रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 आश्रय निमाण सेवाको निर्माण कार्य अबरुद्ध: गुणस्तरहिन र कमसल सामाग्री प्रयोग गरेको आरोप     ‘जापान भ्रमणमा जान नपाएपछि मंत्री बिना मगर संग सहसचिवले प्रतिशोध साँधे’      उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण      मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल     प्रदेश २ कै प्रथम डाइट क्लिनिकको उदघाटन      पेश्की लिएको आर्थिक मसान्त सकेको ०६ महिना सम्म पूल नबन्दा अख्तियार को ध्यानाकर्षण      गरुडा नगरपालिकाकामा भएको भ्रस्टाचारको छानबिन गर्न अख्तियारलाइ नगर उपप्रमुखको अनुरोध      संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला     बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग   
राजनिति

‘एमाले’ पत्रकारको पेरिसडाँडा र ‘माओवादी’ पत्रकारको धुम्बाराहीमा बैठक



राजनिति   1 पटक पढिएको      २०७५ आषाढ ०१ शुक्रवार   

पार्टी एकतासँगै नेकपाका जनवर्गीय संगठनहरुले पनि एकताका लागि प्रयास थालेका छन्।

‘एमाले’ पत्रकारको पेरिसडाँडा र ‘माओवादी’ पत्रकारको धुम्बाराहीमा बैठक

 यसै अन्तर्गत नेकपा आबद्ध सञ्चारकर्मीहरुको संगठन प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको बैठक भएको छ।यसमध्ये प्रेस चौतारी पूर्व एमालेसँग र प्रेस सेन्टर पूर्व माओवादी केन्द्रसँग सम्बन्धित संगठन हुन्। एकता सम्बन्धमा निर्णय गर्न हिजो प्रेस चौतारीले बैठक लगतै आज प्रेस सेन्टरको बैठक भइरहेको छ।

दुबै संगठनले बैठकका लागि चाहिँ आफ्नो पूर्व पार्टीसँग सम्बन्धित होइन, फरक पार्टीको केन्द्रीय कार्यालय प्रयोग गरेका छन्।


प्रेस चौतारीको बैठकलाई सम्बोधन गर्दै नेकपा स्थायी समिति सदस्य योगेश भट्टराई धुम्बाराहीमा

जस्तो, पूर्व एमालेसँग आवद्ध प्रेस चौतारीको केन्द्रीय समितिको बैठक बिहीबार पूर्व माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्यो भने आज पूर्व एमालेको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा पूर्व माओवादी केन्द्रसँग सम्बन्धित प्रेस सेन्टरको बैठक बसिरहेको छ।

दुबै संगठनको बैठक सकिएपछि आज दिउसो नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुबै संगठनको संयुक्त बैठकलाई आज दिउसो धुम्बाराहीमा सम्बोधन गर्ने भएका छन्।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2486602 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top