रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 भ्रस्टाचार गर्न नपाए पछि प्रमुख प्रशासकीय अधिकृत पन्थी बिरुद्ध नगर प्रमुखका आसेपासे खनिए     नगर प्रमुख धर्मेन्द्र पटेलको पहलमा सडक डिभिजनले धरहरी देवाही सडक तत्काल मरम्मत गर्ने     रौतहटको कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न     बन्शिराम अनाथालय गरुडालाइ फतुवा विजयपुर नगरपालिकाको २ लाख सहयोग     रौतहटको गरुडा नगरपालिकामा करारको खरिदारद्वारा गाडी सुबिधा मांग     निजी विद्यालय प्रति आकर्षण कम गराउन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन     जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड     भरतपुर महानगरको चौथो नगर सभा सम्पन्न      सुखिपुर नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      रौतहटको राजपुर नगरपालिकाको तेस्रो नगर सभा बाट ४२ करोड ९९ लाखको बजेट प्रस्तुत      गढ़िमाइ नगरपालिकाको तेस्रो नगर सभा भव्यताका साथ् सम्पन्न    
अर्थ

सशस्त्र प्रहरी निरीक्षक खनाल द्वारा साढ़े १४ लाखको सामान पक्राउ



अर्थ   8 पटक पढिएको   रौतहट अनलाईन     

रौतहट /०७, फाल्गुन / रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नंबर ८ लक्ष्मीपुर बेलविच्छबामा रहेको सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पशुपति खनालले साढ़े १४ लाख मूल्य बरावरको सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी निरीक्षक खनाल द्वारा साढ़े १४ लाखको सामान पक्राउ


 सिमापारी भारतीय बजारबाट अबैध रुपमा लक्ष्मिपुर वेलविछवा नाका भएर नेपाल प्रवेश गराएका  उक्त मूल्य बरावरको सामान पक्राउ गरेको हो ।  भारतबाट राजश्व छली गारी ल्याउदै गरेको सुराकीको आधारमा खटि गएको सशस्त्र प्रहरीका टोलीले एउटा ट्रैक्टर , एक थान मोटर साइकल , कपडा लत्ता .पलास्टिकको कुर्सी लगायतका सामान पक्राउ गरेको सशस्त्र प्रहरी निरीक्षक खनालले जानकारी गराएका छन ।


खुल्ला सिमाना भएकोले विभिन्न किसिमका तस्करी हुने आशंका रहेकोले निगरानी कड़ा गरिएको उहाले बताएका छन ।  भारतबाट नेपालमा भित्रयाउदै गरेको २ लाख २५ हजार २ सय मूल्य बरावरको का‘स्मेटिक सामान , टेन्टको कपड़ा ,त्रिपाल , कुर्सी रहेका छन ।

नेपालबाट भारत तर्फ लैजाँदै गरेको अवस्थामा न्यू होलैण्ड कम्पनीको इन्जिन नम्बर आर०६०६०९के को ट्रैक्टर र १५० सीसी भएको पल्सर मोटरसाइकल १२ लाख २७ हजार मूल्य बरावरको सामान रहेको छ । १४ लाख ५२ हजार २ सय मूल्य बरावरको पक्राउ परेको सामान कार्यवाहिको लागि जिल्ला भन्सार कार्यालयमा बुझाइएको इंस्पेक्टर खनालले बताएको छ ।


 अबैध कारोवार संचालन गर्ने व्यापारीको ढाँड भाँच्चिएको बताउदै इंस्पेक्टर खनालले अबैध व्यापार गर्न पल्केका व्यापारीहरु यहाँबाट पलायन हुने विश्वास व्यक्त गरे । अबैध कार्यलाई नियन्त्रण गर्नमा स्थानीय बासिन्दाहरुको सहयोगको अपेक्षा समेत उनले गरे ।









सम्बन्धित शिर्षक समाचारहरु

हुवावेको अपरेटिङ्ग सिस्टम एन्ड्रोइडभन्दा ६० प्रतिशत धेरै तेज

हुवावेको संकट झनै बढ्यो, स्मार्टफोनमा मेमोरी कार्ड हाल्न नपाउने

अमेरिकाले हुवावेलाई कमजोर ठान्यो - हुवावे संस्थापक तथा सीईओ रेन जेङ्फी

हुवावेमा गुगल एप्स नचल्ने

गरुडा नगरपालिकाबाट बजार अनुगमन कार्य तिव्र

गरुडाको कोल्ड स्टोरमा प्रमुख प्रशासकीय अधिकृत पन्थीको छापा ,भारि मात्रामा अखाध्य पेय पदार्थ बरामद

सशस्त्र प्रहरी निरीक्षक खनाल द्वारा साढ़े १४ लाखको सामान पक्राउ

बैंकको ब्याज नघटे १५ दिनभित्र आन्दोलनमा उत्रिने नेपाल उद्योग वाणिज्य महासंघको चेतावनी

हिउँदे वर्षाले रौतहटमा ५० करोड रुपैयाँको इँटा नष्ट-अध्यक्ष साह



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: [email protected]

2692641 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top