रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका लागि थाइल्याण्ड लगिँदै     वार्षिक साढे छ लाखले गर्छन् लोकसेवा आयोगको परीक्षाको तयारी     केन्द्रीय सदस्यमा हेरफेर गर्दै नेकपा     मधेस फाउन्डेसनले गराए दुई बालबालिकालाई विद्यालय भर्ना     मत्सरीवासी अहिले सम्म पाएन लालपुर्जा     ओलीले भने: गणतन्त्र मनाउने समितिमा बस्न पूर्वराजालाई भेटेरै प्रस्ताव राख्छु      जनतालाई मिनी सिंहदरवारको अनुभुती गराएर नै छाड्छु– अध्यक्ष मुखिया     किन जाँदैछन् प्रधानमन्त्री अाेली गृहमन्त्रालय ?     पार्टी एकीकरणको खुसियालीमा देशका विभिन्न स्थानमा दीपावली     बबी देवलको सर्ट खोल्ने प्रयास      कुकुरले टोक्नाले बर्सेनि सयभन्दा बढी नेपालीको मृत्यु   
मनोरञ्जन

तेरिया ‘झलक दिखला जा’को उपाधि नजिक



मनोरञ्जन   167 पटक पढिएको        

एजेन्सी, २४ पुस । २०७३- सन् २०१४ मा ‘डान्स इन्डिया डान्स’ लिटिल मास्टरको उपाधि जितेकी तेरिया फौजामगर पुन: अर्को उपाधि नजिक पुगेकी छन् । डीआईडीमा ४० हजार प्रतिस्पर्धीलाई पछाडि पारेकी उनी अहिले ‘झलक दिखला जा’ को फाइनल राउन्डमा पुगेकी हुन् ।

तेरिया ‘झलक दिखला जा’को उपाधि नजिक

१४ वर्षे तेरियाले यसमा भारतीय सिनियर डान्स स्टारबीच प्रतिस्पर्धा गर्दै छिन् । भारतीय टीभी कलर्सले डान्स स्टारबीच यो प्रतिस्पर्धा गराएको छ । विजेताहरूबीच प्रतिस्पर्धा गराउने यो प्रतियोगिता भारतीय टीभी सोमा सर्वाधिक पुरस्कार राशिको हो । प्रतिस्पर्धा जित्नेले ३० लाख भारतीय रुपैयँ र रेनाल्ड डस्टर ब्रान्डको कार उपहार पाउनेछन् । 

१४ वर्षे तेरियाले डीआईडी विजेताको तर्फबाट ‘झलक दिखला जा’ सिजन ९ मा प्रवेश पाएकी हुन् । गत जुलाईमा प्रतियोगिता सुरु भएको थियो । त्यसमा १२ जोडी सिनियर महिला पुरुष डान्स सेलिब्रिटी छनोट भएका थिए । तेरियासहित ५ जना जुनियरलाई भने अक्टोबर ८ मा च्यालेन्जरका रूपमा प्रवेश गराइएको थियो । च्यालेन्जरका रूपमा प्रवेश पाएकामध्ये तेरिया मात्रै फाइनलमा पुगेकी छन् । फाइनलमा उनले ‘डीआईडी’ सिजन १ का विजेता तथा ‘झलक दिखला जा’ का पूर्वविजेता सलमान युसुफ खान र वल्र्ड हिपहपका च्याम्पियनसिपका विजेता सानतनु महेश्वरीसँग प्रतिस्पर्धा गर्नेछिन् । फाइनलमा रहेको तीनजनामध्ये अहिलेसम्म तेरिया अगाडि छिन् । नृत्य सोमा निर्णायकले उनको प्रशंसा गर्ने गरेका छन् । प्रतियोगिताको उपाधिका लागि जनवरी १४ तारिखदेखि २१ सम्म एसएमएस र अनलाइन भोटिङ हुँदै छ । तेरिया फाउन्डेसनले बुटवलमा पत्रकार सम्मेलन गर्दै जनाएको छ । 

फाउन्डेसनका अध्यक्ष कृष्ण फौजा मगरले आफ्नो खुबीले सिनियर हस्तीलाई पछाडि पारेकी तेरियालाई भोटमार्फत अगाडि जान सहयोग गर्न आग्रह गरे । कलर्स टीभीमा हरेक शनिबार सवा दस बजेपछि यो कार्यक्रम प्रसारण हुन्छ । डीआईडी लिटिल मास्टर विजेता भएपछि तेरियाले देशविदेशमा नेपाली झन्डासहित आफ्नो नृत्य देखाएकी थिइन् ।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2180527 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top