रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 पराेहा नगरपालिकाकाे तेस्रो नगर सभा सम्पन्न      देवाही गोनाही नगरपालिकाको तेश्रो नगरसभा सम्पन्न     युवा निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद समसाद आलमको सक्रियतामा यमुनामाई गाउँपालिकाको तेश्रो गाउँ सभा भव्यता साथ् सम्पन्न     माधव नारायण नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      प्रमुख प्रशासकीय अधिकृत पन्थीको सक्रियताले गरुडा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      गौर नगरपालिकाको बजेट ४५ करोड़, सामाजिक विकासमा बढ़ी जोड़     रौतहटको गौर र गरुडा नगरपालिकाको नगर सभा आज      प्रदेश सांसद शेख फूलबाबुको मनपरी      गैरसरकारी संघ संस्थालाई प्रदेश २ मा आएर काम गर्न मन्त्री ज्ञानेन्द्र यादवको आह्वान     अब्दुल कलाम आजादले राजमार्ग खनेपछि विवाद उत्पन्न     कागजमा काम गर्न नपाए पछि देवाही गोनाहीका उपमेयर आक्रोसित    
खेलकुद

अवसर पाए महिला जुन सुकै क्षेत्रमा आफ्नो प्रतिभा देखाउन पछि नहटने :- राज्यमन्त्री झा



खेलकुद   17 पटक पढिएको   रौतहट अनलाईन     

रौतहट/०६,फाल्गुन / प्रदेश २ का भौतिक पुर्वाधार तथा यातायात विकास राज्यमन्त्री डाक्टर डिम्पल झाले महिलाहरुको लागी फुटवल खेल कठिन भएपनि प्रर्दशन गर्ने साहस देखाउनु गर्वको कुरो रहेको बताउनु भएको छ ।

अवसर पाए महिला जुन सुकै  क्षेत्रमा आफ्नो प्रतिभा देखाउन पछि नहटने  :- राज्यमन्त्री झा

रौतहट जिल्लाको सदरमुकाम गौर स्थित व्यारेक मैदानमा जारी गौर नगरस्तरीय महिला फुटवाल टूर्नामेन्ट प्रतियोगिता अन्तर्गत दोस्रो उपमेयर कपको समापन समारोहलाई सम्वोधन गर्दै मन्त्री झाले खेलकुद विकासको एउटा पाटो रहेको भन्दै महिलालाई अवसरको खाचो रहेको टिप्पणी गरिन । अवसर पाए महिला हरेक क्षेत्रमा आफ्नो प्रतिभा देखाउन पछि नहटने दावी गरिन ।


गौर नगरपालिकाका नगर प्रमुख  अजय कुमार गुप्ताले आउने दिनमा गौरका छोरीले राष्ट्रिय स्तरमा पहिचान बनाउने आशा लिएको बताएका छन । छोरा र छोरी विचको विभेदलाइ अन्त्य गर्नका लागि गौर नगरपालिकाले प्रयास जारी राखेको बताउँदै मेयर गुप्ताले सिमित स्रोत साधन बालिकाको विकासका लागि प्रयोग गर्ने उद्घोष गरे ।


नानीहरुको खेल देखेर हर्षित भएको भन्दै नगर प्रमुख गुप्ताले हार जितलाइ सहन गर्दै अगाडी बढ़न आग्रह गरे । छोरा जस्तै छोरीहरुले विभिन्न क्षेत्रमा सहभागिता हुनु पर्दछ भने मेरो मान्यता रहेको प्रस्ट गर्दै नगर प्रमुख  गुप्ताले क्रिकेटको क्षेत्र मा पनि गौर चेलीहरुले आफ्नो कौशल ,प्रतिभा देखाउन पाओस चाहना रहेको बताए ।


नगर उप  प्रमुख  किरण ठाकुरले महिलाको विकास हुनु पर्ने धरना राखे । किशोरीहरुको क्षमता बाहिर ल्याउन खेलकूद आवश्यक रहेको बताए । शिक्षाको साथ साथै शारीरिक , मानसिक विकास जरुरी रहेको भने उनले महिला कसै संग कमजोर नरहेको आजको प्रदर्शनले पुस्टि गरेको बताए ।
गौर नगरपालिका भौतिक पूर्वाधार सँगै सामाजिक विकासको क्षेत्रमा लगानी गर्दै आएका बताए ।

कार्यक्रममा वड़ा नम्बर २ का वड़ा अध्यक्ष राकेश झा , रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पंडित जैसवाल , ग्रामीण विकास केन्द्र नेपालका अध्यक्ष पारस हुसैनले आ आफ्नो धारणा  राखेका  थिए ।


विजेता टिमलाई कप , नगद ६ हजार रुपैया पुरस्कार तथा उपविजेतालाई कप सहित नगद ४ हजार ५ सय रुपैया र उत्कृष्ट फुटवल खेलाडी गौर वार्ड नंं. ८ टिमका खुश्वु साहलाई  साईकल प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ । कार्यक्रम दिनेश यादवको सभापतित्वमा सम्पन्न भएको थियो ।

स्थानीय विकास केन्द्रले आयोजना गरेको फुटवाल प्रतियोगितामा सोमवार भएको फाइनल खेलमा वड़ा नम्बर ८ लाइ ३—२ ले पराजित गर्दै वड़ा नम्बर ५ ले जितेको हो । खेलको पहिलो हाफमा २ गोल गरेका वड़ा नम्बर ५ ले दोस्रो हाफमा १ गोल गर्न सफल भएका थिए भने वड़ा नम्बर ८ ले २ गोल गरेका थिए ।


वड़ा नम्बर ५ बाट रिनिका यादव , पुजा बैठा र पार्वती यादवले एक एक गोल तथा ८ वाट मिथिलेश कुमारी र रिंकु कुमारीले एक एक गोल फर्काएका थिए । ५ नं. वार्डले दोस्रो पटक विजेता भएका छन । उपाधी जिते पछि अधारभुत विद्यालय बालमन्दीर गौरका प्रध्यानाध्यापक गणेश यादव , टिम मैनेजर निरंजन यादव, बालेश्वर यादवले बधाई दिएका छन ।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2653309 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top