रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 पराेहा नगरपालिकाकाे तेस्रो नगर सभा सम्पन्न      देवाही गोनाही नगरपालिकाको तेश्रो नगरसभा सम्पन्न     युवा निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद समसाद आलमको सक्रियतामा यमुनामाई गाउँपालिकाको तेश्रो गाउँ सभा भव्यता साथ् सम्पन्न     माधव नारायण नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      प्रमुख प्रशासकीय अधिकृत पन्थीको सक्रियताले गरुडा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      गौर नगरपालिकाको बजेट ४५ करोड़, सामाजिक विकासमा बढ़ी जोड़     रौतहटको गौर र गरुडा नगरपालिकाको नगर सभा आज      प्रदेश सांसद शेख फूलबाबुको मनपरी      गैरसरकारी संघ संस्थालाई प्रदेश २ मा आएर काम गर्न मन्त्री ज्ञानेन्द्र यादवको आह्वान     अब्दुल कलाम आजादले राजमार्ग खनेपछि विवाद उत्पन्न     कागजमा काम गर्न नपाए पछि देवाही गोनाहीका उपमेयर आक्रोसित    
राजनिति

बढ़दो भ्रस्टाचार र अधिनायकबादले देश संकटमा -बरिष्ठ नेता पौडेल



राजनिति   21 पटक पढिएको   रौतहट अनलाईन     

रौतहट/१४, बैशाख / देशमा बढ़दो भ्रस्टाचार र अधिनायकबादले अहिले सबै जनता संक्टको घेरामा रहेको छ । रौतहटको क्षेत्र न. २ राजपुर फरहदवा स्थित श्री जनता माध्यमिक विधालयको प्राङ्गणमा शनिवार आयोजित बृहत आमसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली काँग्रेस पार्टीका

बढ़दो भ्रस्टाचार  र अधिनायकबादले  देश संकटमा  -बरिष्ठ नेता पौडेल

 बरिष्ठ नेता रामचन्द्र पौडेलले देशको आर्थिक, उन्नति, शान्ति, सुरक्षा र सदभावका लागि सधै तराईका जनताले रक्षकको रुपमा एक ढिक्का भईबसेका छन ।


नेपाली कांग्रेसले ल्याएको आफनो विभिन्न ठुला–ठुला योजनाको हालका वर्तमान कम्युनिष्ट सरकारले उद्घाटन गर्न र फोटो खिचाउन बाहेक आफै केही नयाँ योजना ल्याउन नसकेको आरोप लगाएका छन ।

तराईको जनताले आधी भन्दा बढी कृषि क्षेत्रमा काम गरिरहेको छ जहाँ खेतीयोग्य जमिनमा समयमा पानी नपाए पछि बालीनाली नष्ट भइर जान्छ त्यो देशमा ‘प्रधानमन्त्री केपी ओलीले पानीजहाजको कुरो मात्र गर्छन् ।


तर हामी कृषकहरुको लागि पानीको मात्र कुरो गर्छौं, उनले भने, ‘मेलम्चीको पानी काठमाडौंसम्म पुर्याएमा बागमतीमा पानी बढ्ने र उक्त पानीले तराईमा सिचाईंको काममा प्रयोग गर्ने बताए ।


नेपाली काँग्रेस पार्टीले लोकतन्त्र वा २००७ सालमा राणाविरुद्वको जनक्रान्ति आन्दोलनको सुरुआत रौतहटको गौरको छिमेकीमा रहेको भारतीय बजार बैरगनियाको हजारी मिलबाट कांग्रेसकै नेतृत्वमा सुरु भएको थियो ।

मधेशी जनताको हकहितका लागि जहिले पनि काँग्रेसले लडि नै रहेको छ । तराईको बासीसँग देशले भेदभाव गर्यो भनी चुप लागेर यो नबस्ने र मधेससँग काँग्रेस पार्टीको नङ्ग मासुको सम्बन्ध भएकोले अलग हुनै नसक्ने दावी गरेका छन ।


कम्युनिष्टहरुले समृद्धी र विकासको झुठा नारा दिएर जनतालाई ठगेको मात्र होइन अहिले सरकारमा लुटतन्त्र मचाइरहेको पनि बताए ।

नेपाली कांग्रेसका बरिष्ठ नेता पौडेलले भ्रष्टाचारी कम्युनिष्टहरुको सरकारले अब बढी समय सम्म जनताको बिचमा टिक्कन सक्दैन । मधेशमा जतिसुकै विकास कार्य काँग्रेस पार्टीकैले नै सुरु गरेका हुन । हुलार्की राजमार्ग हाम्रो सरकारको पालामा ल्याएको विकास हो तर ठेकेदारको लापरवाहीले तोकेको अवधी भित्र हुन नसेको बताए ।


यो कम्युनिष्ट सरकारले विकासको कुरा सुखी नेपाली, समृद्ध नेपाल भन्ने नारामा मात्र सिमित रहेको छ । काण्डैकाण्डमा मुछिएका सरकारले जनताकालाई ठग्ने काम मात्र गरिरहेको आरोप लगाए ।

अरबौं भ्रष्टाचार काण्ड, ३३ किलो सुनकाण्ड, बालुवाटारको जग्गा काण्ड, बाइडबडी काण्ड हुँदाहुँदै अहिले खुलामञ्च टुुँडीखेल बेच्नेमा सरकार लागि रहेको बरिष्ठ नेता पौडेलले बताए ।


बिपी कोइराला, गणेशमान, गिरिजाबाबु, मनमोहन सिंहजस्ता देशका नेताहरुले भाषण गरेको ठाँउ खुलामञ्चलाई बेच्ने खेलमा सरकार लागिरहेको उनले बताए । हत्या हिंसाबाट सतामा आउने कम्युनिष्टहरु संसारबाट हराइरहेका बेला नेपालमा दुइतिहाईको सरकार हुनुु देशको लागि दुर्भाग्य रहेको उनको भनाई रहेको छ ।

देशमा सधै हत्याहिंसा, बलात्कार, अपहरण जस्ता कृयाकलाप भईहरको छ तर शान्ति, सुरक्षा दिन नसकेको यो सरकारसँग अब के आशा गर्छन यहाँका नागरिक । कम्युनिष्टको सरकारले आफनो नेता र कार्यकर्ता पाल्ने बाहेक देशको भलोको निम्त्य कहिले सोचेकै छैन भनी नेता पौडेले आरोप लगाए ।


देशको तिन मुख्य राष्ट्रपति, प्रधानमन्त्री र सभामुख मध्ये मधेशी जनताले एउटा पद जसरी भए पाउनुपर्छ भनी बृहत आमसभामा बिशिष्ट अतिथि नेपाली काँग्रेस पार्टीका महामन्त्री डा.शशांक कोईरालाले माग गरेका छन ।


महिलाहरुलाई देशको मुल धारामा ३३ प्रतिशत अधिकारले हुदैन आउने दिनमा ५० प्रतिशट दिनुपर्छ । मधेशको नागरिकसँग वर्तमान सरकारले शौतेला व्यवहार गरिरहेको देखिन्छ तर काँग्रेसले सदन र सडक दुबै ठाउँमा मधेशी माग प्रति लडन तयार रहेको डा.कोईरालाले बताए ।

पार्टीका बिचार, ईतिहास र कार्यकर्ताहरु पुरै सक्षम छन तर नेपाली काँग्रेसले आफनो आन्तरिक कल्हलाई स्वाहा गरि जनताको हितमा लाग्यो भने आउदो दिनमा हामी नै बलियो हुने बताए ।


मधेशीको जनताको मान, सम्मान र स्वाभिमान जहिले पनि नेपाली काँग्रेस पार्टीले नै गरेको सांसद मो.अफताब आलमले बताएका हुन । चुनाव भन्दा अगाडी देशको मुहार फेर्ने नारा लगाउने कम्युनिष्ट पार्टीले न देशको न जनताको अहिले केही आफनो नेता र कार्यकर्ताको दिन फेरेको मात्र फेरेको छ । युवाहरुले स्वदेशमै रोजगारीको लागि धौउ धौउ गर्दै तिनीहरुको बुढेसे काल हुन लाग्यो तर न युवा रोजगार पाय न किसानहरुले केही सुविधा अब कस्तो विकास एजेण्डाको नारा लगाउ छन राणा भन्दा ठूला दुई तिहाईको सरकार भनी आलमले आरोप लगाए ।


मधेशी जनतको बिचमा आएर सत्रु पार्टी भन्ने कम्युनिष्टलाई आफनो मत नदिनु मधेशका नेताहरु अहिले त्यही सरकारमा बसेर सबै मधेशको मुदालाई बेचेका मो. आलमले बताएका छन ।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2653184 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top