रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 पराेहा नगरपालिकाकाे तेस्रो नगर सभा सम्पन्न      देवाही गोनाही नगरपालिकाको तेश्रो नगरसभा सम्पन्न     युवा निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद समसाद आलमको सक्रियतामा यमुनामाई गाउँपालिकाको तेश्रो गाउँ सभा भव्यता साथ् सम्पन्न     माधव नारायण नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      प्रमुख प्रशासकीय अधिकृत पन्थीको सक्रियताले गरुडा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      गौर नगरपालिकाको बजेट ४५ करोड़, सामाजिक विकासमा बढ़ी जोड़     रौतहटको गौर र गरुडा नगरपालिकाको नगर सभा आज      प्रदेश सांसद शेख फूलबाबुको मनपरी      गैरसरकारी संघ संस्थालाई प्रदेश २ मा आएर काम गर्न मन्त्री ज्ञानेन्द्र यादवको आह्वान     अब्दुल कलाम आजादले राजमार्ग खनेपछि विवाद उत्पन्न     कागजमा काम गर्न नपाए पछि देवाही गोनाहीका उपमेयर आक्रोसित    
अर्थ

गरुडा नगरपालिकाबाट बजार अनुगमन कार्य तिव्र



अर्थ   37 पटक पढिएको   रौतहट अनलाईन     

रौतहट, १७ चैत । उपभोक्ता संरक्षण ऐन अनुसार गरुडा नगरपालिकाले आफनो मातहतमा रहेका निजी अस्पतालहरुमा अनुगमन कार्यलाई तिव्रता दिएका छन् ।

गरुडा नगरपालिकाबाट बजार अनुगमन कार्य तिव्र



स्थानीय बासिन्दाहरु विरामी परेर निजी अस्पताल, पोली क्लिनिकमा गएर नक्कली चिकित्सकहरुबाट ठगिने कार्य धमाधम भईरहेको जनगुनासो नपामा आएपछि प्रमुख प्रशासकीय अधिकृत टेकराज पंथीको नेतृत्वमा शिवरनगर स्थित ओम हेल्थ हस्पिटल प्राली, अकुपंचर अस्पतालमा छापा मार्दा विना इजाजत उक्त अस्पतालहरु संचालनमा रहेको नगरपालिकाद्धारा जारी गरिएको पत्रमा उल्लेख गरिएका हुन् ।

गरुडा नगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई पठाएको पत्रमा अस्पताल, पोलिक्लिनिकहरु, फार्मेशीहरुमा अनुगमन गर्दा निजी अस्पताल संचालन गर्न अनुमती नलिएको, तोकिएको डाक्टर नभएको, पोलिक्लीनिकको रुपमा तिन बेडको १ बर्षको परिक्षणकाल स्वकृति लिएका भएपनि म्याद सकिएपछि पुन ः स्वीकृति नलिई १५ बेडको अस्पताल संचालन गरेको पाइयो ।


अकुपंचरको लागि ५ बेडको स्वीकृति लिएर २५ बेडको संचालन गरेको तर फार्मेशी तालिम नलिई फार्मेशी संचालन गरेको, फार्मेशीको अन्तै ठेगाना रहदा उक्त अकुपंचरमा संचालन भएको हुँदा सबै कागज पत्र लिएर १५ दिन भित्र नगरपालिकामा उपस्थित हुन संचालकलाई पत्र पठाइएको र सो अनुसार कार्य नगरिएमा नगरपालिकाबाट गैरकानुनी ठहर गर्दै उक्त निजी अस्पतालहरुलाई बन्द गर्ने चेतावनी दिएको जानकारी दिदै प्रमुख प्रशासकीय अधिकृत पंथीले सोको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिइसकेको उनले स्पष्ट पारे ।


यस्तै ओम हेल्थ हस्पीटल प्रालीको नामबाट संचालनमा रहेका अस्पतालको स्वास्थ्य मन्त्रालय वा स्वास्थ्य विभागको नियमनकारी निकायबाट स्वीकृति नलिएको हुँदा बन्द गराइएको जानकारी दिदै प्रमुख प्रशासकीय अधिकृत पंथीले हावादारी ढंगबाट धमाधम यस नगरक्षेत्रको शिवनगर, गरुडा लगायतको विभिन्न स्थानमा संचालनमा आएको निजी अस्पताल वा पोलिक्लीनिकलाई नगरपालिका अन्तर्गतकोे स्वास्थ्य संग सम्बन्धित निकायको यथाशिघ्र अनुगमनको व्यवस्थापन गराउन मन्त्रालय संग लिखित रुपमा माग गरे ।


उपभोक्ता संरक्षण ऐन अन्तर्गत निजी रुपमा संचालनमा रहेका अस्पतालहरु, बजारमा म्याद गुज्रिएका गुणस्तरहिन पेय पदार्थहरु, कमसल खाद्यान्न सामग्रीहरु लगायत आम उपभोक्ताहरुको मावन स्वास्थ्य संग सरोकार राख्नेहरुको नियमित रुपमा नगरपालिकाबाट अनुगमन गर्ने कार्य प्रारम्भ गरिएको हुँदा यस कार्यलाई निर्वाचित जनप्रतिनिधिहरुका साथै उद्योगी व्यवसायी एवं नागरिक समाजका आगुवाहरुको सहयोग आवश्यक रहेको बताए ।


दुई दिन अघि गरुडा बजार स्थित डाबरको रियल र व्रष्ट जुसहरु ठूलो परिमाणमा म्याद गुज्रिएका नियन्त्रणमा लिई नष्ट गर्दा व्यापारीहरुमा पनि राम्रो सामानहरु विक्री वितरण नगरेमा कारवाही हुने र उपभोक्ताहरु ठगिनबाट जोगिने समेत उनले विश्वास व्यक्त गरे ।रमुख प्रशासकीय अधिकृत पंथीको यस्ता जान भावना अनुसार को कार्यले स्थानियले स्थानिय सरकार को अनुभूति गर्न पाएका प्रतिक्रिया दिएका छन् ।









सम्बन्धित शिर्षक समाचारहरु

हुवावेको अपरेटिङ्ग सिस्टम एन्ड्रोइडभन्दा ६० प्रतिशत धेरै तेज

हुवावेको संकट झनै बढ्यो, स्मार्टफोनमा मेमोरी कार्ड हाल्न नपाउने

अमेरिकाले हुवावेलाई कमजोर ठान्यो - हुवावे संस्थापक तथा सीईओ रेन जेङ्फी

हुवावेमा गुगल एप्स नचल्ने

गरुडा नगरपालिकाबाट बजार अनुगमन कार्य तिव्र

गरुडाको कोल्ड स्टोरमा प्रमुख प्रशासकीय अधिकृत पन्थीको छापा ,भारि मात्रामा अखाध्य पेय पदार्थ बरामद

सशस्त्र प्रहरी निरीक्षक खनाल द्वारा साढ़े १४ लाखको सामान पक्राउ

बैंकको ब्याज नघटे १५ दिनभित्र आन्दोलनमा उत्रिने नेपाल उद्योग वाणिज्य महासंघको चेतावनी

हिउँदे वर्षाले रौतहटमा ५० करोड रुपैयाँको इँटा नष्ट-अध्यक्ष साह



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2653182 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top