रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ     कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न      १२ किलो गाँजा सहित दुइ पक्राउ     सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन     नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह      पाँच वर्षमा १८ सय कम्पनी खारेज     सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता     मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन      संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने      संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती     अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ   
देश

माओवादी कार्यकर्ताद्वारा एमाले कार्यकर्ता माथि गोली प्रहार



देश   865 पटक पढिएको        

भोजपुर, २९ बैशाख भोजपुर नगरपालिका-१ हेलौछामा माओवादी कार्यकर्ताद्वारा एमाले कार्यकर्ता माथि गोली प्रहार भएको छ । बिहीबार बेलुकी साँझ एमाले कार्यकर्ता ३४ वर्षीय शारदा तामाङमाथि माओवादी केन्द्रका कार्यकर्ता ३८ वर्षीय एकिन्द्र भुजेलले गोली प्रहार गरेका हुन् ।

माओवादी कार्यकर्ताद्वारा एमाले कार्यकर्ता माथि गोली प्रहार

घर नजिकै रहेको जंगलमा हिँडिरहेको एमाले कार्यकर्ता तामाङलाई माओवादी कार्यकर्ताले गोली प्रहार गरेका थिए । हतियारले ताकिरहेको देखेपछि तामाङ आत्तिएर लडेका थिए ।  

तामाङ आत्तिएर लडेपछि गोली लागेको प्रत्यक्षदर्शीले बताएका छन् । एमाले सम्बद्ध अनेमासंघ नगर कमिटिका सचिव रहेका तामाङ र माओवादी कार्यकर्ता भुजेलबीच राजनीतिक विषयमा यसभन्दा अघिदेखि विवाद रहँदै आएको थियो ।

गोलीप्रहार गर्ने माओवादी केन्द्रका कार्यकर्ता एकिन्द्र भुजेललाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ । गोलीप्रहार गर्ने भुजेलमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक काजीकुमार आचार्यले बताए ।

एमालेले आफ्ना कार्यकर्ता माथि गोली प्रहार भएको घटनाप्रति भर्त्सना गरेको छ । नेकपा एमालेका सचिव शरणकुमार राईले आफ्नो कार्यकर्तामाथि नियोजित रुपमा गोली प्रहार भएको भन्दै दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन् ।

एमाले सम्बद्ध भातृ संगठनहरु पनि तामाङ माथि भएको गोली प्रहारको भर्त्सना गर्दै नजिकिँदै गएको निर्वाचनलाई भाँडन खोजेको आरोप लगाएका छन् । साथै उनीहरुले नजिकिँदै गएको स्थानीयतहको निर्वाचनका लागि शान्ति सुरक्षाको व्यवस्थागर्न प्रशासन समक्षमाग गरेका छन् ।












सम्बन्धित शिर्षक समाचारहरु
  • ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ

    २५ असोज, वीरगञ्ज । वीरगञ्जबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग
    समाज
    385    
  • कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न

    राम विश्वास मुखिया / रौतहटको राजदेवी नगरपालिका वडा न ९ ब्रहम्पुरीमा रहेको माध्यमिक विद्यालय ब्रहम्पुरीमा एक कार्यक्रमका बीच कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा प्राप्त २० ओटा कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विश्व शिक्षाको
    समाज
    30    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2348597 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top