रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 मधुकुमार थापा भए प्रदेश तीनको उत्कृष्ट प्रहरी     प्रेममा छिन् सरस्वती प्रतीक्षा     मेलम्ची खानेपानी आयोजनाको बाँकी काम ‘सिएमसी’ बाटै गराउनुपर्छ : खानेपानी मन्त्री मगर     ‘घाम जुन चाहिदैन’ भन्दै रोमान्टिक बने प्रदिप र जसिता     प्रचण्डकी नातिनी र सशस्त्रका आईजीपी खनालको छोराले ल्याए भ्यालेन्टाइन स्पेशल गीत      बैंकको ब्याज नघटे १५ दिनभित्र आन्दोलनमा उत्रिने नेपाल उद्योग वाणिज्य महासंघको चेतावनी     रौतहट प्रहरी उपरिक्षकमा भुपेन्द्र खत्री      प्रेम दिवसमा जुनुको ‘धक धक…      नेकपाका कारण नगरसभा हुनसकेन - नगर प्रमुख यादव     महिला सश्स्क्तीकरण आफ्नो प्रमुख प्राथमिकता - नगर उप प्रमुख ठाकुर      हिउँदे वर्षाले रौतहटमा ५० करोड रुपैयाँको इँटा नष्ट-अध्यक्ष साह   
स्वास्थ्य

रौतहटका नर्सलाई आक्रमणको धम्की, सुरक्षा माग्दै नर्स प्रहरी चौकीमा



स्वास्थ्य   40 पटक पढिएको        

गरुडा , ०३ असोज / होम डेलिभरिका लागि घर नआएको निहुँमा स्थानीयले पटक–पटक आक्रमण गर्न खोजेको भन्दै सुरक्षाका लागि पाँच जना नर्स गरुडा प्रहरी कार्यालय, रौतहट पुगेका छन् । केही

रौतहटका नर्सलाई आक्रमणको धम्की, सुरक्षा माग्दै  नर्स प्रहरी चौकीमा


  समयअघि घरमै प्रसूती सेवा दिन इन्कार गरेको निहु बनाएर स्थानीय हरिनारायण गुप्ता लगायतको समूह आक्रमण गर्न आएको भन्दै रौतहटको गरुडा नगरपालिका अन्तर्गत कार्यरत नर्स मीरा धिताल लगायतका ४ जना सुरक्षा माग गर्दै बुधबार बिहानैदेखि प्रहरी चौकी पुगेका छन्।

महम्मदपुर स्वास्थ्य चौकी वर्थिङ सेन्टरमा कार्यरत नर्स धितालले स्थानीय समुदाय र स्वास्थ्यकर्मीले आफूलाई सुरुदेखि नै होम डेलिभरीका लागि दबाब दिँदै आएको बताइन् । उनले भनिन्, ‘घरमै सुत्केरी गराइदिन मलाई प्रलोभन देखाउनेदेखि धम्क्याउनेसम्म गरिन्थ्यो । स्वास्थ्य संस्थामै दिनहुँ ९\१० जना प्रसूति आउने र सरकारको होम डेलिभरी न्युनिकरण नीति विपरित काम भएकाले मानेकी थिइनँ ।’

मंगलबार पनि ९ जना डेलिभरीका लागि आएको तर आफू एक्लै भएकाले गम्भीरताका आधारमा सुत्केरी गराइरहे पनि बिरामी नहेरेको आरोपमा आक्रमण गर्न खोजिएको उनले  बताइन् । उनले भनिन्, ‘बढी गम्भीर बिरामी हेर्दै थिएँ । कम गम्भीरलार्इ कुर्ने भनेकी थिएँ । तर, उनीहरु घरतिर गएछन् । एक घन्टापछि बाटामै डेलिभरी भएर साल अड्किएको थाहा पाएपछि म गएर साल निकालेर सुत्करीको ज्यान जोगाएँ । तर स्थानीय हरिनारायण गुप्ता र उनका छोराले साेही विषयलार्इ लिएर लापरबाही भएको भन्दै आक्रमण गर्न लखेटे । म भागेर ज्यान जोगाउन सफल भएँ।’

गुप्ताले केही समयअघि आफ्नी बुहारीको होम डेलिभरी गरिदिन उनलाई भनेका थिए । तर, जटिल केस भएको भन्दै उनले स्वास्थ्य संस्थामै डेलिभरी गराउन सुझाएको बताइन्।

असुरक्षा बढेको भन्दै स्वास्थ्य चौकी इन्चार्ज र नर्स धिताल जिल्ला प्रहरी कार्यालयमा पुगेका छन् । आफूले मात्रै नभइ रौतहटमा कार्यरत अरु नर्सले पनि उनले जस्तै दुव्र्यवहार, धम्की र  आक्रमण जस्ता घटना खेप्नु परेको उनले बताइन् । उनले भनिन्, ‘अरुले पनि काम असहज भएको गुनासो गरिरहनुभएको थियो । अहिले सुरक्षा बिना काम गर्न नसक्ने अवस्थामा पुगेका छौं।’
मोहम्मदपुर स्वास्थ्यचौकीबाट मात्रै हरेक महिना एक सय भन्दा बढीले प्रसूति सेवा लिने गरेका छन् । २०७० सालदेखि उक्त स्वास्थ्य चौकीमा कार्यरत धितालले दिनरात नभनेर सेवा दिएको भन्दै २०७२\०७३ सालमा निजामति सेवा पुरस्कार दिइएको थियो।









सम्बन्धित शिर्षक समाचारहरु
  • मधुकुमार थापा भए प्रदेश तीनको उत्कृष्ट प्रहरी

    हेटौँडा/३, फागुन / जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत मधुकुमार थापा प्रदेश नंबर ३ को उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
    बिशेष
    7     रौतहट अनलाईन
  • प्रेममा छिन् सरस्वती प्रतीक्षा

    काठमाडौं/०२,फाल्गुन/ एसएलसी दिँदा सरस्वती प्रतीक्षा १४ वर्षकी थिइन् । पहिलो प्रेम प्रस्ताव ११ वर्षकै उमेरमा पाइन् । त्यतिवेला सात कक्षामा पढ्थिन् । प्रेम भनेको के हो भन्ने नै थाहा थिएन ।
    विचार/विश्लेषण
    23     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2507890 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top