काँग्रेस नेता महतको खाने पानी उद्योगमा पेट्रोल बम प्रहार /* - - - Script for Auto Navigation - - - */

काँग्रेस नेता महतको खाने पानी उद्योगमा पेट्रोल बम प्रहार

काठमाडौँ, २५ बैशाख ।


नेपाली काँग्रेसका नेता रमेश महतको शिवपुरी ड्रिङ्किङ वाटर इन्डस्ट्रीमा अज्ञात समूहले सोमबार बिहान पेट्रोल बम प्रहार गरी क्षति पुर्‍याएको छ। सञ्चालक महतका अनुसार मास्क लगाएर आएका पाँच जनाको समूहले कम्पनीका पालेलाई नियन्त्रणमा लिई अन्धाधुन्ध पेट्रोल बम प्रहार गरेका थिए।



बम प्रहारबाट कम्पनीभित्र राखिएको बा६च ११७२ नंको कार र बा ५१ प ८५१३ नंको मोटरसाइकलमा पूर्ण क्षति पुगेको भने  बा२६प ८५१३ को मोटरसाइकलमा आंशिक क्षति भएको छ।

नेता महतले निर्वाचनको समयमा राजनीतिक प्रतिशोध राखेर आफ्नो कम्पनीमाथि आक्रमण भएको आरोप लगाए।

प्रहरीले उक्त कम्पनीमा भएको क्षतिको विवरण तथा आक्रमणकारीको खोजी अगाडि बढाएको जनाएको छ। रासस 



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2113879 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top