रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 भ्रस्टाचार गर्न नपाए पछि प्रमुख प्रशासकीय अधिकृत पन्थी बिरुद्ध नगर प्रमुखका आसेपासे खनिए     नगर प्रमुख धर्मेन्द्र पटेलको पहलमा सडक डिभिजनले धरहरी देवाही सडक तत्काल मरम्मत गर्ने     रौतहटको कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न     बन्शिराम अनाथालय गरुडालाइ फतुवा विजयपुर नगरपालिकाको २ लाख सहयोग     रौतहटको गरुडा नगरपालिकामा करारको खरिदारद्वारा गाडी सुबिधा मांग     निजी विद्यालय प्रति आकर्षण कम गराउन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन     जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड     भरतपुर महानगरको चौथो नगर सभा सम्पन्न      सुखिपुर नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      रौतहटको राजपुर नगरपालिकाको तेस्रो नगर सभा बाट ४२ करोड ९९ लाखको बजेट प्रस्तुत      गढ़िमाइ नगरपालिकाको तेस्रो नगर सभा भव्यताका साथ् सम्पन्न    
अर्थ

हिउँदे वर्षाले रौतहटमा ५० करोड रुपैयाँको इँटा नष्ट-अध्यक्ष साह



अर्थ   222 पटक पढिएको   रौतहट अनलाईन     

रौतहट /२९,माघ/ माघ २५ र २६ मा परेको वर्षाले रौतहटमा करिब ५० करोड रुपैयाँभन्दा बढीको इँटा नष्ट भएको कुरा रौतहट इँटा उद्योग संघका अध्यक्ष विनोद साहले बताएका छन ।

हिउँदे वर्षाले रौतहटमा  ५० करोड रुपैयाँको इँटा नष्ट-अध्यक्ष साह

उद्योगमा पोल्न तयारी राखिएका काँचो इँटा वर्षाले क्षति पुर्‍याएको  संघका अध्यक्ष  साहले पत्रकार सम्मेलन मार्फत बताए। प्रत्येक इँटा उद्योगमा १० देखि २० लाख रुपैयाँसम्मको क्षति पुगेको अध्यक्ष साहको भनाइ छ।

हरेक वर्ष वर्षाका कारण इँटा उद्योगमा क्षति पुगे पनि सरकारबाट क्षतिपूर्ति नपाएको अध्यक्ष साहको गुनासो छ। उनले वर्षाले इँटा उद्योगमा ठूलो क्षति पुर्‍याएकाले सरकारसँग क्षतिपूर्तिका भ्याट रकम र आयकरमा छुट उपलब्ध गराउन माग गरे। रौतहटमा १५७ इँटा उद्योग रहेका छन्। उक्त उद्योले करिब १५ करोड ७० लाख भ्याट तथा करिब ४ करोड आयकर बुझाउँदै इँटा उद्योग संघले जनाएको छ। यहाँका इँटा उद्योगले २५ हजारभन्दा बढीलाई रोजगारी दिएको बताइएको छ।

संघका सचिव तथा रामजानकी इँटा उद्योगका सञ्चालक मोहन साहले एउटा काँचो इँटा तयार गर्न दुईदेखि तीन रुपैयाँसम्म खर्च हुने बताए। वर्षाले क्षति पुर्‍याएकाले उद्योगमा आवश्यक कच्चा पदार्थ सहज रुपमा उपलब्ध गराउन र करमा छुट दिनुपर्ने उनको माग छ। सरकार आफ्नो माग सम्बोधन नगरे आन्दोलन मा उतार्ने सचिव साह ले बताएका छन् ।











सम्बन्धित शिर्षक समाचारहरु

हुवावेको अपरेटिङ्ग सिस्टम एन्ड्रोइडभन्दा ६० प्रतिशत धेरै तेज

हुवावेको संकट झनै बढ्यो, स्मार्टफोनमा मेमोरी कार्ड हाल्न नपाउने

अमेरिकाले हुवावेलाई कमजोर ठान्यो - हुवावे संस्थापक तथा सीईओ रेन जेङ्फी

हुवावेमा गुगल एप्स नचल्ने

गरुडा नगरपालिकाबाट बजार अनुगमन कार्य तिव्र

गरुडाको कोल्ड स्टोरमा प्रमुख प्रशासकीय अधिकृत पन्थीको छापा ,भारि मात्रामा अखाध्य पेय पदार्थ बरामद

सशस्त्र प्रहरी निरीक्षक खनाल द्वारा साढ़े १४ लाखको सामान पक्राउ

बैंकको ब्याज नघटे १५ दिनभित्र आन्दोलनमा उत्रिने नेपाल उद्योग वाणिज्य महासंघको चेतावनी

हिउँदे वर्षाले रौतहटमा ५० करोड रुपैयाँको इँटा नष्ट-अध्यक्ष साह



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: [email protected]

2692639 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top