रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 बाराका हावाहुरी प्रभावित परिवारलाई पत्रकार पटेलको पहलमा ७० वटा प्रेसर कुकर वितरण      बिकासमा फडको मार्दै बौद्धिमाई नगरपालिका , स्वास्थ चौकी भवन शिलान्यास     रौतहटमा सुन तस्कर पक्राउ     प्रदेश २ सभाको बैठक पुनः स्थगित     २५ हजार घुससहित वडाअध्यक्ष पक्राउ     दुई तिहाई सरकारको विकासे लहर नारामा सिमित, भ्रष्टाचारमा दुई कदम अगाडी पूर्वमन्त्री झा     बढ़दो भ्रस्टाचार र अधिनायकबादले देश संकटमा -बरिष्ठ नेता पौडेल     गरुडा नगरपालिकाबाट बजार अनुगमन कार्य तिव्र     गरुडाको कोल्ड स्टोरमा प्रमुख प्रशासकीय अधिकृत पन्थीको छापा ,भारि मात्रामा अखाध्य पेय पदार्थ बरामद     बृन्दाबन नगरपालिकाको प्रमुख प्रशासकिय अधिृकतमा भवानी दाहाल     कटहरिया नगरपालिकाको दोस्रो नगर सभा भब्यता एबम हर्षो उल्लासका साथ समपन्न   
खेलकुद

लगातार तेस्रो पटक साविक विजेता ‘आउट’ –इटाली र स्पेनपछि जर्मनी तेस्रो



खेलकुद   5 पटक पढिएको        

काजान (एजेन्सी)/१४ असार/ लगातार तेस्रो पटक साविक विजेता टोली विश्व कपको समूह चरणबाट बाहिरएको छ । साविक विजेता जर्मनी बुधबार रसियामा जारी विश्व कपबाट बाहिरिएकोछ । चार वर्षअघि ब्राजिलमा अर्जेन्टिनालाई फाइनलमा १–० ले हराउँदै जर्मनीले विश्व कप उपाधि उचालेको थियो । यसपटक

लगातार तेस्रो पटक साविक विजेता ‘आउट’ –इटाली र स्पेनपछि जर्मनी तेस्रो


 समूह चरणको पहिलो खेलमा मक्सिकोसँग १–० ले पराजित जर्मनी अन्तिम खेलमा दक्षिण कोरियासँग बुधबार २–० ले स्तब्ध भएको थियो । जर्मनीले दोस्रो खेलमा भने स्विडेनविरुद्ध २–१ को सघर्षपूर्ण जित हासिल गरेको थियो ।

जोचिम लोको टोली समूह एफमा पुछारमा रहँदै यसपटकको विश्व कपको समूह चरणको अन्त्य गरेको छ । समूहबाट आश्चार्यजनक रुपमा स्विडेन विजेता र मेक्सिको उपविजेताका रुपमा अन्तिम १६ मा पुगेका छन् । स्विडेनले बुधबार नै मेक्सिकोलाई ३–० ले हराएको थियो । समूहमा स्विडेन र मेक्सिकोले समान ६ अंक जोडे । विश्व कपबाट बाहिरिएका दक्षिण कोरिया र जर्मनीको समान ३ अंक रह्यो ।

यसअघि इटाली र स्पेन पनि विजेताका रुपमा विश्व कप पुगेर समूह चरणबाटै बाहिरिएका थिए । सन् २००६ विजेता २०१० को विश्व कपमा समूह चरणको पुछारमा रहेको थियो । त्यस्तै २०१० को विजेता स्पेन पनि चार वर्षपछि ब्राजिल पुगेर नकआउट चरण पुग्न सकेन । सन् १९९८ को विजेता फ्रान्स पनि लगत्तैको विश्व कपको समूह चरणबाटै बाहिरिएको थियो ।

यसको अर्थ च्याम्पियन टोलीका लागि उपाधि रक्षा मात्र होइन पहिलो चरणबाट अघि बढ्न नै चुनौतिपूर्ण हुने गरेको छ । पछिल्लो पाँच मध्ये चार विश्व कपको इतिहासले यहि विषयलाई प्रमाणित गरेको छ । पछिल्ला पाँच विश्व कपमध्ये सन् २००२ को विजेता ब्राजिल मात्र चार वर्षपछिको विश्व कपको क्वार्टरफाइनलमा पुगेको थियो ।

सन् १९३८ यताको विश्व कपमा जर्मनीको यो सबैभन्दा कमजोर प्रदर्शन हो । जहाँ टोली पहिलो चरणबाटै घर फर्केको छ । १९३८ यता पहिलो पटक टोली नकआउट चरणमा पुग्न असफल भएको छ । २००२ को उपविजेता जर्मनी २००६ र २०१० को विश्व कपमा तेस्रो भएको थियो ।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2599265 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top