रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 पराेहा नगरपालिकाकाे तेस्रो नगर सभा सम्पन्न      देवाही गोनाही नगरपालिकाको तेश्रो नगरसभा सम्पन्न     युवा निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद समसाद आलमको सक्रियतामा यमुनामाई गाउँपालिकाको तेश्रो गाउँ सभा भव्यता साथ् सम्पन्न     माधव नारायण नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      प्रमुख प्रशासकीय अधिकृत पन्थीको सक्रियताले गरुडा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      गौर नगरपालिकाको बजेट ४५ करोड़, सामाजिक विकासमा बढ़ी जोड़     रौतहटको गौर र गरुडा नगरपालिकाको नगर सभा आज      प्रदेश सांसद शेख फूलबाबुको मनपरी      गैरसरकारी संघ संस्थालाई प्रदेश २ मा आएर काम गर्न मन्त्री ज्ञानेन्द्र यादवको आह्वान     अब्दुल कलाम आजादले राजमार्ग खनेपछि विवाद उत्पन्न     कागजमा काम गर्न नपाए पछि देवाही गोनाहीका उपमेयर आक्रोसित    
मनोरञ्जन

चलचित्र कलाकार संघको निर्वाचनमा रविन्द्र खड्काको शानदार जित–रेजिना उप्रेतीलाई सर्वाधिक मत



मनोरञ्जन   15 पटक पढिएको   रौतहट अनलाईन     

काठमाडौं। नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा ख्यातिप्राप्त अग्रज अभिनेता रविन्द्र खड्काको जित भएको छ। अभिनेता खड्काले कुल खसेको ३ सय ८७ मतमध्ये २ सय १८ मत प्राप्त गरेर अध्यक्ष पदमा शानदार जित हासिल गरेको हो।

चलचित्र कलाकार संघको निर्वाचनमा रविन्द्र खड्काको शानदार जित–रेजिना उप्रेतीलाई सर्वाधिक मत

अध्यक्ष खड्काको प्रतिस्पर्धी अभिनेत्री सरिता लामिछानेले १ सय ६१ मत प्राप्त गरेकी थिइन्। अध्यक्ष खड्का र लामिछानेको मतान्तरण ५७ रहेको छ।

उपाध्यक्ष पदमा रेजिना उप्रेतीले सर्वाधिक मत २ सय ४३ मत ल्याएर विजयी बनेकी छन्।

अर्को उपाध्यक्ष पदमा रविन्द्र खड्का प्यानल वाहिरका पुराना अभिनेता तथा नेपालका प्रथम जादूगर सानु कुमार ताम्राकार विजयी बनेका छन्। सानु कुमार ताम्राकारले १ सय ७५ मत ल्याएर विजयी भएका थिए।

महासचिव पदमा चेतबहादुर सिंहले १ सय ८७ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी उम्मेदवार संजय खतिवडाले १ सय ५६ मत ल्याएका थिए। सचिव पदमा पनाहा अधिकारीले १ सय ९४ मत ल्याएर विजयी हासिल गर्दै गर्दा उनको प्रतिस्पर्धी उम्मेदवार कविता गेलालले १ सय ६९ मत ल्याइन्।
सह–कोषाध्यक्ष पदमा पवित्रा आचार्यले २ सय २० मत ल्याएर विजयी भइन्। उनको प्रतिस्पर्धी उम्मेदवार धन बहादुर बम्जनले १३३ मत ल्याएका थिए। सदस्यहरु सवै रविन्द्र खड्का प्यानलकै जित भएका छन्।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2653244 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top