रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन     पेनाल्टीले टुट्यो दक्षिण कोरियाको सपना, स्वीडेन विजयी     एनजीओ दर्तामा गृहमन्त्रालयको पछिल्लो निर्णय तत्काल लागू नहुने     स्वर्णिम बेल्जियमलाई नव प्रवेशी पानामाको चुनौती     विश्वकप अन्तर्गत आज सोमबारका खेलहरु     स्विजरल्याण्डले ब्राजिललाई बराबरीमा रोक्यो     विश्व विजेता जर्मनी अाफ्नाे पहिलाे खेलमै पराजित     क्रोएशियाले नाइजेरियालाई २-० ले हरायो     अष्ट्रेलियाले बराबरी गोल फर्कायो     पोर्चुगल समर्थकले गरे पशुपति मन्दिर परिसरको सफाइ     विश्वकपमा आयोजक रसियाको शानदार सुरुवात, साउदी अरेबिया ५- ० ले पराजित   
राजनिति

महानगरवासीको आवश्यकता र चाहान अनुरुप योजना ल्याउनुहोस् : प्रमुख रेणु दाहाल



राजनिति   76 पटक पढिएको   संवाददाता     

चितवन । भरतपुर महानगर पालिका प्रमुख रेणु दाहालले महानगरवासीको आवश्यकता र चाहान अनुरुप योजना ल्याउनुहोस जनप्रतिनिधिसँग आग्रह गर्नु भएको छ । भरतपुर महानगरपालिकाले दोस्रो नगर सभाको लागि वडास्तरीय योजना छनोटको काम सुरु गरेको छ । चितवनको भरतपुरमा मंगलबार दोस्रो नगर सभाको लागि

महानगरवासीको आवश्यकता र चाहान अनुरुप योजना ल्याउनुहोस् : प्रमुख रेणु दाहाल


 योजना छनौट सम्बन्धी ४ नम्बर वडा भेलाको उद्घाटन गर्दै महानगर प्रमुख रेनु दाहालले सडक बिस्तार र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताउनु भएको छ ।

वडा भेलाकी प्रमुख अतिथि दाहालले भरतपुर महानगरपालिकाले वडावासीको चाहना अनुरूप नै योजना छनोट होस भन्ने उद्देश्यका साथ वडा भेलाहरू आयोजना गरेको जानकारी गराउनु भयो ।

उहाँले वडाका आवश्यकता, सम्भावना र चुनौतीहरूको बारेमा गहन छलफल गरी बढीभन्दा बढी लाभ प्राप्त हुने योजना छनोट गर्न आग्रह गर्नुभयो । महानगर प्रमुख दाहालले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, सामाजिक विकास लगायतका प्रभावकारी योजनाहरू छनोट गर्न आग्रह गर्नुभयो ।

महानगरले विकासको पहिलो आधारको रूपमा सडक पूर्वाधार र सडक सञ्जाललाई लिएको भन्दै उहाँले चालु आर्थिक वर्षको अन्त्यसम्ममा साना ठूला गरी १ सय ५० वटा सडक बिस्तार गरी कालोपत्रे सम्पन्न गरिने बताउनु भयो ।

उहॉले महानगरको योजना अनुसार गौरवको आयोजनाको रूपमा भवन तथा शहरी विकास कार्यालयमार्फत महानगरको टेन्डर प्रकृया अन्तिम अवस्थामा रहेको र चालु आर्थिक वर्षभित्रै शिलान्यास गरी निर्माण कार्य अगाडि बढाइने बताउनु भयो ।
महानगरले सिटी हल, बहुतले ब्यावसायिक भवन निर्माणको प्रकृयालाई अगाडि बढाइरहेको उहाँले बताउनु भयो ।

गएको १ वर्ष महानगरपालिकाले सुशासन कायम राख्दै दीर्घकलीन रणनीति निर्माण गर्नमा केन्द्रित रहेको भन्दै महानगर प्रमुख दाहालले आगामी आर्थिक वर्षमा महानगरका गौरवपूर्ण आयोजनाहरू काम देखिने गरी अगाडि बढाउने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

भरतपुर महानगरपालिकाले चालु खर्चभन्दा पूँजीगत खर्च बढी राखेर अगाडि बढिरहेको जानकारी दिँदै उहाँले यसलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने बताउनु भयो ।

महानगर प्रमुख दाहालले वडास्तरीय योजना छनोट गर्दा टालटुले नभई रणनैतिक महत्वका योजनाहरू छनोट गर्न आग्रह गर्नुभयो ।

उहाँले आगामी नगर परिषदबाट महानगरीय गौरवका योजनालाई पर्याप्त बजेट बिनियोजन गरी बॉकी बजेट वडास्तर र अन्य क्षेत्रलाई बिनियोजन गर्ने बताउँदै वडाहरूले पनि वडाका गौरवपूर्ण योजनाहरू वडा भेलाबाट छनोट गरी सिफारिस गर्न आग्रह गर्नुभयो ।

प्रमुख दाहालले महानगरपालिका महानगरवासीहरूको इच्छा र आवश्यकता अनुसार अगाडि बढ्ने प्रतिवद्धता जनाउँदै वडा कार्यालय र महानगरपालिकाले गरिरहेका विकास निर्माण र अन्य सेवा प्रवाहको निगरानी र खबरदारी जारी राख्न महानगरवासीलाई आग्रह गर्नुभयो ।

वडा अध्यक्ष हरिप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न वडा भेला उद्घाटन समारोहमा जिल्ला विका समिति चितवनका पूर्वसभापति विष्णु घिमिरे, राजनीतिक दलका प्रतिनिधि, टोलसुधार समितिका पदाधिकारी लगायतले आआफ्ना योजनाहरू पेस गरेका थिए ।

वडा भेलाका सहभागीहरूले दिगो पूर्वाधार विकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, फोहोरमैला ब्यवस्थापन र सामाजिक सुरक्षाका क्षेत्रहरूलाई प्राथमिकतामा राखी नगर र वडास्तरीय बजेट ब्यवस्था गर्न माग गरेका थिए ।

भरतपुर महानगरपालिकाले असारको १५ गतेसम्म नगर परिषद सम्पन्न गरिसक्ने गरी मंगलबारदेखि दोस्रो नगर परिषदको तयारी सुरू गरेको छ । नगर परिषदको तयारी अन्तर्गत जेठ २२ गतेदेखि २७ गतेसम्म वडा भेला सम्पन्न गर्नेछ ।

वडा भेलाहरुबाट परिमार्जित भई आएका योजनालाई समेटी असार १५ गतेसम्म नगर परिषद सम्पन्न गर्ने लक्ष्य राखिएको महानगर प्रमुख दाहालले बताउनु भयो ।

मंगलबार वडा नम्बर ४, १ र ३ का भेलाहरू सम्पन्न भएका छन् । ४ नम्बर वडा भेलालाई प्रमुख रेनु दाहाल, १३ नम्बर वडा भेलामा उपप्रमुख पार्वती शाह र वडा नम्बर १ को भेलालाई प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी प्रमुख अतिथि रहनु भएको थियो ।









सम्बन्धित शिर्षक समाचारहरु

विधान संशोधन गरेरै भए पनि तत्काल महाधिवेशन गर्नुपर्छः केसी

नराम्रा फाल्ने, राम्रा ल्याउने अभियान नै पार्टी एकता हो: प्रचण्ड

‘एमाले’ पत्रकारको पेरिसडाँडा र ‘माओवादी’ पत्रकारको धुम्बाराहीमा बैठक

मालपोत कार्यालयका बिचौलिया कर्मचारीको गोप्य लिस्ट तयार हुँदैछः कृषिमन्त्री

प्रधानमन्त्री ओलीविरुद्धको उजुरी सर्वोच्चद्वारा दरपीठ

आफ्नै कार्य सञ्चालन विधि पारित गर्दै राष्ट्रियसभा

ज्ञानेन्द्र निष्क्रिय बन्दै जाँदा सक्रियता बढाउँदै पारश!

असार ३० भित्र महाधिबेशन गर्न राजपालाई आयोगको निर्देशन

महानगरवासीको आवश्यकता र चाहान अनुरुप योजना ल्याउनुहोस् : प्रमुख रेणु दाहाल

  • वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन

    काठमाडौं/४ ,असार/ वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित उनको बाँसबारीस्थित नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल तथा एलाइड साइन्स (न्युरो अस्पताल) मा ५ बजेर
    समाज
    36    
  • पेनाल्टीले टुट्यो दक्षिण कोरियाको सपना, स्वीडेन विजयी

    काठमाडौं/४, असार/ विश्वकप समूह ‘एफ’ को दोस्रो खेलमा स्वीडेनले दक्षिण कोरियालाई हराएको छ । ६५ औं मिनेटमा पाएको पेनाल्टी गोलमा परिणत गर्दै स्वीडेनका कप्तान एन्डे्रस ग्रान्कभिस्टले महत्वपूर्ण तीन अंक जोडे । जर्मनी मेक्सिकोसँग
    खेलकुद
    37    
  • रौतहटका ५ स्थानिय तहका नायब सुब्बा प्रमुख पदबाट हटाईए

    रौतहट, जेष्ठ १४ । संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले आईतवार ८२ वटा नयाँ शाखा अधिकृतलाई नियुक्ति तथा पदस्थापन गरेको छ ।
    समाज
    1950     जितेन्द्र कुमार दास
  • सरकारी सयन्त्रले केहि गरेन ः मल्लिक

    जितेन्द्र कुमार । रौतहट /११ ,भदौ गएको साता आएको विनासकारी बाढिबाट रौतहट पूर्ण रुपमा अस्तव्यस्त भएको बेला नेपाल रेडक्रस सोसाईटि रौतहट शाखाका सभापत्ति संजिव मल्लिकले सम्पूर्ण सरकारी सयन्त्र मिलेर कुनै काम नगरेको आरोप लगाएका छन् । आईतवार नेपाल
    समाज
    1609    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2223761 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top