशुपालनको क्षेत्रमा लगानी गर्ने निति लिएको छ ।

निति कार्यक्रममा बातावरण संरक्षण , हरियाली प्रवर्द्धन , सुचना प्रविधिको प्रयोग , पार्किंग व्यवस्थापन , नक्सा नियमित गर्ने , र मापदण्ड बमोजिम नक्सा पास गर्ने , प्रकृति प्रकोपबाट सुरक्षित रहन पूर्व उपाय गर्ने र क्षति न्यूनीकरण तथा रहत उद्धारको व्यवस्थापन गर्ने ,सरसफाई अझ प्रभावकारी बनाउने ,विजुली बतिको प्रभावकारी व्यवस्थापन गर्ने ,सुरक्षाको प्रत्याभूति सहित गौर नगर पालिका क्षेत्रको व्यापर व्यवसाय राति १० बजे सम्म सञ्चालन हुने गरी व्यवस्था मिलाउने कार्यक्रम सार्वजानिक गरिएको छ ।

आगामी आर्थिक वर्षमा सार्वजानिक सेवा ,सुशासन तथा क्षमता विकास सम्वन्धी विभिन्न निति अबलम्बन गरिने छन । सामाजिक विकास ,पूर्वाधार विकास , आर्थिक विकास ,बातावरण तथा विपद व्यवस्थापनको क्षेत्रमा विकास गर्ने जोड़ दिइएको छ ।
संघीय सरकारबाट समानीकरण अनुदान १२ करोड़ १३ लाख ,शसर्त अनुदान कृषि ,शिक्षा ,स्वास्थ्य , युवा तथा खेलकूद , ऊर्जा ,श्रम तथा रोजगारी शीर्षकमा १५ करोड़ ६३ लाख तथा संघीय सरकार सामाजिक सुरक्षा कार्यक्रममा ४ करोड़ ७५ लाख ५० हजार , राजश्व बाड़फाट ७ करोड़ १ लाख ,प्रदेश सरकारको समानीकरण अनुदान ७३ लाख ४८ हजार , राजश्व बाड़फाट ६२ लाख ११ हजार , नगरपालिकाको आतंरिक आय १ करोड़ ४५ लाख , राजश्व बाड़ फाट मालपोत १ करोड़ , संघीय सरकार सड़क बोर्ड नेपाल ५५ लाख , बहुक्षेत्रीय पोषण कार्यक्रम १८ लाख ९२ हजार तथा आतंरिक श्रोत जनसहभागिताको १ करोड़ ५० लाख गरी १७ करोड़ ८१ लाख १ हजार सहित ४५ करोड़ ५७ लाख १ हजार नुमानित आय विबरण प्रस्तुत गरिएको छ । आर्थिक वर्ष ०७६।०७७ मा कार्यालय सञ्चालन तथा प्रसाशनिक तरफ ८ करोड़ ८२ लाख ८२ हजार , आर्थिक विकास तर्फ कृषिमा ५ लाख , उधोग मा १५ लाख गरी २० लाख खर्च गरिने अनुमान गरिएको छ ।

पूर्वाधार तर्फ यातायात पूर्वाधारमा ६ करोड़ ६५ लाख ३४ हजार , भवन आवास तथा शहरी विकास मा ६४ लाख ,ऊर्जामा ८४ लाख २१ हजार गरी ८ करोड़ १३ लाख ५५ हजार खर्च हुने अनुमान गरिएको छ । सुशासन तथा अंतर सम्वन्धित क्षेत्रमा विनियोजन गरिएको १ करोड़ ४ लाख ५० हजार मा शांति तथा सुव्यवस्थामा १५ लाख , गरीवि निवारणमा २ लाख ५० हजार , बातावरण तथा जलबायुमा ४७ लाख ,विपद व्यवस्थापन तर्फ ४० लाख खर्च गरिने छन । त्यस्तै सामाजिक विकासको लागि सवै भन्दा बढ़ी २७ करोड़ ३६ लाख १४ हजार छुट्याइएको छ ।

सामाजिक सुरक्षा तथा सरक्षणमा ४२ लाख ५० हजार , युवा तथा खेलकूदको लागि ३४ लाख ४५ हजार , खानेपानी तथा सरसफाईमा ५३ लाख , भाषा तथा संस्कृतिमा २ करोड़ १३ लाख ५० हजार , शिक्षा तर्फ १४ करोड़ ६३ लाख २ हजार , स्वास्थ्यमा २ करोड़ ६० लाख ३ हजार , लैंगिक समानता तथा सामाजिक समावेशीकरणमा ९४ लाख , कृषिमा १६ लाख ४५ हजार , श्रम तथा रोजगारी तर्फमा ६४ लाख ७७ हजार ७ हजार , सामाजिक सुरक्षा कार्यक्रम तथा जेष्ठ नागरिकको लागि ४ करोड़ ७५ लाख ५० हजार तथा बहुक्षेत्रीय पोषण कार्यक्रममा १८ लाख ९२ हजार खर्चको अनुमान गरिएको छ । गत वर्ष को तुलनामा यस वर्ष समावेशी निति कार्यक्रम प्रस्तुत गरिको देखिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्की को अथक प्रयास तथा कार्य शैलीले गर्दा नगरपालिकामा बिकास फस्टाएको छ  ।









सम्बन्धित शिर्षक समाचारहरु

भ्रस्टाचार गर्न नपाए पछि प्रमुख प्रशासकीय अधिकृत पन्थी बिरुद्ध नगर प्रमुखका आसेपासे खनिए

नगर प्रमुख धर्मेन्द्र पटेलको पहलमा सडक डिभिजनले धरहरी देवाही सडक तत्काल मरम्मत गर्ने

रौतहटको कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न

बन्शिराम अनाथालय गरुडालाइ फतुवा विजयपुर नगरपालिकाको २ लाख सहयोग

रौतहटको गरुडा नगरपालिकामा करारको खरिदारद्वारा गाडी सुबिधा मांग

निजी विद्यालय प्रति आकर्षण कम गराउन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन

जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड

भरतपुर महानगरको चौथो नगर सभा सम्पन्न

सुखिपुर नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: [email protected]

2692648 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top