रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सशस्त्र प्रहरी निरीक्षक खनाल द्वारा साढ़े १४ लाखको सामान पक्राउ     साइकल लिएर कञ्चनपुर पुगिन खानेपानी मन्त्री बीना मगर     प्रदेश २ सरकारको गठबन्धन कुनै बेला पनि टुट्न सक्छः नेता नेपाल     राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य झाद्धारा टिकुलिया पुल प्रति चासो व्यक्त     अवसर पाए महिला जुन सुकै क्षेत्रमा आफ्नो प्रतिभा देखाउन पछि नहटने :- राज्यमन्त्री झा     संविधान बदलियाे, संस्कार बदल्न सङ्घर्ष गरौं : बिना मगर     सुनचाँदी महासंघका उपाध्यक्ष रामजी साहलाई पितृ शोक     मधुकुमार थापा भए प्रदेश तीनको उत्कृष्ट प्रहरी     प्रेममा छिन् सरस्वती प्रतीक्षा     मेलम्ची खानेपानी आयोजनाको बाँकी काम ‘सिएमसी’ बाटै गराउनुपर्छ : खानेपानी मन्त्री मगर     ‘घाम जुन चाहिदैन’ भन्दै रोमान्टिक बने प्रदिप र जसिता   
समाज

चन्द्रपुर नगरपालिकाको दुई वटा वडा कार्यालयको भबनको शिलान्यास



समाज   7 पटक पढिएको   संवाददाता     

रौतहट २३ जेष्ठ । रौतहटको चन्द्रपुर नगरपालिकाको दुई वटा वडा कार्यालयको भबन निर्माण हुने भएको छ । भाडाको घरमा बस्दै आएको चन्द्रपुर नगरपालिकाको चार नम्बर वडा कार्यालय र पाँच नम्बर वडा कार्यालयको भबन निर्माण हुन लागेको हो । दुबै भबन आधुनिक नक्सामा निर्माण हुन लागेको छ । निर्माण हुन लागेको

चन्द्रपुर नगरपालिकाको दुई वटा वडा कार्यालयको भबनको शिलान्यास

 दुबै भबनको आज एक समारोहका बीच चन्द्रपुर नगर कार्यपालिकाका प्रमुख रामचन्द्र चौधरीले शिलान्यास गर्नु भएको छ । एउटा भबनको लागत एक करोड लाग्ने अनुमानित बजेट तयार गरिएको छ । यस आर्थीक बर्षमा मात्रै दुबै वडा कार्यालयको भबन निर्माण लागि चन्द्रपुर नगर कार्यपालिकाले यस आर्थीक बर्षमा २०÷२० लाख बजेट बिनियोजन गरेको जनाएको छ । शिलान्यास कार्यक्रम पछि नगरप्रमुख रामचन्द्र चौधरीले भबनको गुणस्तरीयमा कसैसंग सम्झौता नहुने बताउनु भएको छ । उहाले नगर लाई सम्बृद्ध बनाउदै लैजाने क्रममा नगरपालिकाको प्रत्येक वडाको आफनै भबन बन्नु पर्दछ भन्ने मान्यता आफुले राखेको र सोही बमोजिम कार्य गर्दै आएको बताउनु भयो ।  नागरिकको सेबा लिन पाउने अधिकार लाई सहजता दिन नागरिककै चाहना बमोजिक नगरकार्यपालिका अघि बढेको बताउनु भयो । चार नम्बर वडा कार्यालयको भबन जिल्ला बन कार्यालय नजिक बन्ने छ भने पाँच नम्बर वडा कार्यालयको भबन गुञ्जन एफएम नजिक बन्ने भएको छ । चार नम्बर वडाका अध्यक्ष अमर आलेले भबनको शिलान्यास गरेर मात्रै नपुग्ने र यस्को समयमै सम्पन्न हुनु पर्दछ भन्ने वडा कार्यालयको योजना रहेको बताउनु भयो । यस्तै पाँच नम्बर वडाका अध्यक्ष सञ्जय काफलेले वडाको आफनै भबन निर्माण भएपछि सेबाग्रही लाई सेबा लिन सजिलो हुने बतउनु भयो । जनता लाई पायक पर्ने स्थानमानै वडा कार्यालयको भबन निर्माण गर्न लागिएको वडा अध्यक्ष काफले बताउनु भयो ।


साभार : गुञ्जन एफ एम










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2511642 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top