रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ     कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न      १२ किलो गाँजा सहित दुइ पक्राउ     सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन     नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह      पाँच वर्षमा १८ सय कम्पनी खारेज     सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता     मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन      संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने      संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती     अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ   
समाज

एनजीओ दर्तामा गृहमन्त्रालयको पछिल्लो निर्णय तत्काल लागू नहुने



समाज   3 पटक पढिएको        

काठमाडौं /४,असार/ गृहमन्त्रालयले गैर सरकारी संस्थाहरुको नवीकरण र त्यस क्रममा अनिवार्य सम्पत्ति विवरण बुझाउनुपर्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने भएको छ । गैर सरकारी संस्था महासंघलगायत विभिन्न ठाउँबाट सो निर्णयको विरोध भएपछि गृहमन्त्रालयले तत्काल कार्यन्वन नगर्न जिल्ला प्रशासन कार्यालयहरुलाई

एनजीओ दर्तामा गृहमन्त्रालयको पछिल्लो निर्णय तत्काल लागू नहुने



 पत्राचार गरेको छ
मन्त्रालयले सो निर्णय कार्यान्वयन गर्ने विधि र प्रक्रिया सम्बन्धमा राय सुझाव पेश गर्न मन्त्रालयकै कानुन महाशाखाका सहसचिवको संयोजकत्वमा एक समिति गठन गरेको जनाएको छ । सो समितिले एक महिनाभित्र प्रतिवेदन दिनेछ ।

समितिको प्रतिवेदन अध्ययन गरी अर्को निर्णय नभएसम्म यसअघिको निर्णय कार्यन्वयन नगर्न सबै जिल्ला प्रशासनमा पत्राचार गरिएको हो । यसअघि मन्त्रालयले अबदेखि गैर सरकारी संस्थाहरु दर्ता गर्दा एक भन्दा बढी क्षेत्रमा काम गर्न नपाउने गरि दर्ता गर्नुपर्ने निर्देशन जारी गरेको थियो ।

त्यस्तै यसअघि एक भन्दा बढी क्षेत्रमा काम गर्ने उद्देश्य भएका गैर सरकारी संस्थाहरुको नवीकरण गर्दा एक क्षेत्रमा मात्र काम गर्ने गरी उद्देश्यमा संशोधन गरेमा मात्र संस्था नवीकरण गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको थियो ।

मन्त्रालयले नेपालमा दर्ता भई सञ्चालनमा रहेका एनजिओ र आइएनजिओ तथा प्रतिफल वितरण नगर्ने कम्पनीहरुका कार्य समिति सदस्य तथा संस्थामा काम गर्ने कर्मचारीहरुको अनिवार्य सम्पत्ति विवरण बुझाउनुपर्ने निर्णय गरेको थियो ।

सम्पत्ति विवरण नबुझाउने संस्थाको दर्ता तथा नवीकरण नगर्ने सो निर्णय पनि तत्काल कार्यन्वयन नहुने भएको छ ।









सम्बन्धित शिर्षक समाचारहरु
  • ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ

    २५ असोज, वीरगञ्ज । वीरगञ्जबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग
    समाज
    382    
  • कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न

    राम विश्वास मुखिया / रौतहटको राजदेवी नगरपालिका वडा न ९ ब्रहम्पुरीमा रहेको माध्यमिक विद्यालय ब्रहम्पुरीमा एक कार्यक्रमका बीच कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा प्राप्त २० ओटा कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विश्व शिक्षाको
    समाज
    28    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2348364 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top