रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 पराेहा नगरपालिकाकाे तेस्रो नगर सभा सम्पन्न      देवाही गोनाही नगरपालिकाको तेश्रो नगरसभा सम्पन्न     युवा निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद समसाद आलमको सक्रियतामा यमुनामाई गाउँपालिकाको तेश्रो गाउँ सभा भव्यता साथ् सम्पन्न     माधव नारायण नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      प्रमुख प्रशासकीय अधिकृत पन्थीको सक्रियताले गरुडा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      गौर नगरपालिकाको बजेट ४५ करोड़, सामाजिक विकासमा बढ़ी जोड़     रौतहटको गौर र गरुडा नगरपालिकाको नगर सभा आज      प्रदेश सांसद शेख फूलबाबुको मनपरी      गैरसरकारी संघ संस्थालाई प्रदेश २ मा आएर काम गर्न मन्त्री ज्ञानेन्द्र यादवको आह्वान     अब्दुल कलाम आजादले राजमार्ग खनेपछि विवाद उत्पन्न     कागजमा काम गर्न नपाए पछि देवाही गोनाहीका उपमेयर आक्रोसित    
समाज

गुजरा नपाका उपप्रमुख खातुनले गरे कार्यालयको कम्प्युटर तोड्फोड



समाज   36 पटक पढिएको   रौतहट अनलाईन     

रौतहट/१२ ,जेठ/ रौतहटको एक स्थानीय तहमा आफ्नो भागमा कम योजना पारेको भन्दै उप प्रमुखले कार्यलयको समान तोडफोड़ गरेकी छन ।आईतबार रौतहट जिल्लाको गुजरा नगरपालिकाकी उप नगर प्रमुख रोशन खातुनले नै नगरपालिकामा कार्यलयको समान तोडफोड गरेकी हुन ।

गुजरा नपाका उपप्रमुख खातुनले गरे कार्यालयको कम्प्युटर तोड्फोड


 तोड़फोडमा उप प्रमुख रौशन खातुन शेख स्वयम उनका श्रीमान शेख बद्रुदिन, छोरा शेख अनिसुर रहमान र भाई एकवाल हुशैन संलग्न रहेको नगर प्रमुख सन्तलाल चौधरीले जानकारी दिएका छन् ।

गुजरा नगरपालिकाका  उप प्रमुख खातुन सहितका समूहले आईतबार दिउसो ४ बजेको समयमा प्राविधिक शाखाको एक थान ल्याप्टप, एक थान कम्युटर तोडफोड तथा कार्यलयको अति आवश्यक कागजात च्यातेको नगरपालिका कार्यालयले जनाएको छ  ।

नगर प्रमुख चौधरीका अनुसार नगरका सम्पूर्ण योजना तर्जुमा तथा योजनाहरू उप प्रमुख कै अध्यक्षतामा पास भएको र अहिले आफैले असहमति जनाउदै तोड़फोड गर्दै अराजकता फैलाएको आरोप लगाएका छन् ।

नगर प्रमुख चौधरीले भने आफुलाई असफल बनाउनका लागि उप प्रमुखका श्रीमान शेख बद्रुदिन सहितका व्यक्ति सक्रिय भएर लागेको बताए । प्रशासकीय प्रमुख जामुन चौधरीले आफुहरू नगरको विकास चाहेको भएपनि उप प्रमुखका श्रीमानको मनलाग्दीका कारण उप प्रमुख अराजकतामा उत्रेको आरोप लगाएका छन ।


त्यस्तै नगरपालिकाका कर्मचारीहरुले उप प्रमुखको मनोमानीका कारण आफुहरुले काम गर्न सक्ने अवस्था नरहेको बताउदै आएका छन । यता उप प्रमुखले कार्यालयमा गरेको तोडफ़ोडको बिरोधमा स्थानीय युवाहरुले उप प्रमुख खातुनको कार्यकक्षमा ताला लगाएका छन् ।

उप प्रमुख खातुनले भने आफ्नो योजना अनुसार काम नभएका कारण बाध्य भएर तोडफोड गर्नु परेको जानकारी दिईएकी छिन ।










सम्बन्धित शिर्षक समाचारहरु

पराेहा नगरपालिकाकाे तेस्रो नगर सभा सम्पन्न

देवाही गोनाही नगरपालिकाको तेश्रो नगरसभा सम्पन्न

युवा निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद समसाद आलमको सक्रियतामा यमुनामाई गाउँपालिकाको तेश्रो गाउँ सभा भव्यता साथ् सम्पन्न

माधव नारायण नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न

प्रमुख प्रशासकीय अधिकृत पन्थीको सक्रियताले गरुडा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न

गौर नगरपालिकाको बजेट ४५ करोड़, सामाजिक विकासमा बढ़ी जोड़

रौतहटको गौर र गरुडा नगरपालिकाको नगर सभा आज

प्रदेश सांसद शेख फूलबाबुको मनपरी

गैरसरकारी संघ संस्थालाई प्रदेश २ मा आएर काम गर्न मन्त्री ज्ञानेन्द्र यादवको आह्वान



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2653177 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top