रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती     अर्जेन्टिनाले म्याच हारेपछि यी युवकले गरे आत्महत्या    
राजनिति

ज्ञानेन्द्र निष्क्रिय बन्दै जाँदा सक्रियता बढाउँदै पारश!



राजनिति   3 पटक पढिएको      २०७५ जेष्ठ २७ आइतवार  

पूर्वराजा ज्ञानेन्द्र शाहको राजनीतिक-धार्मिक सक्रियता कम हुँदै जाँदा पूर्वयुवराज पारश शाहको राजनीतिक-धार्मिक सक्रियता बढ्न थालेको छ। थाइल्याण्डबाट फर्केयता राजधानीभित्रै धार्मिक गतिविधिमा सक्रिय रहेका उनी अब राजधानीबाहिरका कार्यक्रममा जाने योजना बनाउँदैछन्।

ज्ञानेन्द्र निष्क्रिय बन्दै जाँदा सक्रियता बढाउँदै पारश!


यसैक्रममा उनी असार पहिलो साता गोरखा जाँदैछन्। एक रात गोर्खा बिताउने योजना बनाएका उनी त्यहाँ आयोजित र्‍याली र अभिनन्दनमा सहभागी हुनेछन्।

५ असारमा गोरखा पुग्ने उनी भोलिपल्ट (६ असार) गोरखकाली मन्दिरमा पुजाआजाका लागि जानेछन्। उनले त्यहाँ एक घण्टा पुजामा बिताउनेछन्।

गोरखकाली मन्दिरसम्म राजावादीहरुको ¥यालीसहित पुग्नेछन्। र्‍याली गोरखाको लक्ष्मीबजारबाट विहान ८ बजेदेखि सुरु हुने बताइएको छ।

गोरखकाली मन्दिरमा करिव १ घण्टा पुजाआजामा बिताएपछि उनी गोरखा बजारको उपल्लो भागमा रहेको संग्रहालयको अवलोकन गर्नेछन्।

गणतन्त्र स्थापनापछि नेपाल सरकार मातहत ल्याइएको गोरखा दरबार अगाडि पृथ्वीनारायण शाहको शालिकमा पनि उनले माल्यार्पण गर्नेछन्।

लगत्तै राजतन्त्रका समर्थकहरुद्वारा पारशको अभिनन्दनको कार्यक्रम रहेको पराश भ्रमणको व्यवस्थापन गरिरहेका सबिन खड्काले बताए।

संविधान जारी हुनुअघि पूर्व राजा ज्ञानेन्द्र जति सक्रिय थिए, संविधान जारी भएपछि उनी पहिलेजस्तो सक्रिय देखिएका छैनन्, पारशको सक्रियता भने बढ्दो छ। 

यसै हप्ता उनले मृगस्थलीस्थित गोरक्षनाथ आश्रममा राजा पृथ्वीनारायण शाह र महेन्द्र लगायत धार्मिक विषयमा दिइएको एक हप्ते कक्षा समेत लिइसकेका छन्।










सम्बन्धित शिर्षक समाचारहरु

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत

संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती

विकास र समृद्धिका लागि सामाजिक न्याय पहिलो सर्तः भट्टराई

कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तैः देउवा

बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ: उपप्रम यादव

विधान संशोधन गरेरै भए पनि तत्काल महाधिवेशन गर्नुपर्छः केसी



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2270333 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top