रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 पराेहा नगरपालिकाकाे तेस्रो नगर सभा सम्पन्न      देवाही गोनाही नगरपालिकाको तेश्रो नगरसभा सम्पन्न     युवा निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद समसाद आलमको सक्रियतामा यमुनामाई गाउँपालिकाको तेश्रो गाउँ सभा भव्यता साथ् सम्पन्न     माधव नारायण नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      प्रमुख प्रशासकीय अधिकृत पन्थीको सक्रियताले गरुडा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      गौर नगरपालिकाको बजेट ४५ करोड़, सामाजिक विकासमा बढ़ी जोड़     रौतहटको गौर र गरुडा नगरपालिकाको नगर सभा आज      प्रदेश सांसद शेख फूलबाबुको मनपरी      गैरसरकारी संघ संस्थालाई प्रदेश २ मा आएर काम गर्न मन्त्री ज्ञानेन्द्र यादवको आह्वान     अब्दुल कलाम आजादले राजमार्ग खनेपछि विवाद उत्पन्न     कागजमा काम गर्न नपाए पछि देवाही गोनाहीका उपमेयर आक्रोसित    
अर्थ

गरुडाको कोल्ड स्टोरमा प्रमुख प्रशासकीय अधिकृत पन्थीको छापा ,भारि मात्रामा अखाध्य पेय पदार्थ बरामद



अर्थ   23 पटक पढिएको   रौतहट अनलाईन     

गरुडा /१३ ,चैत्र / अखाद्य पेय पदार्थ विक्री वितरण गरिरहेको अवस्थामा गरुडा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सहितको टोलीले गरुडा बजारमा रहेको एउटा कोल्ड स्टोरमा छापा मारेर ठूलो परिमाणमा म्याद सकिएको पेय पदार्थहरु बरामद गरेका छन् ।

गरुडाको कोल्ड स्टोरमा प्रमुख प्रशासकीय अधिकृत पन्थीको छापा ,भारि मात्रामा अखाध्य पेय पदार्थ बरामद

अखाद्य पेय पदार्थ विक्री वितरण भईरहेको खवर प्राप्त भएपछि प्रमुख प्रशासकीय अधिकृत टेकराज पंथी, उद्योग वाणिज्य संघका प्रतिनिधि र प्रहरी सहितको टोलीले गरुडा बजार स्थित सन्तोष कोल्ड स्टोर्समा छापा मार्दा डाबर नेपालद्धारा उत्पादित रियल, ब्रष्टको करिव २ सय कार्टुन म्याद सकिएको पेय पदार्थ बरामद गरिएका हुन् ।

डावर नेपालको अधिकृत विक्रेता सन्तोष कोल्ड स्टोर्समा छापा मार्दा ४ महिना देखि लिएर ९ महिना म्याद गुज्रिएको अखाद्य पेय पदार्थ रियल, व्रष्टको २०० एमएल देखि लिएर १ लिटर सम्मको जुसहरु ठूलो परिमाणमा बरामद गरिएको गरुडा नगरपालिकाले जनाएको छ ।

गरुडा नगरपालिकामा मंगलवार रौतहट क्षेत्र नम्वर १ का साँसद अनिलकुमार झा सहितका पाहुनाहरुको स्वागतका लागि मगाइएको डावरको रियल जुसहरु म्याद गुज्रिएको भेटिएको र स्थानीयहरुको गुनासो आईरहदा बुधवार उक्त कोल्ड स्टोर्समा छापा मारेर ठूलो परिमाणको अखाद्य पेय पदार्थ बरामद गर्न सफल भएको गरुडा नगरपालिकाको प्रमुख प्रशाकीय अधिकृत पंथीले जानकारी दिए ।

उपभोक्ता संरक्षण ऐन २०७५ र अपराध संहिता २०७५ अन्तर्गत स्थानीय तहबाट बजार अनुगमन गर्ने क्रममा हेर्दा उक्त पेय पदार्थको म्याद गुज्रिएको भेटाएको बताउदै यसको पूर्ण दोषि डावर कम्पनी रहेको बताए । विक्रेताले समयमा क्लेम नगर्नु र कम्पनीले यस्ता पेय पदार्थ बजारमा पठाउने कार्य एकदमै गैरकानुनी भएको स्पष्ट पार्दै स्थानीय बासिन्दा, उद्योग वाणिज्य संघ र राजनितिक दलको आग्रहमा पहिलो पटक विक्रेतालाई चेतावनी दिएर छाडेको बताए ।

यदी पुन यस्ता पेय पदार्थ विक्री वितरण भएको पाइएमा कानुन बमोजिम कारवाही गरिने र बरामद गरिएको ठूलो परिमाणको रियल र व्रष्ट पेय पदार्थलाई गरुडा नगरपालिकाको नगर प्रमुख  इन्दुराय यादव, नगर उप प्रमुख रंगीला देवी जयसवाल, उद्योग वाणिज्य संघ गरुडाका अध्यक्ष हरेन्द्र जयसवाल सहित स्थानीय बासिन्दाहरुको रोहवरमा नष्ट गरियो ।










सम्बन्धित शिर्षक समाचारहरु

हुवावेको अपरेटिङ्ग सिस्टम एन्ड्रोइडभन्दा ६० प्रतिशत धेरै तेज

हुवावेको संकट झनै बढ्यो, स्मार्टफोनमा मेमोरी कार्ड हाल्न नपाउने

अमेरिकाले हुवावेलाई कमजोर ठान्यो - हुवावे संस्थापक तथा सीईओ रेन जेङ्फी

हुवावेमा गुगल एप्स नचल्ने

गरुडा नगरपालिकाबाट बजार अनुगमन कार्य तिव्र

गरुडाको कोल्ड स्टोरमा प्रमुख प्रशासकीय अधिकृत पन्थीको छापा ,भारि मात्रामा अखाध्य पेय पदार्थ बरामद

सशस्त्र प्रहरी निरीक्षक खनाल द्वारा साढ़े १४ लाखको सामान पक्राउ

बैंकको ब्याज नघटे १५ दिनभित्र आन्दोलनमा उत्रिने नेपाल उद्योग वाणिज्य महासंघको चेतावनी

हिउँदे वर्षाले रौतहटमा ५० करोड रुपैयाँको इँटा नष्ट-अध्यक्ष साह



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2653273 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top