रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 भ्रस्टाचार गर्न नपाए पछि प्रमुख प्रशासकीय अधिकृत पन्थी बिरुद्ध नगर प्रमुखका आसेपासे खनिए     नगर प्रमुख धर्मेन्द्र पटेलको पहलमा सडक डिभिजनले धरहरी देवाही सडक तत्काल मरम्मत गर्ने     रौतहटको कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न     बन्शिराम अनाथालय गरुडालाइ फतुवा विजयपुर नगरपालिकाको २ लाख सहयोग     रौतहटको गरुडा नगरपालिकामा करारको खरिदारद्वारा गाडी सुबिधा मांग     निजी विद्यालय प्रति आकर्षण कम गराउन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन     जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड     भरतपुर महानगरको चौथो नगर सभा सम्पन्न      सुखिपुर नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      रौतहटको राजपुर नगरपालिकाको तेस्रो नगर सभा बाट ४२ करोड ९९ लाखको बजेट प्रस्तुत      गढ़िमाइ नगरपालिकाको तेस्रो नगर सभा भव्यताका साथ् सम्पन्न    
राजनिति

‘कमिसन र घुस राेक्न पारदर्शी नमूना कार्यालय बनाउँदैछाैं’ : मन्त्री अर्याल



राजनिति   7 पटक पढिएको   रौतहट अनलाईन     

काठमाडौं/ १०, फागुन/ भूमि व्यवस्था, गरीबी निवारण र सहकारीमन्त्री पद्माकुमारी अर्यालले अबको महीनाभित्र काठमाडौँ उपत्यकाका मालपोत र नापी कार्यालयलाई प्रविधिको हिसाबले नमूनायुक्त कार्यालय बनाउने घोषणा गरेकी छन् ।

‘कमिसन र घुस राेक्न पारदर्शी नमूना कार्यालय बनाउँदैछाैं’ : मन्त्री अर्याल

रिपोर्टर्स क्लब नेपालद्वारा आज आयोजित साक्षत्कारमा उनले असार मसान्तभित्र काठमाडाैं उपत्यकाका सबै र अबको डेढवर्षभित्र मुलुकका १३१ वटै मालपोत कार्यालयलाई प्रविधिमैत्री बनाउने दृढता व्यक्त गरिन् । उनले भनिन्, ‘मालपोत र नापीमा देखिँदै आएको विकृति र विसङ्गति सुधार्ने भनेको प्रणालीका आधारमा हो, त्यसका लागि सेवालाई प्रविधिसँग जोडेर लैजान र ती कार्यालयलाई सुधार्न प्रयत्न भइरहेको छ, अब पुराना फाइल बोक्ने होइन, पेनड्राइभका आधारमा सेवा प्रदान हुनेछ ।’

अहिले नापी र मालपोतमा सानोदेखि ठूलासम्म जुन कारवाही भइरहेको छ, त्यो सुशासन स्थापित गर्ने सन्दर्भमा भएको बताउँदै मन्त्री अर्यालले सार्वजनिक जग्गा अतिक्रमण गर्न खोज्ने जो कोहीलाई पनि सरकारले कानूनी कारवाहीको दायरामा ल्याएरै छाड्ने अठोट व्यक्त गरिन् ।

भूमिको सही उपयोग गरी उत्पादन बढाउने र गरीबी घटाउने योजनाका साथ सरकारले निकट भविष्यमै ऐन पारित गरेर कार्यान्वयनमा जोड दिने जानकारी दिँदै मन्त्री अर्यालले यसले किसानलाई प्रोत्साहन गर्ने तथा गुठीको संरक्षणलाई प्राथमिकता दिने बताइन् ।

मुक्तकमैया र हलियाका समस्या यसै आर्थिक वर्षभित्र सम्बोधन गर्न तथा गरीब घरपरिवारको पहिचान गरी प्रमाणपत्र उपलब्ध गराउने सरकारको प्राथमिकता रहेको उनले बताइन् ।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: [email protected]

2692661 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top