रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 भ्रस्टाचार गर्न नपाए पछि प्रमुख प्रशासकीय अधिकृत पन्थी बिरुद्ध नगर प्रमुखका आसेपासे खनिए     नगर प्रमुख धर्मेन्द्र पटेलको पहलमा सडक डिभिजनले धरहरी देवाही सडक तत्काल मरम्मत गर्ने     रौतहटको कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न     बन्शिराम अनाथालय गरुडालाइ फतुवा विजयपुर नगरपालिकाको २ लाख सहयोग     रौतहटको गरुडा नगरपालिकामा करारको खरिदारद्वारा गाडी सुबिधा मांग     निजी विद्यालय प्रति आकर्षण कम गराउन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन     जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड     भरतपुर महानगरको चौथो नगर सभा सम्पन्न      सुखिपुर नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      रौतहटको राजपुर नगरपालिकाको तेस्रो नगर सभा बाट ४२ करोड ९९ लाखको बजेट प्रस्तुत      गढ़िमाइ नगरपालिकाको तेस्रो नगर सभा भव्यताका साथ् सम्पन्न    
राजनिति

प्रधानमन्त्री ओलीलाई रौतहटमा ‘ग्रान्ड’ स्वागत



राजनिति   17 पटक पढिएको   रौतहट अनलाईन     

रौतहट/ २५,फाल्गुन / प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटको गरुडाबासीले ‘ग्रयाण्ड’ स्वागत गरेका छन्। प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्न रौतहट आएका प्रधानमन्त्री ओलीलाई बिभिन्न जिल्लाका गाउँ गाउँबाट झाँकीसहित र्‍याली गर्दै हजारौं जनताहरू कार्यक्रमस्थल पुगेका थिए।

प्रधानमन्त्री ओलीलाई रौतहटमा ‘ग्रान्ड’ स्वागत

प्रदेश २ का ८ जिल्लाका नेता तथा कार्यकर्ता पुगेको सो कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटै मन्चबाट पार्टी एकता केही दिनमै तल्लो तहमा आइपुग्ने बताएका छन्। रौतहटको गरुडामा आयोजित प्रदेश २ को प्रदेशस्तरीय भेलालाई सम्बोधन गदै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले अब पार्टी एकतामा कसैले पनि शंका नगर्न आग्रह गरेका छन्।

देशलाई समृद्ध बनाउने काम नेकपाको मात्रै भएकोले यो एकता अटुट रहने हुनाले ढुक्क भए स्थानीय तहहरूमा विकाशको लहर ल्याउने काममा सघाउन प्रधानमन्त्री ओलीले आग्रह गरेका छन्।

देशलाई समृद्ध बनाउनको लागि ४६ वर्ष अगाडि रौतहटबाट नै आन्दोलनको क्रममा गिरफतार भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले देशमा आमुल परिर्वतन गर्न रौतहटको भूमिको अतुलनीय योगदान रहेको बताए। अब मधेसको विकास नेकपाले मात्र गर्न सक्ने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘तराइ मधेस विशेष कार्यक्रमअन्तर्गत ३५२ करोड रुपैयाँ यो सरकारले विनियोजन गरेको र हुलाकी सडक पनि नेकपा कै परिकल्पना भएकोले यो सडक अर्को चुनाब आउनुभन्दा पहिले नै निमार्ण कार्य पूरा हुन्छ।’

प्रधानमन्त्री ओलीले थपे, ‘अब यो सरकार देश विकासमा लागि पर्ने छ। जसअनुसार मधेसका सदरमुकामसँग जोडिने हरेक राजमार्ग ४ लेनको बन्छ। त्यसैगरी पूर्व-पश्चिम महेन्द्र राजमार्ग पनि ४ लेनको बनाउने सरकारले लक्ष्य बोकेर हिडेको छ।'राजपालाई इंगित गदै प्रधानमन्त्री ओली भन्छन्, 'एक पटकलाई जनतालाइ झुक्काएरले मत पायौँ भन्दैमा ठूलो कुरा नगरे हुन्छ।

अबको निर्वाचनमा यो प्रदेश २ मा पनि नेकपाको बहुमतको सरकार बन्छ।’ स्वतन्त्र मधेसको नारा लगाउदै हिडने सिके राउतसमेत देशको संविधान अनुरूप आएको बताउँदै प्रधानमन्त्री ओलीले भने ‘अब सबै मिलेर २१ औँ सताब्दीको देश बनाउन एकजुट भएर हिडनु पर्छ।’ प्रदेश २ को सरकारले बेटी बचाऊ ,बेटी पढाऔ भन्ने नाराको प्रशंसा गर्दै ओली भन्छन्, ‘यस्ता समाज सम्वृद्ध बनाउने अभियानहरू ल्याउनेलाई सरकारले सक्दो सहयोग गर्छ।’










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: [email protected]

2692728 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top