रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
खेलकुद

विश्व विजेता जर्मनी अाफ्नाे पहिलाे खेलमै पराजित



खेलकुद   48 पटक पढिएको        

रूस / साविक विजेता जर्मनी रसिया विश्वकपको पहिलो खेलमै हार व्यहोर्न बाध्य भएको छ। मस्कोको लुज्निकी रंगशालामा आइतबार सम्पन्न दोस्रो खेलमा जर्मनीलाई मेक्सिकोले १–० ले पराजित गरेको हो। मेक्सिकोको

विश्व विजेता जर्मनी अाफ्नाे पहिलाे खेलमै पराजित



जितमा पहिलो हाफको ३५ औं मिनेटमा हिर्भिङ लोजानोले गरेको गोलनै निर्णायक बन्यो। ६७ प्रतिशत बल पोजिसन आफ्नो पक्षमा राखेपनि जर्मनीले गोल गर्न सकेन्। जर्मनीले प्रहार गरेका दुई दर्जनबढी प्रहारले जाली चुम्न नसक्दा उ पहिलो खेलमै स्तब्ध भएको हो।

जर्मनीने गरेका धेरै प्रहार मेक्सिकोका गोलकिपरले विफल तुल्याएका थिए। निकै प्रतिस्पर्धात्मक एवं रोमाञ्चक बनेको खेलमा मेक्सिकोले जर्मनीलाई आच्छु आच्छु पारेको थिए। मेक्सिकोले पनि पटक पटक जर्मनीको गोलपोस्टमा धावा बोलेको थियो। यद्यपी गोलकिपर बाधक बने।

खेलअवधिभर साविक विजेता जर्मनीलाई मेक्सिकोले निकै कडा चुनौती दिएको थियो। छ। जर्मनीले पूरा समय ८ वटा कर्नर पाउदा मेक्सिकोले एउटा मात्र पाएको थियो। त्यस्तै जर्मनीले १० र मेक्सिकोले १६ वटा फउल गरेका थिए।

मेक्सिकोले पनि पाएका एक दर्जनबढी प्रहार गोलमा परिणत हुन सकेन्। मक्सिकोको तुलनामा स्टार खेलाडीले भरिएको जर्मनीले सोचे अनुसारको खेल खेल्न सकेन।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2272912 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top