रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला     बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग     गृह मन्त्रालयले गर्‍याे ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर     प्लान इन्टरनेशनलमा ७६ स्थायी कर्मचारीलाई सामूहिक अवकाश, कर्मचारी धर्नामा     आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा     मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने     नेताको ढाल ओढेका ठेकेदार साहलाई समयमा काम गर भनेपछि कांग्रेस रिसायो : नेकपा नेता प्रभु साह     छठ पर्वमा दुई दिन बिदा     भारतीयलाई नागरिकता सिफारिस गर्ने वडाअध्यक्षसहित १६ जनाविरुद्ध मुद्दा   
राजनिति

बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ: उपप्रम यादव



राजनिति   440 पटक पढिएको   पर्सा संवाददाता   २०७५ आषाढ ०५ मंगलवार   

उपप्रधानमन्त्री र स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्थानीय तहमा गएको बजेटलाई सदुपयोग गरिए पाँच वर्षमा राष्ट्रकै मुहार फेरिने धारणा व्यक्त गरेका छन्।

बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ: उपप्रम यादव

हालसंघीय सरकार, प्रदेशिक सरकारले स्थानीय तहमा पठाएको बजेटलाई इमान्दारीपूर्वक पूर्वाधार विकासमा खर्च गरिए मलुकको मुहार फेरिन पाँच वर्ष पनि नलाग्ने उनले दाबी गरेका हुन्। 

संघीय समाजवादी फोरम (नेपाल)पर्साले आज वीरगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै फोरम नेपालका राष्ट्रिय अध्यक्षसमेत रहेका मन्त्री यादवले स्थानीय तहमा आउने करोडौं रुपैयाँलाई अब इमान्दारीपूर्वक पूर्वधार विकासमा खर्च गरी राष्ट्र निर्माण गर्ने बेला आएकाले सबैलाई विकासका लागि एकजुट हुन आह्वान गरे। 

उनले आर्थिक समृद्ध हासिल गरी प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिका लागि तयारी गर्नु नै अहिलेको आवश्यकता रहेको बताए। उनले भने,‘लामो समयको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षलाई संस्थागत गर्दै मुलुकलाई समृद्धिको बाटोमा डोर्‍याउँदै बाँकी रहेका अधिकारका लागि शक्ति सञ्चय गर्नु आजको आवश्यकता हो।’

पन्ध्र श्ययासम्मको स्वास्थ्य चौकी वा अस्पताललाई स्थानीय तहकै जिम्मा र सोभन्दा बढी श्ययाका अस्पताललाई प्रदेश सरकारको जिम्मा दिने गरी केन्द्र सरकारले नीति ल्याउन लागेको मन्त्री यादवले जानकारी दिए। सो कार्यक्रममा कृषि राज्य मन्त्री योगेन्द्र यादव लगायतका मन्त्री तथा विधायकहरुको सहभागीता रहेको थियो ।










सम्बन्धित शिर्षक समाचारहरु
  • संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला

    रौतहट । नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष पूर्वमन्त्री एवं संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला लगाएर स्वागत गरिएको छ ।गृहजिल्ला रौतहटको सदरमुकाम गौर नगरपालिका–४ टिकुलियास्थित स्थानीयले विकास पुरुषको संज्ञासहित सांसद साहलाई उक्त माला
    समाज
    25     रौतहट अनलाईन
  • बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड

    रौतहट/२१, मंशिर / गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताले बिकाश पत्रकारितामा जुट्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ l सुमिन्त्रा मिडियाको आयोजनामा सदरमुकाम गौरमा सुरु भएको फोटो पत्रकारिता तालिमको उद्घाटन गर्दै नगर प्रमुख गुप्ताले पत्रकार बिकाशको प्रमुख निगरानी कर्ता रहेको भन्दै सोहि अनुसारको
    समाज
    20     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2454651 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top