रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 आश्रय निमाण सेवाको निर्माण कार्य अबरुद्ध: गुणस्तरहिन र कमसल सामाग्री प्रयोग गरेको आरोप     ‘जापान भ्रमणमा जान नपाएपछि मंत्री बिना मगर संग सहसचिवले प्रतिशोध साँधे’      उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण      मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल     प्रदेश २ कै प्रथम डाइट क्लिनिकको उदघाटन      पेश्की लिएको आर्थिक मसान्त सकेको ०६ महिना सम्म पूल नबन्दा अख्तियार को ध्यानाकर्षण      गरुडा नगरपालिकाकामा भएको भ्रस्टाचारको छानबिन गर्न अख्तियारलाइ नगर उपप्रमुखको अनुरोध      संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला     बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग   
राजनिति

दोस्रो चरणको विद्यार्थी भर्ना अभियान शुरु



राजनिति   80 पटक पढिएको      २०७५ जेष्ठ २१ सोमबार  

काठमाडौँ जेठ २१ । विज्ञान, शिक्षा तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आर्थिक विपन्नता, भौगोलिक विकटता र सामाजिक विकृतिका कारण विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न नसकिएको बताएका छन्।

दोस्रो चरणको विद्यार्थी भर्ना अभियान शुरु

प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा मन्त्री पोखरेलले दोस्रो चरणको विद्यार्थी भर्ना अभियान शुरु भएको जानकारी दिए।

विद्यालयमा बालबालिकालाई टिकाइराख्न अभिभावक, शिक्षक, स्थानीय निकाय सबैले ध्यान दिनुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले बालबालिका विद्यालयमा किन भर्ना भएनन् भन्ने जानकारी लिन सरकारले शिक्षा तथा मानव केन्द्रमा छुट्टै डेस्क स्थापना गर्न लागेको बताए।

उनले भने, ‘कक्षा १ देखि ५ सम्म ११ हजार ९५१, कक्षा ६ देखि १२ सम्म ५९ हजार ७३३ बालबालिका भर्ना हुन बाँकी छन्, उनीहरुलाई विद्यालयमा ल्याउन दोस्रो चरणको भर्ना अभियान शुरु गरिएको हो।’ रासस










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2486614 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top