रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 बिकासमा फडको मार्दै बौद्धिमाई नगरपालिका , स्वास्थ चौकी भवन शिलान्यास     रौतहटमा सुन तस्कर पक्राउ     प्रदेश २ सभाको बैठक पुनः स्थगित     २५ हजार घुससहित वडाअध्यक्ष पक्राउ     दुई तिहाई सरकारको विकासे लहर नारामा सिमित, भ्रष्टाचारमा दुई कदम अगाडी पूर्वमन्त्री झा     बढ़दो भ्रस्टाचार र अधिनायकबादले देश संकटमा -बरिष्ठ नेता पौडेल     गरुडा नगरपालिकाबाट बजार अनुगमन कार्य तिव्र     गरुडाको कोल्ड स्टोरमा प्रमुख प्रशासकीय अधिकृत पन्थीको छापा ,भारि मात्रामा अखाध्य पेय पदार्थ बरामद     बृन्दाबन नगरपालिकाको प्रमुख प्रशासकिय अधिृकतमा भवानी दाहाल     कटहरिया नगरपालिकाको दोस्रो नगर सभा भब्यता एबम हर्षो उल्लासका साथ समपन्न     रौतहट गोल्डकपको उपाधी चन्द्रपुरलाइ   
खेलकुद

स्वीट्जरल्यान्डको उत्कृष्ट पुनरागमन, ब्राजिलसँग अंकमा बराबरी



खेलकुद   2 पटक पढिएको   कलिनइनग्राड (एजेन्सी)/९,असार/     

उत्कृष्ट पुनरामगनका साथ सर्बियालाई २–१ ले हराउँदै स्वीट्जरल्यान्डले विश्व कपको नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । पहिलो हाफमा १–० को परिस्थितिलाई उल्टाउँदै स्वीट्जरल्यान्डले महत्वपूर्ण जित हासिल गरेको छ । जारी विश्व कपको खेलमा पछि परेर पनि खेल जित्ने स्वीट्जरल्यान्ड

स्वीट्जरल्यान्डको उत्कृष्ट पुनरागमन, ब्राजिलसँग अंकमा बराबरी


 पहिलो टोली बनेको छ । पहिलो खेलमा ब्राजिलसँग १–१ को बराबरी गरेको स्वीट्जरल्यान्डले दोस्रो खेल भने जितेको हो ।
ग्रानिक झाकाले ५२ औं मिनेटमा बराबरी गोल गरेको खेलमा जेर्डन सेकिरीले निर्णायक गोल गरेका थिए । झाकाले टाढाबाट गोल गरेका थिए भने सेकिरीले काउन्टर एट्याकमा खेलको अन्तिम मिनेटमा गोल गरेका थिए । त्यसअघि पाँचौं मिनेटमा अलेक्जेन्डर मिट्रोभिचले हेड गोलमार्फत सर्बियालाई अग्रता दिलाएका थिए । स्वीट्रल्यान्डको जिपछि समूह इबाट नकआउट चरण पुग्ने सम्भावना रोचक बनेको छ ।

यसअघि ब्राजिलले कोस्टा रिकालाई २–० ले हराउँदै पहिलो जित दर्ता गरेको थियो । पछिल्लो नतिजापछि ब्राजिल र स्वीट्जरल्यान्डको समान ४ तथा सर्बियाको ३ अंक छ । कोस्टा रिका भने दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । अब अन्तिम दुई खेलमा ब्राजिलले सर्बिया र स्वीट्जरल्यान्डले कोस्टा रिकाको सामना गर्नेछ । त्यसैले पनि बाँकी दुई खेल रोचक बन्ने छ । अघिल्लो चरण पुग्ने दौडमा रहेका तीन मध्ये दुई टोलीको टुंगो समूह चरणको अन्तिम दुई खेलले लगाउने छ ।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2598339 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top