रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग     गृह मन्त्रालयले गर्‍याे ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर     प्लान इन्टरनेशनलमा ७६ स्थायी कर्मचारीलाई सामूहिक अवकाश, कर्मचारी धर्नामा     आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा     मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने     नेताको ढाल ओढेका ठेकेदार साहलाई समयमा काम गर भनेपछि कांग्रेस रिसायो : नेकपा नेता प्रभु साह     छठ पर्वमा दुई दिन बिदा     भारतीयलाई नागरिकता सिफारिस गर्ने वडाअध्यक्षसहित १६ जनाविरुद्ध मुद्दा     प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज   
राजनिति

संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती



राजनिति   19 पटक पढिएको      २०७५ आषाढ १७ आइतवार   

सांसद हृदेश त्रिपाठीले विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने संवैधानिक बाटो देखाउन सरकारलाई चुनौती दिएका छन्।

संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती

आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद त्रिपाठीले सरकारले संवैधानिक व्यवस्था अनुसार गाउँपालिका र नगरपालिकाको सीमा र संख्या निर्धारण गरेपनि विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण नगरेर मुलुकमा संवैधानिक संकट निम्त्याएको आरोप समेत लगाए। उनले विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो खोजेर मुलुकलाई संवैधानिक संकट आउन नदिन पनि सरकार र सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराएका छन्।

सरकारले ६ महिनाको समयावधि दिएर गठन गरेको संवैधानिक आयोगले गाउँपालिका र नगरपालिकाको मात्रै सीमा र संख्या निर्धारण गरेको थियो। तर विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने दायित्व सरकारले पूरा नगरेकोमा सांसद त्रिपाठीले आपत्ति जनाएका छन्।

उनले संवैधानिक व्यवस्था अनुसार काम नगरेर संविधानको पिता, काका र मामा भनिनेहरुले नै संवैधानिक संकट खडा गरेको आरोप पनि लगाए।









सम्बन्धित शिर्षक समाचारहरु
  • बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड

    रौतहट/२१, मंशिर / गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताले बिकाश पत्रकारितामा जुट्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ l सुमिन्त्रा मिडियाको आयोजनामा सदरमुकाम गौरमा सुरु भएको फोटो पत्रकारिता तालिमको उद्घाटन गर्दै नगर प्रमुख गुप्ताले पत्रकार बिकाशको प्रमुख निगरानी कर्ता रहेको भन्दै सोहि अनुसारको
    समाज
    14     रौतहट अनलाईन
  • गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा

    रौतहट/१५ ,मङ्सिर / रौतहट को गौर नगरपालिका खुला दिशामुक्त घोषणा भएको छ l शनिवार एक कार्यक्रमका बिच रौतहट क्षेत्र नम्बर ०१ का सांसद अनिल कुमार झा को प्रमुख आतिथ्यमा खुल्ला दिशा मुक्त घोषणा गरीएको छ । रौतहट जिल्लाो १४ औ खुल्ला दिशामुक्त नगरपालिकाको रुपमा गौर नगरपालिकालाई घोषणा गरीएको हो ।
    समाज
    21     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2451904 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top