रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग     गृह मन्त्रालयले गर्‍याे ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर     प्लान इन्टरनेशनलमा ७६ स्थायी कर्मचारीलाई सामूहिक अवकाश, कर्मचारी धर्नामा     आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा     मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने     नेताको ढाल ओढेका ठेकेदार साहलाई समयमा काम गर भनेपछि कांग्रेस रिसायो : नेकपा नेता प्रभु साह     छठ पर्वमा दुई दिन बिदा     भारतीयलाई नागरिकता सिफारिस गर्ने वडाअध्यक्षसहित १६ जनाविरुद्ध मुद्दा     प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज   
समाज

अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ



समाज   2 पटक पढिएको        

बीरगंज/ ४, असोज / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग १ लाख घुस लिएको अवस्थामा वीरगंज महानगरपालिकाको शिक्षा समन्वय इकाईमा कार्यरत २ जना कर्मचारी सहित ३ जनालाई पक्राउ गरेको छ । महानगरपालिका कार्यलयको शिक्षा शाखाका प्रमुख मन्जुर आलम, शाखा अधिकृत शशि भुषण साह कानु

अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ

 र उनका भतिजा अरुण साहलाई नगद १ लाख रुपैया सहित अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो । वीरगंज १४ बहुअरीका जावेद एकवाल हैदरले संचालन गर्न लागेको फुरकान इन्टरनेशनल एकेडेमी स्कूलको अनुमतिपत्रका लागि ५ लाख रुपैया घुस मागेको र अन्त्यमा १ लाख रुपैयामा कुरा मिलेपछि घुस वापतको रकम बुझाई रहेको अवस्थामा निजहरुलाई रंगेहात पक्राउ गरेको अख्तियारले जनाईएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाबाट खटिएको टोलीले उनीहरुलाई महानगरपालिकाको कार्यलयबाटै रंगेहात पक्राउ गरेको छ । जावेद एकवाल हैदरले स्कूलको अनुमतिपत्रका लागि ५ लाख रुपैया घुस मागेको उजुरी अख्तियारमा दिएपछि घुस वापतको १ लाख रकम वीरगंजको लाठ गल्लीमा रहेको विस्मिल्लाह होटलमा आज महानगरपालिकाका शाखा अधिकृत शशि भुषण साहका भतिजा अरुण साहलाई पिडित पक्षले बुझाउने क्रममा अख्तियारको टोलीले निजलाई रंगेहात पक्राउ गरेको थियो । अरुणको वयानको आधारमा मन्ुजुर र शशि भुषणलाई पक्राउ गरीएको अख्तियारको टोलीले जनाएको छ । पक्राउ परेका अभियुक्तहरु आजै थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौमा पठाईने जनाईएको छ । यस अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वीरगंज महानगरपालिकाको आर्थिक बर्ष २०७३÷०७४मा भए गरेका विकास निर्माणका योजनाहरुमा अनियमितता भएको उजुरी परेपछि सम्पूर्ण फाईलहरु नियन्त्रणमा लिई अनुसन्धानका लागि लिएर गएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विगत २ बर्ष अगाडी जिल्ला कार्यालय वारामा अधिकृतको रुपमा रहेका मन्जुर आलम, शशि भुषण साह कानु लाई भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरेको र सर्वोच्चबाट भ्रष्टाचारको मुद्दामा सफाई पाएपछि पुनः पदमा बहाली भई बीरगंज आएका थिए ।









सम्बन्धित शिर्षक समाचारहरु

बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड

गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा

सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग

प्लान इन्टरनेशनलमा ७६ स्थायी कर्मचारीलाई सामूहिक अवकाश, कर्मचारी धर्नामा

आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा

लाखौ भ्रस्टाचार गरेर चन्द्रपुर नपाका प्रशासकिय अधिकृत दाहाल सुटुक्क हिंडे

रौतहटमा तस्कर र वन सुरक्षाकर्मीबीच गोली हानाहान

नेपाल प्रहरीद्वारा रौतहटको औरैयाबाट १२ टन मटर सहित ट्रक र दुई जना कारोवारी पक्राउ

नगरपालिकाबाट कुन शिर्षकमा कति रकम र कुन कुन स्थानको लागि विजयोजन गरेको हो भने वडाध्यक्ष भरत साहद्धारा लिखित रुपमा नपालाई पत्र

  • बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड

    रौतहट/२१, मंशिर / गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताले बिकाश पत्रकारितामा जुट्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ l सुमिन्त्रा मिडियाको आयोजनामा सदरमुकाम गौरमा सुरु भएको फोटो पत्रकारिता तालिमको उद्घाटन गर्दै नगर प्रमुख गुप्ताले पत्रकार बिकाशको प्रमुख निगरानी कर्ता रहेको भन्दै सोहि अनुसारको
    समाज
    14     रौतहट अनलाईन
  • गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा

    रौतहट/१५ ,मङ्सिर / रौतहट को गौर नगरपालिका खुला दिशामुक्त घोषणा भएको छ l शनिवार एक कार्यक्रमका बिच रौतहट क्षेत्र नम्बर ०१ का सांसद अनिल कुमार झा को प्रमुख आतिथ्यमा खुल्ला दिशा मुक्त घोषणा गरीएको छ । रौतहट जिल्लाो १४ औ खुल्ला दिशामुक्त नगरपालिकाको रुपमा गौर नगरपालिकालाई घोषणा गरीएको हो ।
    समाज
    21     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2451970 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top