रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 पराेहा नगरपालिकाकाे तेस्रो नगर सभा सम्पन्न      देवाही गोनाही नगरपालिकाको तेश्रो नगरसभा सम्पन्न     युवा निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद समसाद आलमको सक्रियतामा यमुनामाई गाउँपालिकाको तेश्रो गाउँ सभा भव्यता साथ् सम्पन्न     माधव नारायण नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      प्रमुख प्रशासकीय अधिकृत पन्थीको सक्रियताले गरुडा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      गौर नगरपालिकाको बजेट ४५ करोड़, सामाजिक विकासमा बढ़ी जोड़     रौतहटको गौर र गरुडा नगरपालिकाको नगर सभा आज      प्रदेश सांसद शेख फूलबाबुको मनपरी      गैरसरकारी संघ संस्थालाई प्रदेश २ मा आएर काम गर्न मन्त्री ज्ञानेन्द्र यादवको आह्वान     अब्दुल कलाम आजादले राजमार्ग खनेपछि विवाद उत्पन्न     कागजमा काम गर्न नपाए पछि देवाही गोनाहीका उपमेयर आक्रोसित    
राजनिति

दुई तिहाई सरकारको विकासे लहर नारामा सिमित, भ्रष्टाचारमा दुई कदम अगाडी पूर्वमन्त्री झा



राजनिति   18 पटक पढिएको   रौतहट अनलाईन     

रौतहट/ १६, बैशाख / रौतहट क्षेत्र नम्बर १ का सांसद एवं राष्ट्रिय जनता पार्टीका केन्द्रीय अध्यक्ष मण्डल सदस्य तथा पूर्वमन्त्री अनिल कुमार झाले अधिकारसंग विकास नसाटने कुरा बताउनु भएको छ ।

दुई तिहाई सरकारको विकासे लहर नारामा सिमित, भ्रष्टाचारमा दुई कदम अगाडी पूर्वमन्त्री झा

रौतहट सदरमुकाम गौर स्थित धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठो वार्षिक साधारण सभाको अवसरमा आयोजित विशेष समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै सांसद झाले आफू मधेश र मधेशीको अधिकार प्राप्तिका लागि अभियन्ताको रुपमा काम गरी रहेको जानकारी दिनु भयो ।

मेरो विचारमा जनता अधिकार सम्पन्न भएमा विकास हुन बेर लाग्दैन बोल्दै पूर्व मन्त्री समेत रहेका सांसद झाले विकास भन्दा पनि मधेश र मधेशीका लागि अधिकरा जरुरी रहेको बोल्नु भयो ।

बाटो, पुल, नाला भन्दा पनि ठुलो नागरिकता रहेको सांसद झाले बोल्दै कंचनपुरका सांसद रेश्म चौधरीलाई थनामा राखेर आफूले आफ्नो क्षेत्रमा सहकारी संस्थाले समुदायमा बचत तथा ऋण लगानीको क्षेत्रमा काम गरेर कम पूँजी भएका व्यक्ति तथा परिवारका लागि धेरै ठुलो काम गरिरहेको सांसद झाले बोल्नु भयो ।

धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले थोरै समयमा गरेको प्रगतिको सराहना समेत सांसद झाले गर्नु भयो । सडक र पुल लिने पक्षमा नरहेको स्पष्ट पार्नु भयो । मधेशको स्वभिमान विकाससंग अदलबदल गर्न सक्दैन बोल्दै नेता झाले पहिले धानबाट हाम्रो गाउँ घरमा दही लगायतका खानेकुरा अदली बदली गर्ने चलन थियो ।

तर अहिलेका सरकार मधेशीको स्वभिमान विकाससंग अदली बदली गर्न खोजेको आरोप लगाउनु भयो ।

मधेश र मधेशीको स्वभिमानको बदला हामी विकास लिने पक्षमा नरहेको खुलासा गर्दै प्रदेश सरकार स्वायत भए हामीले चाहेको जस्तो विकास गर्न धेरै समय नलाग्ने बताउनु भयो ।

सांसद झाले आफ्नो क्षेत्रमा अन्य क्षेत्रको तुलनामा कम विकास भएको होइन बोल्दै होर्डिगं बोर्ड लगाउने काम नभएको बोल्नु भयो ।

सहकारी संस्थाका अध्यक्ष मनोज कुमार गिरीको अध्यक्षतामा भएको विशेष समारोहमा प्रदेश सरकारका भौतिक योजना तथा यातायात राज्यमन्त्री डा.डिम्पल झा, गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ता, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य एवं प्रदेश सरकारका सरसफाईदुत रेवन्त झा, जिल्ला समन्वय समिति रौतहटका प्रमुख एवं जिल्ला सहकारी संघका अध्यक्ष रामएकबाल राय यादव, राजपाका केन्द्रीय नेता अनिल कुमार सिंह, राजपाका जिल्ला अध्यक्ष लिला साह, नेपाल पत्रकार महासंघका अध्यक्ष उत्तम कुमार उपाध्याय, पूर्व अध्यक्ष प्रेमचन्द्र झा सहितका वक्ताले साधारण सभाको सफलताका लागि शुभकामना व्यक्त गर्नु भयो ।

कार्यक्रम संचालन पत्रकार अभिमनु कुमार पटेलले गर्नु भएको थियो ।











सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2653302 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top