रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 पराेहा नगरपालिकाकाे तेस्रो नगर सभा सम्पन्न      देवाही गोनाही नगरपालिकाको तेश्रो नगरसभा सम्पन्न     युवा निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद समसाद आलमको सक्रियतामा यमुनामाई गाउँपालिकाको तेश्रो गाउँ सभा भव्यता साथ् सम्पन्न     माधव नारायण नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      प्रमुख प्रशासकीय अधिकृत पन्थीको सक्रियताले गरुडा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      गौर नगरपालिकाको बजेट ४५ करोड़, सामाजिक विकासमा बढ़ी जोड़     रौतहटको गौर र गरुडा नगरपालिकाको नगर सभा आज      प्रदेश सांसद शेख फूलबाबुको मनपरी      गैरसरकारी संघ संस्थालाई प्रदेश २ मा आएर काम गर्न मन्त्री ज्ञानेन्द्र यादवको आह्वान     अब्दुल कलाम आजादले राजमार्ग खनेपछि विवाद उत्पन्न     कागजमा काम गर्न नपाए पछि देवाही गोनाहीका उपमेयर आक्रोसित    
समाज

महासंघ अध्यक्ष साह विरुद्ध अविश्वासको प्रस्ताव दर्ता



समाज   1 पटक पढिएको   प्रभातकुमार झा     

रौतहट, १ असोज । नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष रबीन्द्रप्रसाद साह विरुद्ध ५३ जना सदस्यहरुले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव सोमवार दर्ता गराएका छन् । आज दिउसो गौर स्थित नेपाल पत्रकार महासंघको कार्यालयमा अध्यक्ष साह विरुद्ध ५३ जना सदस्यहरुले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

महासंघ अध्यक्ष साह विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

दर्ता गराइएको अविश्वासको प्रस्तावमा शाखा अध्यक्ष साहले विधान अनुसार निर्णय तथा कार्य गर्नुपर्नेमा त्यसो नगरी आफूखशी  विभिन्न निर्णयहरु गरेर महासंघकै गरिमा तथा छविमा आघात पुर्याएकोमा अविश्वासको प्रस्ताव ल्याउन बाध्य भएका छौं ।
    नेपाल पत्रकार महासंघको संशोधित विधान २०७३ को परिच्छेद ४ को दफा १५ को क देखि छ सम्मको बुंदामा उल्लेख नभए अनुसार कार्यवाहीका लागि ७६ जना सदस्यहरु मध्ये ५३ जना सदस्यहरु हस्ताक्षर गरेर महासंघमा अध्यक्ष साह विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइएको महासंघको पूर्व अध्यक्ष प्रेमचन्द्र झाले जानकारी दिए ।
    अध्यक्ष साहले कार्य समितिको निर्णय विना नै लाखौं रकम अनियमितता गरेको, विधान विपरित जथाभावी पदाधिकारी र सदस्यलाई निलम्बन तथा कनिष्ठ सदस्यलाई कार्यवाहक अध्यक्ष बनाउने निर्णय गरेको, विभिन्न संघसंस्थाहरुबाट रकम उठाई कमाईखाने साधनको रुपमा प्रयोग गरेको, अध्यक्ष जस्तो गरिमा पदमा बसी पत्रकार आचारसंहिता विपरित स्वयम विभिन्न क्रियाकलाप गर्ने गरेको, समाजिक संजालमा आफनै शाखाका पदाधिकारी तथा सदस्यका विरुद्ध अश्लिल शब्द तथा गालीग्लौजहरु प्रयोग गरेको प्रमाणहरु फेला पर्दा सक्रिय पत्रकारहरु लगायत महासंघका सदस्यहरुले बाध्य भएर यस्ता व्यक्तिलाई हटाएर महासंघको गरिमालाई जोगाउनका लागि अविश्वासको प्रस्ताव आज दर्ता गराइएको झाले बताए ।
    नेपाल पत्रकार महासंघको इतिहासमा नै नभएको कार्यको अभ्यास रौतहटबाट सुरु भएको हुँदा, यहाँबाट सुधारको लागि हामी लगायतका दुई तिहाई भन्दा बढि सदस्यहरुले अविश्वासको प्रस्ताव दर्ता गराएकोमा आज देखि अध्यक्ष साह स्वतः निलम्बन भएकोमा कार्यवाहक अध्यक्षमा उत्तककुमार उपाध्याय सक्रिय भएको पूर्व अध्यक्ष झाले प्रष्ट पारे ।
    नेपाल पत्रकार महासंघ रौतहट शाखाका उपाध्यक्ष उत्तमकुमार उपाध्यायले ५३ जना सदस्यहरुको हस्ताक्षर सहितको पत्र अध्यक्ष साहको विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको स्वीकार गरे । दर्ता भएका अविश्वासको प्रस्ताव सन्दर्भमा केन्द्र संग समन्वय गरेर आवश्यक कारवाही अगाडी बढाउने उनले बताए ।










सम्बन्धित शिर्षक समाचारहरु

पराेहा नगरपालिकाकाे तेस्रो नगर सभा सम्पन्न

देवाही गोनाही नगरपालिकाको तेश्रो नगरसभा सम्पन्न

युवा निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद समसाद आलमको सक्रियतामा यमुनामाई गाउँपालिकाको तेश्रो गाउँ सभा भव्यता साथ् सम्पन्न

माधव नारायण नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न

प्रमुख प्रशासकीय अधिकृत पन्थीको सक्रियताले गरुडा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न

गौर नगरपालिकाको बजेट ४५ करोड़, सामाजिक विकासमा बढ़ी जोड़

रौतहटको गौर र गरुडा नगरपालिकाको नगर सभा आज

प्रदेश सांसद शेख फूलबाबुको मनपरी

गैरसरकारी संघ संस्थालाई प्रदेश २ मा आएर काम गर्न मन्त्री ज्ञानेन्द्र यादवको आह्वान



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2653175 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top