रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ     कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न      १२ किलो गाँजा सहित दुइ पक्राउ     सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन     नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह      पाँच वर्षमा १८ सय कम्पनी खारेज     सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता     मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन      संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने      संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती     अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ   
खेलकुद

स्विजरल्याण्डले ब्राजिललाई बराबरीमा रोक्यो



खेलकुद   1 पटक पढिएको        

रसिया पाँच पटकको विश्व विजेता ब्राजिल समुह ‘ई’ अन्तर्गतको पहिलो खेलमा स्विजरल्याण्डसँग एक एकको बराबरीमा रोकिएको छ। रसियाको रोस्टोभ एरेनामा आईतबार सम्पन्न खेलमा पाएका थुप्रै अवसरहरुलाई सदुपयोग गर्न नसक्दा ब्राजिल सु:खद सुरुवात गर्नबाट चुक्यो। ब्राजिलका लागी खेलको

स्विजरल्याण्डले ब्राजिललाई बराबरीमा रोक्यो



२० औं मिनेटमा फिलिप कौटिन्होले डिबक्स वाहिरबाट प्रहार गरेको बलले सिधै गोलपोष्टको जाली चुम्दा पहिलो हाफमा ब्राजिलले एक शुन्यको अग्रता कायम गरेको थियो। दोश्रो हाफको ५० औं मिनेट स्विजरल्याण्डकालागी सुःखद बन्न पुग्यो। स्विजरल्याण्डका स्टेभन जुबेरले साकिरीको पासलाई सदुपयोग गर्दै हेडिङ्ग मार्फत सुन्दर गोल गरे।

अधिकांश समय बल आफ्नो पक्षमा राखेको ब्राजिलले गोल गर्ने थुप्रै सुन्दर अवसरहरु सिर्जना गर्दा स्विजरल्याण्डका गोलकिपर यान सोमर बाधक बन्न पुगे। खेल अवधिभर ब्राजिलले गोलका लागी करिब २० प्रयास गर्दा एक गोल मात्र गर्न सफल रह्यो भने स्विजरल्याण्डले ६ प्रयासमा नै गोल फर्काउन सफल रह्यो। खेलको म्यान अफ द म्याच ब्राजिलका फिलिप कौटिन्हो भए।

ब्राजिल र स्विजरल्याण्डले बराबरी खेल्दा समुह ‘ई’ मा रहेको सर्बियालाई फाईदा पुगेको छ । आईतबार भएको खेलमा सर्बियाले  कोष्टारिकालाई एक शुन्य गोल अन्तरले पराजित गरेको थियो। जितसँगै ३ अंक जोडेको सर्बिया अंक तालिकाको शिर्ष स्थानमा उक्लेको छ।









सम्बन्धित शिर्षक समाचारहरु
  • ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ

    २५ असोज, वीरगञ्ज । वीरगञ्जबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग
    समाज
    382    
  • कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न

    राम विश्वास मुखिया / रौतहटको राजदेवी नगरपालिका वडा न ९ ब्रहम्पुरीमा रहेको माध्यमिक विद्यालय ब्रहम्पुरीमा एक कार्यक्रमका बीच कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा प्राप्त २० ओटा कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विश्व शिक्षाको
    समाज
    28    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2348411 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top