रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 भ्रस्टाचार गर्न नपाए पछि प्रमुख प्रशासकीय अधिकृत पन्थी बिरुद्ध नगर प्रमुखका आसेपासे खनिए     नगर प्रमुख धर्मेन्द्र पटेलको पहलमा सडक डिभिजनले धरहरी देवाही सडक तत्काल मरम्मत गर्ने     रौतहटको कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न     बन्शिराम अनाथालय गरुडालाइ फतुवा विजयपुर नगरपालिकाको २ लाख सहयोग     रौतहटको गरुडा नगरपालिकामा करारको खरिदारद्वारा गाडी सुबिधा मांग     निजी विद्यालय प्रति आकर्षण कम गराउन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन     जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड     भरतपुर महानगरको चौथो नगर सभा सम्पन्न      सुखिपुर नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      रौतहटको राजपुर नगरपालिकाको तेस्रो नगर सभा बाट ४२ करोड ९९ लाखको बजेट प्रस्तुत      गढ़िमाइ नगरपालिकाको तेस्रो नगर सभा भव्यताका साथ् सम्पन्न    
अर्थ

हुवावेको अपरेटिङ्ग सिस्टम एन्ड्रोइडभन्दा ६० प्रतिशत धेरै तेज



अर्थ   113 पटक पढिएको   रौतहट अनलाईन     

एजेन्सी / ३२,जेठ / गुगलले आफ्नो अपरेटिङ सिस्टम एन्ड्रोइड प्रयोग गर्नमा प्रतिबन्ध लगाएपछि चिनियाँ स्मार्टफोन कम्पनी हुवावेले आफ्नै अपरेटिङ्ग सिस्टम हङ्गमेङ्ग ल्याउँदैछ ।

हुवावेको अपरेटिङ्ग सिस्टम एन्ड्रोइडभन्दा ६० प्रतिशत धेरै तेज



हुवावेको यो अपरेटिङ्ग सिस्टम एन्ड्रोइडभन्दा ६० प्रतिशतसम्म धेरै तेज हुनसक्ने दाबी गरिएको छ ।
ग्लोबल टाइम्समा स्राेतको हवाला दिँदै छापिएको समाचार अनुसार छिट्टै नै लञ्च हुने हङ्गमेङ्ग गुगलको एन्ड्रोइडभन्दा निकै तेज हुनेछ ।

समाचार अनुसार शाओमी तथा भिभोजस्ता कम्पनीहरुले हुवावेमा उसको अपरेटिङ्ग सिस्टमको परीक्षणका लागि आफ्ना कर्मचारी पठाउन थालेका छन् । अहिले यी सबै कम्पनीले आफ्ना स्मार्टफोनमा एन्ड्रोइड प्रयोग गर्दै आएका छन् ।

हुवावेको मेट ३० मा नयाँ अपरेटिङ्ग सिस्टम

ग्लोबल टाइम्स आफ्नो समाचारमा लेख्छ, ‘हुवावेले इन्टरनेट दिग्गज कम्पनी तथा घरेलु स्मार्टफोन कम्पनीहरुसँग मिलेर आफ्नो अपरेटिङ्ग सिस्टम हङ्गमेङ्गको परीक्षण गरिरहेको छ । यो नयाँ सिस्टम आउँदो केही महिनामै लञ्च गरिनेछ ।’

हुवावेको Mate 30  स्मार्टफोनलाई यो नयाँ अपरेटिङ्ग सिस्टमको साथमा लञ्च गरिने सम्भावना रहेको बताइएको छ । ढिलोमा यो अंग्रेजी वर्षको अन्त्यसम्ममा हङ्गमेङ्ग अपरेटिङ्ग सिस्टमयुक्त स्मार्टफोन ल्याउने योजना हुवावेको छ ।

एप डेभलपर्सलाई आह्वान

हुवावेले हालै कम्तीमा ९ वटा देश तथा युरोपमा समेत आफ्नो अपरेटिङ्ग सिस्टको ट्रेडमार्कका लागि निवेदन दिइसकेको छ । यसैबीच हुवावेले विश्वभरका एप डेभलपर्सलाई हङ्गमेङ्ग अपरेटिङ्ग सिस्टमको एप ग्यालरीमा आफ्नो एप पब्लिस गर्नका लागि प्रोत्साहित गरिरहेको छ । गुगलको प्ले स्टोरलाई टक्कर दिने गरी एप ग्यालेरी तयार गर्ने लक्ष्य हुवावेको छ ।

यहीँ हप्ताको सुरुवातमा साउथ चाइना मर्निङ्ग पोस्टले हुवावेको यस अपरेटिङ सिस्टमको विस्तृत विवरण समावेश गरी रिपोर्ट प्रकाशित गरेको थियो । रिपोर्ट अनुसार हुवावेको अपरेटिङ सिस्टम Microkernel  मा आधारित छ । जसले निकै कम स्पेस लिनुका साथै बढी सुरक्षित र सरल रहने बताइएको छ ।

एजेन्सीको सहयोगमा









सम्बन्धित शिर्षक समाचारहरु

हुवावेको अपरेटिङ्ग सिस्टम एन्ड्रोइडभन्दा ६० प्रतिशत धेरै तेज

हुवावेको संकट झनै बढ्यो, स्मार्टफोनमा मेमोरी कार्ड हाल्न नपाउने

अमेरिकाले हुवावेलाई कमजोर ठान्यो - हुवावे संस्थापक तथा सीईओ रेन जेङ्फी

हुवावेमा गुगल एप्स नचल्ने

गरुडा नगरपालिकाबाट बजार अनुगमन कार्य तिव्र

गरुडाको कोल्ड स्टोरमा प्रमुख प्रशासकीय अधिकृत पन्थीको छापा ,भारि मात्रामा अखाध्य पेय पदार्थ बरामद

सशस्त्र प्रहरी निरीक्षक खनाल द्वारा साढ़े १४ लाखको सामान पक्राउ

बैंकको ब्याज नघटे १५ दिनभित्र आन्दोलनमा उत्रिने नेपाल उद्योग वाणिज्य महासंघको चेतावनी

हिउँदे वर्षाले रौतहटमा ५० करोड रुपैयाँको इँटा नष्ट-अध्यक्ष साह



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: [email protected]

2692701 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top