रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सशस्त्र प्रहरी निरीक्षक खनाल द्वारा साढ़े १४ लाखको सामान पक्राउ     साइकल लिएर कञ्चनपुर पुगिन खानेपानी मन्त्री बीना मगर     प्रदेश २ सरकारको गठबन्धन कुनै बेला पनि टुट्न सक्छः नेता नेपाल     राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य झाद्धारा टिकुलिया पुल प्रति चासो व्यक्त     अवसर पाए महिला जुन सुकै क्षेत्रमा आफ्नो प्रतिभा देखाउन पछि नहटने :- राज्यमन्त्री झा     संविधान बदलियाे, संस्कार बदल्न सङ्घर्ष गरौं : बिना मगर     सुनचाँदी महासंघका उपाध्यक्ष रामजी साहलाई पितृ शोक     मधुकुमार थापा भए प्रदेश तीनको उत्कृष्ट प्रहरी     प्रेममा छिन् सरस्वती प्रतीक्षा     मेलम्ची खानेपानी आयोजनाको बाँकी काम ‘सिएमसी’ बाटै गराउनुपर्छ : खानेपानी मन्त्री मगर     ‘घाम जुन चाहिदैन’ भन्दै रोमान्टिक बने प्रदिप र जसिता   
राजनिति

उत्पादनमा भारतले हामीसँग प्रतिस्पर्धा गर्न सक्दैनः प्रधानमन्त्री



राजनिति   41 पटक पढिएको   काठमाडौँ संवाददाता   २०७५ जेष्ठ २१ सोमबार  

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा जनताको सरकार भएका कारण कोही पनि भोकै नमर्ने बताएका छन्।

उत्पादनमा भारतले हामीसँग प्रतिस्पर्धा गर्न सक्दैनः प्रधानमन्त्री


सोमबार प्रदेश नम्बर ३ को प्रदेशसभालाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले सरकारले जनताको आर्थिक स्तर उकास्ने खालका कार्यक्रम ल्याउने दावी गर्दै सरकारले कसैलाई पनि भोकै रहन नदिने बताए।

बन्द अवस्थामा रहेका कलकारखाना सञ्चालनमा ल्याउने भन्दै उनले त्यसका लागि सरकारले तयारी सुरु गरिसकेको बताए। ‘हेटौंडा कपडा उद्योग चलाइन्छ, त्यसका लागि नयाँ मेसिन ल्याइन्छ’ उनले भने ‘यसमा प्राइभेट सेक्टर ९निजी क्षेत्र० पनि ल्याइन्छ।’ उनले उद्योग स्थापनाका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढने पनि स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले भारतले समेत प्रतिस्पर्धा गर्न नसक्ने गरी सिमेन्टको उत्पादन गर्न सक्ने कच्चा पदार्थ नेपालसँग रहेको भन्दै सिमेन्ट उत्पादनमा भारतले नेपालसँग प्रतिस्पर्धा गर्न नसक्ने दावी गरे।

उनले भारतका धेरै राज्यमा चुनढुंगा नभएका कारण नेपालमा उत्पादित सिमेन्ट भारतमा निर्यात गर्न सकिने बताए।

नेकपाका  अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले नेपालमा अनावश्यक रुपमा विदेश सामन आयात भएकोमा चिन्ता समेत व्यक्त गरे। आयातित वस्तुको उपभोगले नेपालीको स्वास्थ्यमाथि गम्भीर असर परेको भन्दै उनले त्यस्ता वस्तु सेवन नगर्न सुझाव समेत दिए। 

प्रधानमन्त्री ओलीले नेपालको शिर उचो राखेर भारतसँगको सम्बन्ध सुधार गरिएको पनि दावी गरे। भारतसँगको सम्बन्धका विषयमा प्रधानमन्त्री ओलीले जुँगाको लडाइँ नलड्ने बताए।

भारतसँगको सम्बन्ध पुर्नस्थापित भएको भन्दै उनले झुकेर सम्बनध सुधार नगरिएको बताए। ‘आन्तरिक मामिलामा हस्तक्षेप गर्दिनँ भनेर हामीले सम्बन्ध सुधार गरेका छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपालीको शीर उँचो हुने गरी भारतसँगको सम्बन्ध सुधार गरेका छौँ। पहिले कता गयो। सम्झौता कस्तो गर्यो भन्ने होइन हित भयो भएन हेर्न हो। हामी जुगाँका लडाइँ लड्दैनौँ। खौरिदिन्छौँ।’

प्रधानमन्त्री ओलीले मुलुकको विकासका लागि सरकारले भ्रष्टाचार उन्मूलन अभियान नै सञ्चालन गर्ने स्पष्ट पारे। उनले सरकारले गरिवी, भ्रष्टाचार र पछौटेपनको विरुद्ध आक्रमणको नीति लिएको भन्दै मुलुकको विकासका लागि भ्रष्टाचारलाई अन्त्य गर्न सहकार्य गरेर अघि बढन प्रदेश सरकारहरुलाई पनि आग्रह गरे।

विकासका लागि अनुकूल वातावरण आएको भन्दै प्रधानमन्त्री ओलीले ‘अहिले नगरे कहिले विकास गर्ने’ भन्दै प्रतिप्रश्न समेत गरे। उनले प्रदेश सरकारलाई आत्मविश्वासका साथ अघि बढ्न ध्यानाकर्षण गराए।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2511553 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top