रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 पराेहा नगरपालिकाकाे तेस्रो नगर सभा सम्पन्न      देवाही गोनाही नगरपालिकाको तेश्रो नगरसभा सम्पन्न     युवा निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद समसाद आलमको सक्रियतामा यमुनामाई गाउँपालिकाको तेश्रो गाउँ सभा भव्यता साथ् सम्पन्न     माधव नारायण नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      प्रमुख प्रशासकीय अधिकृत पन्थीको सक्रियताले गरुडा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      गौर नगरपालिकाको बजेट ४५ करोड़, सामाजिक विकासमा बढ़ी जोड़     रौतहटको गौर र गरुडा नगरपालिकाको नगर सभा आज      प्रदेश सांसद शेख फूलबाबुको मनपरी      गैरसरकारी संघ संस्थालाई प्रदेश २ मा आएर काम गर्न मन्त्री ज्ञानेन्द्र यादवको आह्वान     अब्दुल कलाम आजादले राजमार्ग खनेपछि विवाद उत्पन्न     कागजमा काम गर्न नपाए पछि देवाही गोनाहीका उपमेयर आक्रोसित    
समाज

कटहरिया नगरपालिकाको दोस्रो नगर सभा भब्यता एबम हर्षो उल्लासका साथ समपन्न



समाज   1 पटक पढिएको   रौतहट अनलाईन     

रौतहट/ ०१, चैत/ नपाल कम्युनिष्ट पार्टी प्रदेश नम्वर २ का अध्यक्ष तथा प्रतिनिधि सभा साँसद एबम बिकास पुरुष भनेर चर्चित व्यक्तित्व माननीय प्रभु साहले विकास निर्माणको कार्यमा एकमतका साथ अघि बढेमा मात्रै बिकास संभव रहेको बताउनु भएको छ ।

कटहरिया नगरपालिकाको दोस्रो नगर सभा भब्यता एबम हर्षो उल्लासका साथ समपन्न

रौतहटको कटहरिया नगरपालिकाको दोश्रो नगर सभाको  उदघाटन सत्र मा प्रमुख अतिथि को आसन बात बोल्दै नेता साहले सो  कुरा बताउनु भएको हो ।  अघि बढ्न सुझाव दिए ।

कटहरिया बजार जिल्लाकै पुरानो एवं व्यापारिक केन्द्रको रुपमा रहेको छ, यहाँ समुचित रुपमा बाटोघाटो, स्वास्थ्य शिक्षा, स्वच्छ खानेपानीको पुर्वाधारहरु खडा गरेपछि मात्रै नगरभित्रका जनताहरु स्थानिय सरकार  भएको महसुस गर्दै विकास निर्माण तिर एकताबद्ध भएर लाग्ने बताए ।

किसानहरुको उर्वर भुमिको रुपमा रहेका कटहरिया क्षेत्रमा आधुनिक कृषिको व्यवस्थापन, किसानलाई बाह्रै महिना सिंचाईको लागि सोलार पम्प, लघु वित्तिय कारोवारको समुचित व्यवस्थापनको साथै शिक्षालाई सुधार गर्न विद्यालय नजाने शिक्षकलाई यथोचित कारवाही गर्न पालिकाले ठोस कानुन बनाएमा मात्रै नगरको मुहार फेरिने बताए ।

प्रदेश साँसदद् कुन्दन कुश्वाहाले निर्धारित समय भन्दा निकै ढिलो भएको नगरपरिषदबाट विकास निर्माणको ढोका खुलेको भएपनि नगरको हितमा ध्यान दिएर सहमतीमा विकासको कार्यक्रमहरु अघि बढाउन सुझाव दिए । विकास विरोधी तत्वहरुका कारण ढिलो भएको नगरपरिषदले अगामी दिनमा विकासको गति पाउन भने शुभकामना दिए ।

कटहरिया नगरपालिकाको नगर प्रमुख  सियाराम कुश्वाहाले विपक्षीहरुको विभिन्न षड्यन्त्रका कारण आफू कारागार जानु परेको जिकिर गर्दै कारागार जानु अघि विकासको लहर चलेको कटहरियामा पछिल्लो समयमा चरम भ्रष्टाचार, आर्थिक अनियमितताका कारण अहिले विपक्षीहरु नगरपरिषद गर्न नदिने मनस्थितिमा रहेको हुँदा पनि दुई तिहाई बहुमतबाट नगरपरिषद सम्पन्न गराउन पाउदा नगरपालिका सदस्यहरुलाई धन्यवाद दिए ।

गत असार १० गते भित्र चालु आर्थिक बर्ष २०७५÷०७६ को योजना तथा कार्य निति प्रस्तुत भई विकास निर्माणको योजनाहरु अघि बढाउनु पर्ने भएपनि आफू कारागार जाँदा सवै कार्यहरु प्रभावित भएको स्वीकार गरे । ढिलो भएपनि नगरको विकासका लागि सवै संग हातेमालो गरेर अघि बढ्ने उनले स्पष्ट पारे । चालु आर्थिक बर्षमा विभिन्न शिर्षकमा गरी ४० करोड ६५ लाख १०३८ रुपैया बराबरको बजेट नगर सभाले ल्याएको छ  ।









सम्बन्धित शिर्षक समाचारहरु

पराेहा नगरपालिकाकाे तेस्रो नगर सभा सम्पन्न

देवाही गोनाही नगरपालिकाको तेश्रो नगरसभा सम्पन्न

युवा निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद समसाद आलमको सक्रियतामा यमुनामाई गाउँपालिकाको तेश्रो गाउँ सभा भव्यता साथ् सम्पन्न

माधव नारायण नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न

प्रमुख प्रशासकीय अधिकृत पन्थीको सक्रियताले गरुडा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न

गौर नगरपालिकाको बजेट ४५ करोड़, सामाजिक विकासमा बढ़ी जोड़

रौतहटको गौर र गरुडा नगरपालिकाको नगर सभा आज

प्रदेश सांसद शेख फूलबाबुको मनपरी

गैरसरकारी संघ संस्थालाई प्रदेश २ मा आएर काम गर्न मन्त्री ज्ञानेन्द्र यादवको आह्वान



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2653217 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top