रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 पराेहा नगरपालिकाकाे तेस्रो नगर सभा सम्पन्न      देवाही गोनाही नगरपालिकाको तेश्रो नगरसभा सम्पन्न     युवा निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद समसाद आलमको सक्रियतामा यमुनामाई गाउँपालिकाको तेश्रो गाउँ सभा भव्यता साथ् सम्पन्न     माधव नारायण नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      प्रमुख प्रशासकीय अधिकृत पन्थीको सक्रियताले गरुडा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      गौर नगरपालिकाको बजेट ४५ करोड़, सामाजिक विकासमा बढ़ी जोड़     रौतहटको गौर र गरुडा नगरपालिकाको नगर सभा आज      प्रदेश सांसद शेख फूलबाबुको मनपरी      गैरसरकारी संघ संस्थालाई प्रदेश २ मा आएर काम गर्न मन्त्री ज्ञानेन्द्र यादवको आह्वान     अब्दुल कलाम आजादले राजमार्ग खनेपछि विवाद उत्पन्न     कागजमा काम गर्न नपाए पछि देवाही गोनाहीका उपमेयर आक्रोसित    
पत्रपत्रिकाबाट

भारतीयलाई नागरिकता सिफारिस गर्ने वडाअध्यक्षसहित १६ जनाविरुद्ध मुद्दा



पत्रपत्रिकाबाट   28 पटक पढिएको   रौतहट अनलाईन     

मोरङ /१८ कात्तिक। भारतीय नागरिकलाई नागरिकता बनाउन सिफारिस गरेको आरोपमा विराटनगर महानगरपालिका १ का वडाअध्यक्ष उद्धव अर्यालसहित १६ विरुद्ध जिल्ला अदालतमा मुद्दा परेको छ । मोरङ जिल्ला सरकारी वकिलको कार्यालयले २ जना जनप्रतिनिधिसहित १६ जना विरुद्ध जिल्ला अदालत मोरङमा ‘झुुठा विवरण पेश गरी विदेशीले नागरिकता लिएको,

भारतीयलाई नागरिकता सिफारिस गर्ने वडाअध्यक्षसहित १६ जनाविरुद्ध मुद्दा

 दिलाएको’ मुद्दा दायर गरिएको हो । जिल्ला अदालत मोरङ श्रेस्तेदार इश्वरमणि ओझाले सोमबारबाट मुद्दाको सुनुवाई प्रक्रिया सुरु हुने जानकारी दिए ।
वडाअध्यक्ष उद्धव अर्याल, वडा सदस्य रमेश साह, वडा सचिव पुष्पा तिम्सिना, कटहरी गाउपालिका १ का सत्यनारायण पोद्दार, झुटो विवरण पेस गरी नागरिकता लिने विराटनगर १ बस्दै आएका सञ्जित पोद्दार, धिरज पोद्दार, राजेन्द्र पोद्दार, जितेन्द्र पोद्दार, रोशनकुमार पोद्दार, मिथिलेश्वर पोद्दार, पवन पोद्दारविरुद्ध मुद्दा परेको छ ।

त्यस्तै सर्जमिन मुचुल्कामा साक्षी बस्ने विराटनगर महानगर १ बस्ने सीमादेवी राम -हरिजन), मनोज हरिजन, छेटेलाल मुखिया, सुनसरी कोशी गाउँपालिका १ बस्ने सुरेश पोद्दार, कटहरी गाउँपालिका १ बस्ने वैद्यनाथ शर्मालाई विपक्षी बनाएर मुद्दा दायर गरिएको छ ।

मुद्दा दायर गरिएकामध्ये सत्यनारायण पोद्दार पक्राउ परेका छन् । पक्राउ परेका पोद्दारले ७ जना भारतीय नागरिकलाई छोरा बनाएर नागरिकता बनाइदिएको अभियोग छ । वडाअध्यक्ष उद्धव अर्याल, वडा सदस्य रमेश साह, वडा सचिव पुष्पा तिम्सिनासहित अन्य फरार रहेका प्रहरीले जनाएको छ ।

विभिन्न मितिमा नागरिकता लिएको आरोपमा १६ जनालाई छुट्टा छुट्टै ६ वटा अभियोग तयार पारेर मुद्दा दायर गरिएको छ ।

झुटा विवरण पेस गरी नागरिकता दिलाउने सत्यनारायण पोद्दार र वडा सदस्य रमेश साहलाई ६ वटै मुद्दामा प्रतिवादी बनाइएको छ ।

वडाबाट सिफारिस गर्ने वडा सचिव पुष्पा तिम्सिनालाई ४ वटा मुद्दामा प्रतिवादी बनाइएको छ भने वडा अध्यक्ष उद्धव अर्याललाई २ वटा मुद्दामा प्रतिवादी बनाइएको छ ।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2653193 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top