रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 पराेहा नगरपालिकाकाे तेस्रो नगर सभा सम्पन्न      देवाही गोनाही नगरपालिकाको तेश्रो नगरसभा सम्पन्न     युवा निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद समसाद आलमको सक्रियतामा यमुनामाई गाउँपालिकाको तेश्रो गाउँ सभा भव्यता साथ् सम्पन्न     माधव नारायण नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      प्रमुख प्रशासकीय अधिकृत पन्थीको सक्रियताले गरुडा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      गौर नगरपालिकाको बजेट ४५ करोड़, सामाजिक विकासमा बढ़ी जोड़     रौतहटको गौर र गरुडा नगरपालिकाको नगर सभा आज      प्रदेश सांसद शेख फूलबाबुको मनपरी      गैरसरकारी संघ संस्थालाई प्रदेश २ मा आएर काम गर्न मन्त्री ज्ञानेन्द्र यादवको आह्वान     अब्दुल कलाम आजादले राजमार्ग खनेपछि विवाद उत्पन्न     कागजमा काम गर्न नपाए पछि देवाही गोनाहीका उपमेयर आक्रोसित    
बिशेष

बाराका हावाहुरी प्रभावित परिवारलाई पत्रकार पटेलको पहलमा ७० वटा प्रेसर कुकर वितरण



बिशेष   47 पटक पढिएको   रौतहट अनलाईन     

रौतहट/ ०७, जेष्ठ/ बाराको परसौनी गाउँपालिकामा महाविनाशकारी हावाहुरी पीडित परिवारलाई राहत वितरण गरिएको छ । चैत १७ गते आएको महाविनाशकारी हावाहुरीबाट बारा र पर्सा जिल्लामा २९ जनाको मृत्यु भएको थियो भने १४ सय ५३ जनाको घर पूर्णरुपमा क्षति भएको प्रारम्भिक तथ्याङकले बताएको छ ।

बाराका हावाहुरी प्रभावित परिवारलाई पत्रकार पटेलको पहलमा ७० वटा प्रेसर कुकर वितरण

महाविनाशकारी हावाहुरी प्रभावित बाराको परसौनी गाउँपालिकाको वडा नं ४ खुटवा जब्दी टोलका पीडित परिवारमा कुकर वितरण गरिएको छ

गरिब निसहायको दुःख तथा आर्थिक स्थिति धेरै दैनिय रहेकोमा रिपोर्टर्स क्लब नेपाल प्रदेश न. २ का कोषाध्यक्ष एवं मधेश मिडिया प्रा.लि.का अध्यक्ष रौतहट जिल्ला निवासी युवा अभियनता अभिमनु कुमार पटेलको विशेष  पहलमा राहत वितरण गरिएको छ ।


हावाहुरी प्रभावित ७० वटा परिवारलाई प्रतिपरिवारमा एउटा कुकर वितरण गरिएको पत्रकार अभिमनु पटेलले जानकारी दिए । उनले हावाहुरीले घरबारबिहीन बनेका र आफन्त गुमाएकालाई सबैले सहानुभूति र सहयोग गर्नुपर्ने बताए ।


पर्सा जिल्लाका प्रभावशाली अभियनता प्रकाश थारु र राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय सदस्य विवेक कुमार यादव लगायतको टोली राहत वितरणका लागि खुटवा जब्दी पुगेका थिए । राहत लिन आएका हावाहुरी प्रभावितले भने राहत वितरणमा धेरै राजनीति करण भएता पनि यो राहत हामी पीडित परिवालाई प्रत्येक्ष आफनो रोहबरमा वितरण गर्नुभएकोले खुशी लाग्यो ।


सर्लाही प्रवासी सेवा समाज कतार, नेपाल नगरपालिका संघ प्रदेश नं २ का अध्यक्ष तथा परोहा नगरपालिका प्रमुख शेख वकिल, प्रभाकर शाह फिलिपिन्सि, मो.मुस्ताक आलम कतार लगायत अन्य सहयोगीहरुको उपलब्ध समेत रहेको अभियनता पटेलले बताए ।

आफुले कुनै सहयोग कार्यको लागि अभियान सुरु गर्ने बितिकै म माथी बिस्वास गरेर देश बिदेशबाट राहत दिने सहयोग गर्ने सम्पूर्ण महान हृदय प्रति अभार व्यक्त गर्दै एवं  उहाँहरु साधुवादको पात्र हुन पटेलले बताए ।


सोही वडाका वडाअध्यक्ष नन्दु कुमार गुप्ता, बृजकिशोर साह, गण्डक प्रहरी चौकीका प्रमुख लगायत जनसमुदायको उपस्थितिमा  सो राहत वितरण गरिएको अभियनता पटेलले बताए ।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2653192 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top