रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 पराेहा नगरपालिकाकाे तेस्रो नगर सभा सम्पन्न      देवाही गोनाही नगरपालिकाको तेश्रो नगरसभा सम्पन्न     युवा निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद समसाद आलमको सक्रियतामा यमुनामाई गाउँपालिकाको तेश्रो गाउँ सभा भव्यता साथ् सम्पन्न     माधव नारायण नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      प्रमुख प्रशासकीय अधिकृत पन्थीको सक्रियताले गरुडा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      गौर नगरपालिकाको बजेट ४५ करोड़, सामाजिक विकासमा बढ़ी जोड़     रौतहटको गौर र गरुडा नगरपालिकाको नगर सभा आज      प्रदेश सांसद शेख फूलबाबुको मनपरी      गैरसरकारी संघ संस्थालाई प्रदेश २ मा आएर काम गर्न मन्त्री ज्ञानेन्द्र यादवको आह्वान     अब्दुल कलाम आजादले राजमार्ग खनेपछि विवाद उत्पन्न     कागजमा काम गर्न नपाए पछि देवाही गोनाहीका उपमेयर आक्रोसित    
पत्रपत्रिकाबाट

प्रदेश २ सरकारको गठबन्धन कुनै बेला पनि टुट्न सक्छः नेता नेपाल



पत्रपत्रिकाबाट   2 पटक पढिएको   रौतहट अनलाईन     

रौतहट/ ०७ , फागुन / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश २ सरकारको गठबन्धन कुनै पनि बेला भत्किने शंका व्यक्त गरेका छन्।

प्रदेश २ सरकारको गठबन्धन कुनै बेला पनि टुट्न सक्छः नेता नेपाल

राजदेवी मिडिया सेन्टरद्वारा सदरमुकाम गौरमा आयोजित सातौं महिला साइकल दौड प्रतियोगिता कार्यक्रममा बोल्दै नेता नेपालले राजपा र फोरम गठबन्धनको सरकारको अंकगणित टुटेर प्रदेश २ नयाँ सरकार बन्न सक्ने सम्भावना रहेको बताए।

केन्द्रसहित ६ वटा प्रदेशमा नेकपाको सरकार रहेको र प्रदेश २ संसद्मा पनि सबैभन्दा ठूलो पार्टी नेकपा नै भएको बताउँदै उनले प्रदेश २ मा पनि नेकपाको नेतृत्वमा सरकार गठन हुने सम्भावना इंगित गरेका छन्। उनले भने, ‘मधेसी दलको अंकगणित प्रदेश २ मा कुनै पनि बेला टुट्न सक्छ, राजनीतिक गणितको आधारमा बनेको सरकारको कुनै भर हुँदैन।’

साथै उनले देशमा बढ्दो भ्रष्टाचार तत्काल नियन्त्रण गर्नुपर्ने बताएका छन्। वर्तमान सरकारले बहुमतको घमण्ड नगरी भ्रष्टाचार, मूल्यवृद्धिजस्ता गैरजिम्मेवार प्रवृत्ति तुरुन्त रोक्नुपर्ने बेला आएको उनले बताए। प्रदेश २ सरकारलाई जनहितमा काम गर्न पनि उनले आग्रह गरे। विगतमा नाम चलेका नेताहरु अहिले भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै उनले भने, ‘अहिले इमानदार भएर जनताको सेवा गरौं, भ्रष्टाचारीलाई दण्डित गरौं, भ्रष्टाचारको लोभमा जीवन बर्वाद नगरौं, पैसा त आउँछ तर, पछि पछुताउनुको विकल्प हुँदैन।
साभार: नागरिक दैनिक









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2653197 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top