रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 भ्रस्टाचार गर्न नपाए पछि प्रमुख प्रशासकीय अधिकृत पन्थी बिरुद्ध नगर प्रमुखका आसेपासे खनिए     नगर प्रमुख धर्मेन्द्र पटेलको पहलमा सडक डिभिजनले धरहरी देवाही सडक तत्काल मरम्मत गर्ने     रौतहटको कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न     बन्शिराम अनाथालय गरुडालाइ फतुवा विजयपुर नगरपालिकाको २ लाख सहयोग     रौतहटको गरुडा नगरपालिकामा करारको खरिदारद्वारा गाडी सुबिधा मांग     निजी विद्यालय प्रति आकर्षण कम गराउन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन     जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड     भरतपुर महानगरको चौथो नगर सभा सम्पन्न      सुखिपुर नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      रौतहटको राजपुर नगरपालिकाको तेस्रो नगर सभा बाट ४२ करोड ९९ लाखको बजेट प्रस्तुत      गढ़िमाइ नगरपालिकाको तेस्रो नगर सभा भव्यताका साथ् सम्पन्न    
अर्थ

बैंकको ब्याज नघटे १५ दिनभित्र आन्दोलनमा उत्रिने नेपाल उद्योग वाणिज्य महासंघको चेतावनी



अर्थ   11 पटक पढिएको   रौतहट अनलाईन     

काठमाडौं/०१, फाल्गुन/ बैंकहरुले तत्काल ऋणको ब्याजदर नघटाए देशभरका उद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रिने भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले ब्याज घटाउनका लागि राष्ट्र बैंक र सरकारलाई १५ दिनको अल्टिमेटम दिएकी छन् ।

 बैंकको ब्याज नघटे १५ दिनभित्र आन्दोलनमा उत्रिने नेपाल उद्योग वाणिज्य महासंघको चेतावनी

‘१५ दिनभित्र व्यवसायीको माग सम्बोधन भएन भने हामी देशभर एकैपटक आन्दोलनमा उत्रिन बाध्य हुनेछौं,’ अध्यक्ष राणाले बिराटनगरमा आयोजित ब्याजदर घटाउने छलफलमा अध्यक्ष राणाले चेतावनी दिइन् ।

केही समययता बैंकको ब्याजदर घटाउन माग गर्दै बिराटनगरका उद्योगीहरु आन्दोलनमा उत्रिएका छन् । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्दामणि शिवाकोटी, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा लगायतका प्रतिनिधि, बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, मोरङका उद्योगीहरु र प्रदेश सरकारका प्रतिनिधिबीच बिराटनगरमा ब्याजदर सम्बन्धी वार्ता भएको थियो ।

मोरङ व्यापार संघ र उद्योग संगठन मोरङ उत्पादनमूलक औद्योगिक क्षेत्रको कर्जाको ब्याजदर ७ र व्यापार व्यवसायको ९ प्रतिशत कायम गरिनु पर्ने भन्दै माघ १३ गतेदेखि आन्दोलनमा छन् ।

उद्योगी व्यवसायीको आन्दोलनले अर्थमन्त्री डा. युवराज खतिवडालाई समेत तनाव दिएपछि केहीदिन अघि बैंकर, ब्यवसायी र राष्ट्र बैंकका प्रतिनिधिलाई बोलाएर अर्थ मन्त्रालयमा छलफल गरेका थिए ।

नेपालले खुला बजार अर्थतन्त्रलाई अपनाएका कारण ब्याजदरमा राष्ट्र बैंकले सीधै हस्तक्षेप गर्न नमिल्ने बताएका थिए । ‘राष्ट्र बैंकले बैंकहरुको ब्याजदर यति हुनुपर्छ भनेर तोक्न मिल्दैन,’ डेपु्टी गभर्नर शिवाकोटीले भने, ‘हामीले स्प्रेडका माध्यमबाट ब्याजदरलाई नियन्त्रण गर्छौं । हामीले प्रत्येक वर्ष बैंकहरुको स्प्रेड घटाउँदै लगेका पनि छौं ।’

बजारमा तरलता अभाव भएका कारण ब्याजदर बढी भएको जानकारी गराउँदै तरलता सहज हुनेवित्तिकै ब्याजदर घटिहाल्ने बताए । ‘सरकारले पुँजीगत खर्च बढाउन सक्यो भने पर्याप्त तरलता हुन्छ, तपाईंहरुले सरकारलाई पनि दबाब दिनुहोस्’ उनले सुझाब दिए ।

डेपुटी गभर्नर शिवाकोटीको जवाफले आफूहरुको समस्या समाधान नगर्ने भन्दै व्यवसायीहरुले असन्तुष्टि जनाएका थिए । व्यवसायीले असन्तुष्टि जनाएपछि छलफलमा सहभागी महासंघी अध्यक्ष राणाले १५ दिने अल्टिमेटम दिएकी हुन् ।









सम्बन्धित शिर्षक समाचारहरु

हुवावेको अपरेटिङ्ग सिस्टम एन्ड्रोइडभन्दा ६० प्रतिशत धेरै तेज

हुवावेको संकट झनै बढ्यो, स्मार्टफोनमा मेमोरी कार्ड हाल्न नपाउने

अमेरिकाले हुवावेलाई कमजोर ठान्यो - हुवावे संस्थापक तथा सीईओ रेन जेङ्फी

हुवावेमा गुगल एप्स नचल्ने

गरुडा नगरपालिकाबाट बजार अनुगमन कार्य तिव्र

गरुडाको कोल्ड स्टोरमा प्रमुख प्रशासकीय अधिकृत पन्थीको छापा ,भारि मात्रामा अखाध्य पेय पदार्थ बरामद

सशस्त्र प्रहरी निरीक्षक खनाल द्वारा साढ़े १४ लाखको सामान पक्राउ

बैंकको ब्याज नघटे १५ दिनभित्र आन्दोलनमा उत्रिने नेपाल उद्योग वाणिज्य महासंघको चेतावनी

हिउँदे वर्षाले रौतहटमा ५० करोड रुपैयाँको इँटा नष्ट-अध्यक्ष साह



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: [email protected]

2692702 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top