रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सशस्त्र प्रहरी निरीक्षक खनाल द्वारा साढ़े १४ लाखको सामान पक्राउ     साइकल लिएर कञ्चनपुर पुगिन खानेपानी मन्त्री बीना मगर     प्रदेश २ सरकारको गठबन्धन कुनै बेला पनि टुट्न सक्छः नेता नेपाल     राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य झाद्धारा टिकुलिया पुल प्रति चासो व्यक्त     अवसर पाए महिला जुन सुकै क्षेत्रमा आफ्नो प्रतिभा देखाउन पछि नहटने :- राज्यमन्त्री झा     संविधान बदलियाे, संस्कार बदल्न सङ्घर्ष गरौं : बिना मगर     सुनचाँदी महासंघका उपाध्यक्ष रामजी साहलाई पितृ शोक     मधुकुमार थापा भए प्रदेश तीनको उत्कृष्ट प्रहरी     प्रेममा छिन् सरस्वती प्रतीक्षा     मेलम्ची खानेपानी आयोजनाको बाँकी काम ‘सिएमसी’ बाटै गराउनुपर्छ : खानेपानी मन्त्री मगर     ‘घाम जुन चाहिदैन’ भन्दै रोमान्टिक बने प्रदिप र जसिता   
समाज

एलिजागिरि लाई कोटेश्वरको कमाण्ड



समाज   7 पटक पढिएको        

काठमाडौं : कोटेश्वर र काँडाघारी प्रहरी प्रभागका प्रहरी अधिकारी घुसकाण्डमा मुछिएर तानिएपछि त्यहाँ नयाँ कमाण्डर पठाइएको छ। प्रहरी मुख्यालय नक्सालले महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुख इन्स्पेक्टर राजु लामालाई महानगरीय प्रहरी पहरा गण सामाखुशीमा तानेर उनको स्थानमा एलिजा गिरीलाई

  एलिजागिरि लाई कोटेश्वरको कमाण्ड

पठाएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत गिरीलाई सुरक्षा चुनौती रहेको स्थानको कमाण्डर तोकिएको हो । उनले आइतबार नै कोटेश्वरको कमाण्ड सम्हालेकी छन् । गिरीलाई पहिलो पटक इञ्चार्जको जिम्मेवारी दिइएको हो । यसभन्दा पहिले उनले महानगरीय प्रहरी वृत्त लैनचौर सोह्रखुट्टेमा काम गरेकी थिइन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिवार कोटेश्वरको मुनिभैरव चोकस्थित लुम्बिनी तन्दुरी भोजनालयबाट इन्सपेक्टर लामाका भान्से प्रहरी जवान मुकेश पटेललाई ५ हजार घुससहित समातेको थियो ।

अख्तियारले भने कोटेश्वरका प्रहरीबाट एक लाख रुपैयाँ घुस बरामद भएको जनाएको छ । घुसकाण्ड बाहिरिएपछि आईजीपी सर्वेन्द्र खनालले शनिवार नै कोटेश्व र काँडाघारी प्रभागका प्रहरी परिवर्तन गर्न निर्देशन दिएका छन् ।

प्रहरी मुख्यालयले महानगरीय प्रहरी प्रभाग काँडाघारीका इन्चार्ज इन्स्पेक्टर हरि ओझालाई पनि तानेको ओझाको साटो इन्स्पेक्टर सुधीर राईलाई पठाइएको छ।

शनिबार राति अख्तियारको टोलीले घूस लिएको अभियोगमा नौजना प्रहरीलाई नियन्त्रणमा लिएको थियो । अख्तियारको टोलीले शनिबार साँझ काठमाडौँको काँडाघारी र कोटेश्वरबाट उनीहरुलाई घुससहित समातेको हो ।

अख्तियारले महानगरीय प्रहरी प्रभाग काँडाघारीका प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठ र महानगरीय प्रहरी वृत्त ठिमीमा कार्यरत सुवास ढुङ्गानालाई पक्राउ गरेको थियो । त्यसैगरी हवल्दारहरु दीपक भारती, उमेश यादव र अमन चौधरी पनि पक्राउ परेका छन् ।

अख्तियारले प्रहरी जवानहरु रत्न रिजाल, मानसिंह रोका, दीपेन्द्र कुँवर र मुकेश पट्टेललाई पनि पक्राउ गरेको छ। उनीहरुले लिएको एक लाख रुपैयाँ घुसमा असई सुवासले ४५ हजार र अर्का असई गोपालले ३० हजार लिएका थिए ।

बालुवा खानी सञ्चालनहरुबाट लिएको घुस हवलदार र प्रहरी जवानहरुले ५/५ हजार रुपैयाँ भागमा पाएका थिए।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2511625 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top