रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 बाराका हावाहुरी प्रभावित परिवारलाई पत्रकार पटेलको पहलमा ७० वटा प्रेसर कुकर वितरण      बिकासमा फडको मार्दै बौद्धिमाई नगरपालिका , स्वास्थ चौकी भवन शिलान्यास     रौतहटमा सुन तस्कर पक्राउ     प्रदेश २ सभाको बैठक पुनः स्थगित     २५ हजार घुससहित वडाअध्यक्ष पक्राउ     दुई तिहाई सरकारको विकासे लहर नारामा सिमित, भ्रष्टाचारमा दुई कदम अगाडी पूर्वमन्त्री झा     बढ़दो भ्रस्टाचार र अधिनायकबादले देश संकटमा -बरिष्ठ नेता पौडेल     गरुडा नगरपालिकाबाट बजार अनुगमन कार्य तिव्र     गरुडाको कोल्ड स्टोरमा प्रमुख प्रशासकीय अधिकृत पन्थीको छापा ,भारि मात्रामा अखाध्य पेय पदार्थ बरामद     बृन्दाबन नगरपालिकाको प्रमुख प्रशासकिय अधिृकतमा भवानी दाहाल     कटहरिया नगरपालिकाको दोस्रो नगर सभा भब्यता एबम हर्षो उल्लासका साथ समपन्न   
राजनिति

कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तैः देउवा



राजनिति   15 पटक पढिएको   हेटौडा संवाददाता   २०७५ आषाढ ०५ मंगलवार   

नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरु लोकतन्त्रवादी हुनै नसक्ने बताएका छन्।

कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तैः देउवा

मकवानपुरको हेटौडामा सुरु भएको कांग्रेस जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तै भएको दाबी गरे। उनले भने, ‘कम्युनिष्टहरु लोकतन्त्रबादी हुन् भन्ने भ्रम बाघ साकाहारी हुन्छ भन्ने जत्तिकै हो।’

सभापति देउवाले निर्वाचनमा पार्टीले पराजय भोग्नुको कारण दुईटा ठूला कम्यूनिष्ट पार्टीहरुको चुनावी गठबन्धन नै भएको जिकिर गरे। उनले यसबारे पार्टीले समीक्षासमेत गरिसकेको बताए।

त्यस्तै उनले अन्तरघातका कारण पनि पाटीसर््ले चाहेजति सिट ल्याउन नसकेको जिकिर गरे। ‘ठाउँ ठाउँमा अन्तरघात भएका गुनासा व्यापक छन् । अन्तरघात समेतका कुरा पनि पार्टी पराजयको कारण हुन् । यस विषयलाई पनि गम्भीरतापूर्वक हेर्न जरुरी छ’ देउवाले भने ।
उनले काङ्ग्रेसले एउटा लडाई हारेपनि मैदान नहारेको दावी गरे ।

‘यो संविधानका आधारभूत तत्व वा मूल विशेषताहरु नेपाली काग्रेसका आदर्शवाट निर्देशित छन । र यो संविधानको सफल कार्यान्वयनपनि हामीले नै गरेका छौ । यस अर्थमा हाम्रो बिचार जितेको छ । तसर्थ म साथीहरुलाई कमजोर मानसिकता होईन उच्च मनोबलका साथी अगडी बढ्न आव्हान गर्दछु’ देउवाको भनाई छ ।

उनले पार्टीमा गुटबन्दी बढेको र सभापति एक्लै हिंड्न खोजेको जस्ता कुराहरु अतिरञ्जनापूर्ण तरिकाले प्रचार गरिएको जिकिर गरे। देउवाले केहि काम गर्न ढिलाई भएपनि महत्वपूर्ण काम अगाडी बढेको भन्दै आफ्ना लागि राष्ट्र, लोकतन्त्र र काग्रेस भन्दा प्रिय बस्तु अरु केहि नभएको बताए ।

संविधानले राज्यको शासकिय प्रबन्धमा परिवर्तन गरेको अवस्थामा पार्टीको बिधान परिवर्तन गर्न आावश्यक रहेकाले भन्दै उनले विधान संशोधन समिति गठन गरि विधान संशोधन गर्ने आश्वसन दिए।










सम्बन्धित शिर्षक समाचारहरु

दुई तिहाई सरकारको विकासे लहर नारामा सिमित, भ्रष्टाचारमा दुई कदम अगाडी पूर्वमन्त्री झा

बढ़दो भ्रस्टाचार र अधिनायकबादले देश संकटमा -बरिष्ठ नेता पौडेल

प्रधानमन्त्री ओलीलाई रौतहटमा ‘ग्रान्ड’ स्वागत

‘कमिसन र घुस राेक्न पारदर्शी नमूना कार्यालय बनाउँदैछाैं’ : मन्त्री अर्याल

मेयर सत्तापक्ष र उपमेयर प्रतिपक्ष हुँदैन : रेणु दाहाल

मेलम्ची रोक्न खोजेकाले सचिव सरुवा गर्नुपर्‍यो : मन्त्री मगर

साइकल लिएर कञ्चनपुर पुगिन खानेपानी मन्त्री बीना मगर

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य झाद्धारा टिकुलिया पुल प्रति चासो व्यक्त

संविधान बदलियाे, संस्कार बदल्न सङ्घर्ष गरौं : बिना मगर



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2599275 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top